२२ बैशाख २०८१, शनिबार

दलित, विपन्न, असहाय र विपद पीडितकालागि काम गर्ने अव्वल संस्था बन्यो ज्ञान नेपाल

दलित, विपन्न, असहाय र विपद पीडितकालागि काम गर्ने अव्वल संस्था बन्यो ज्ञान नेपाल

समाचारदाता
नेपालगन्ज, पुस २८ । शुभ सन्देश सभा नेटवर्क नेपाल ( ज्ञान नेपाल ) ले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा गरेका कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गरेर विभिन्न पक्षसंग सुझाव सल्लाह लिएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा डेढ वर्ष भन्दा बढी समयमा गरेका कार्यक्रम र गतिविधि सार्वजनिक गर्दै सुझाव संकलन गरेको हो ।
नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत तिलक नेपालीले सो अवसरमा बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार ७७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको जनाउँदै चालु आर्थिक बर्षको पुुससम्ममा ६६७ जनालाई सुचना तथा परामर्श सेवा प्रवाह गरिएको र दुई जना महिलालाई उद्दार गरि साथी संस्थामा पठाइएको जानकारी गराउनुभयो ।
संस्थाले बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्ला जिल्लाका दलित, सिमान्तकृत, विपन्न, असहाय तथा प्राकृतिक विपद पीडितहरुलाई लक्षित गरि विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको संस्थाका उपाध्यक्ष डा.डक्टप्रसाद धितालले जानकारी दिनुभयो । उहाँले गत आर्थिक बर्षमा बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्लाका अत्यन्तै विपन्न तथा असहाय अवस्थाका ११९ जना बालबालिकालाई अध्ययनका लागि छात्रबृत्ति प्रदान गरिनुका साथै वैकल्पिक रोजगारस्वरुप विपन्न तथा कमजोर आर्थिक अवस्था भएका १० परिवारलाई विभिन्न व्यवसायिक लघु परियोजना अन्तर्गत बङ्गुरपालन, बाख्रापालन, किराना पसल सञ्चालन, फ्रेस हाउस सञ्चालनलगायतमा सहयोग गरिएको बताउनुभयो ।


उपाध्यक्ष डा. धितालका अनुसार संस्थाले गत बर्षमा बर्दियामा एक विपन्न एवं दलित परिवार र बाँकेको नेपालगन्जमा एक जना असहाय तथा एकल महिलालाई बस्नका लागि आवास निर्माण गरेको छ भने खानेपानीको अभाव भोगिरहेका बर्दियाको एउटा वस्ती र दाङको दुईवटा वस्तीका बासिन्दाहरुलाई सामुहिकरुपमा खानेपानी उपभोग गर्नका लागि मोटरजडित पानीट्याङ्की निर्माण गरि खानेपानीको व्यवस्था गरिदिएको छ ।
सोही प्रकारले संस्थाले जुम्लाको सिँजामा दृष्टिविहिन तथा विपन्न विद्यार्थीहरुलाई छात्रबाससहित शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त छात्रबासमा ५ देखि २१ बर्ष उमेर समुहका ६ महिला र १० पुरुष गरि १६ जना दृष्टिविहिनहरुले विभिन्न कक्षामा निरन्तर शिक्षा हासिल गर्दै आइरहेका छन् । गतबर्ष मुगु र जुम्लामा गएको पहिरोमा परि पीडित बनेका जुम्ला सिँजाक्षेत्रका ६७ पहिरो पीडित घरपरिवार र छायानाथ रारा ११, मुगुका ७० पहिरो पीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहतस्वरुप वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
गत कार्तिक १७ गते राति गएको भूकम्पका कारण पीडित बनेका जाजरकोटको भेरी नगरपालिका ४ मुलपानी र बोहोरा गाउँमा पुगी त्यहाँका ३३६ घरपरिवारलाई बाक्लो कम्बल, पीफोर्म तथा लगाउने लत्ता कपडासमेत वितरण गरिएको ज्ञान नेपालले जनाएको छ । संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै आगामी दिनमा मानव ओसारपसार तथा बेचबिखनको जोखिममा रहेका महिलाहरुलाई उद्दारपश्चात् आपतकालिन ट्रान्जिटका लागि यथाशिघ्र सेफ हाउस निर्माण कार्य सञ्चालन गरिने उपाध्यक्ष डा धितालले बताउनुभयो ।
संस्थाले समाज परिवर्तनका लागि विभिन्न सामुदायिक सचेतनामूलक कार्यक्रम गर्न रेडियो मर्निङ स्टार, गुडन्यूज खबर डटकम र गुडन्युज साप्ताहिक सञ्चालन गरिरहेको जनाईएको छ ।
सो कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सेना, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा, साथी संस्थाका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय जमुाहाका प्रमुख, विद्यालयका प्रधानाध्यापक लगायतले संस्थाले गरेका कार्यहरुको प्रशंसा गर्दै विभिन्नि सुझाव दिनु भएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *