२३ बैशाख २०८१, आईतवार

बर्दियाका किशोरीहरु बालबिबाह बिरुद्ध सचेतना फैलाउन आफै सक्रिय

बर्दियाका किशोरीहरु बालबिबाह बिरुद्ध सचेतना फैलाउन आफै सक्रिय

समाचारदाता
नेपालगन्ज, माघ ७ । बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन ।
गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् ।
घरदैलो भेटघाट तथा र्याली पछि माघीको अवसरमा भव्य जनचेतना सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
सो सांस्कृतिक कार्यक्रममा वडा बालअधिकार समितिका सदस्य वडा तथा वडा सदस्य घोशु थारु र भारती बिकले सामाजिक मूल्य मान्यता र परम्परा अनुसार थारु, मधेशी र दलित समुदादयमा बढि बाल बिबाह हुने गरेकाले यसलाई रोक्नका लागि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु बढी केन्द्रित गर्नु पर्ने बताउनु भयो ।
वडा बालअधिकार समितिका सदस्य थारुले समुदायमा विभिन्न सचेतना कार्यक्रम संचालनका लागी गैर सरकारी संस्थाहरु बाँके युनेस्को क्लव, लगायतले धेरै सहयोग गरेको बताउनु भयो ।

उहाँले थप्नुभयो–‘अब हामीले बाहिर एक भित्र अर्को ब्यबहार गर्ने सोच भए यो अभियानमा उपस्थिति हुनु र नहुनुमा कुनै अर्थ राख्दैन । हामिले हाम्रो जिवनमा हाम्रो स्वास्थ्यको ख्याल गर्ने हो भने कानुनले बिबाह गर्न तोकेको उमेरलाइ ध्यान दिनुपर्ने हुन्छ ।’
बालबिवाह बिरुद्धको सचेतना कार्यक्रमलाइ वडा बाल अधिकार समितिले टोल टोलमा लैजाने र आगामी दिनमा यस वडालाई बालश्रम मुक्त वडा घोषणाको तयारी गरेको भारती बिकले बताउनु भयो ।
बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बालबिवाह मुक्त वडा घोषणाको पनि तयारी गरेर घोषणा गरिने प्रतिबद्धता जनाउनुभयो ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत प्रगतिशील किशोरी क्लब र परिवर्तनका सम्वाहक समुहको सयुक्त आयोजनामा बालबिवाह बिरुद्धको सचेतना अभिवृद्धि कार्यक्रम गुलरिया नगरपालकाको वडा नं १२ मा सम्पन्न भएको थियो ।
कार्यक्रममा किशोरी, बालक्लव र परिवर्तनका सम्वाहक समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *