१४ बैशाख २०८१, शुक्रबार

काठमाण्डौ बाहिर पहिलो पटक वेस्टर्न अस्पतालमा लेभल थ्री आईसियु सञ्चालनमा

काठमाण्डौ बाहिर पहिलो पटक वेस्टर्न अस्पतालमा लेभल थ्री आईसियु सञ्चालनमा

गम्भीर विरामीले उपचारका लागि अब काठमाण्डौ र भारत जानु नपर्ने
सिराज खान
नेपालगञ्ज, फागुन २१ । देशको संघीय राजधानी काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधासहितको लेभल ३ आइसीयू सेवा सुरु गरिएको छ ।
सो सेवा काठमाण्डौका पनि तीन वटा मात्र निजि अस्पतालमा रहेको जनाउँदै काठमाण्डौ बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याईएको वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै उहाँले सिकिस्त बिरामीको उपचार सेवालाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसीयू सेवा सुरु गरिएको बताउनुभयो । ‘अबदेखि कुनै पनि अतिगम्भीर विरामीले उपचारका लागि काठमाण्डौ वा भारतको लखनउ जानु पर्नेछैन । ती ठाउँमा पाईने उपचार सेवा हामीले नेपालगञ्जमै दिंदैछौं’–डा. थापाले भन्नुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा थापाका अनुसार यस्तो सुबिधा भएको आइसीयू सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिर पहिलो निजी अस्पताल हो । सो सेवा अन्तर्गत आईसियुमा भर्ना हुने हरेक विरामीका लागि एक एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै चौबिसै घण्टा क्रिटिकल केयर कन्सलटेन्ट चिकित्सक पनि डिउटीमा रहने व्यवस्था मिलाईएको छ ।


सोही प्रकारले आईसियुमा भर्ना हुने विरामीको स्वास्थ्य सुचकहरुको बारेमा जानकारी दिनका लागि विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार हेल्थ इन्डिकेटर इन्फरमेसन सिस्टम मिलाईएको क्रिटिकल केयर युनिटका प्रमुख डा. पारस पाण्डेले बताउनुभयो ।
उपचार सेवालाई थप प्रभावकारी बनाउन सो अस्पताललले काठमाण्डौको टिचिंग, ह्याम्स र ग्रान्डी जस्ता सुविधा सम्पन्न अस्पतालको आईसियु विभागमा लामो समय काम गरेका चिकित्सक र नर्सहरुसंग सहकार्य गर्दै आएको अस्पतालले जनाएको छ ।
यसैगरि वेस्टर्न अस्पतालले ८ बेडको लेभल ३ आइसीयू सेवासंगै ६ बेडको एचडियू सेवा पनि सुरु गरेको छ । आईसियुबाट स्वास्थ्य उपचार गराएर विरामीलाई एचडियुमा राख्नका लागि सो सेवा पनि शुरु गरिएको अस्पतालका पबन्ध निर्देशक डा. थापाले बताउनुभयो । लेभल ३ को आइसीयू मै डायलाइसिस सेवा पनि रहेको उहाँले बताउनुभयो ।
अस्पतालमा ६ वटा भेन्टिलेटर सहित अत्याधुनिक उपकरणहरु रहेका छन् । केही दिनमै ६ बेडको एनआईसियु सेवा पनि सञ्चालन गरिने जनाईएको छ । आईसियु लगायतका सुविधा थप गर्न करिब ५ करोडको लगानी गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
सो अवसरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरु डा. निर्मल ज्ञवाली, डा. किरण गुरुंग, डा. मधु अर्याल, डा. रवि स्वाँर र डा. सल्मान निजामको पनि उपस्थिति रहेको थियो ।
१०० बेडको सो अस्पतालले अर्थोपेडिक, ट्रमा, जनरल सर्जरी, प्रसुती तथा स्त्री रोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविष्यमै बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *