१४ बैशाख २०८१, शुक्रबार

क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १२ । भारतीय नम्बरको ट्रकको ठक्करबाट मारिएका कोहलपुरका अटोचालकका परिवार र आफन्तले क्षतिपुर्ति र भारतबाट ट्रकका मालिकलाई झिकाउने माग गर्दै कोहलपुरमा चक्काजाम गरेका छन् ।
बुधबार दिउँसो कोहलपुरको पिपल चौतारा नजिकै पट्टा भाँचिएको भारतीय ट्रकले किच्दा मृत्यु भएका कोहलपुर १३ का राम सेवक थारुका आफन्तहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी विहिबार दिउँसोदेखि चक्काजाम गरेका छन् ।
दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर बुधवार दिनभरि पनि चक्काजाम गरेका उनिहरुले माग पुरा नभएपछि विहिबार पनि प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका हुन्।

कोहलपुर ईलाका प्रहरी कार्यालयले मृतकका आफन्तले शुरुमा एक करोड भारु क्षतिपुर्ति मागेको जनाउँदै तर अहिले २८ लाख रुपियाँमा झरेको तथा ट्रकको सञ्चालकले १० लाख रुपियाँ नेपाली भन्दा बढी दिननसक्ने जनाएकोले सहमतिको प्रयास भैरहेको जनाएको छ ।
चक्काजामका कारण कोहलपुर नेपालगञ्ज मुख्य राजमार्ग ठप्प भएको छ । सो राजमार्ग ठप्प भएपछि उक्त सडकबाट आवागमन गर्ने सयौं सवारी साधन र सर्वसाधारणहरु कोहलपुर तथा नेपालगञ्जमा रोकिएका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले सहमति नभए केही बेरमै राजमार्गलाई बलपुर्वक खोलिने र वार्ता र सहमतिको प्रयासलाई निरन्तर जारी राखिने बताउनुभयो ।
बुधवार भारतबाट कोहलपुर आउँदै गरेको युपी ३२ डिएन ४३४४ नम्बरको ट्रकले पीपल चौतारामा अटोलाई ठक्कर दिएको थियो । उक्त ट्रकले अटोलाई पछाडिबाट ठक्कर दिँदा अटो चालक राम सेवक थारु सडकमा खसेको बेला उहाँलाई ट्रकले किचेर मारेको स्थानीयको लागेको छ । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
क्षमताभन्दा बढी लोड बोकेको ट्रकको पट्टासमेत भाँचिएकोले ब्रेक नलाग्दा अटो चालकलाई किचेको बताइएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *