१४ बैशाख २०८१, शुक्रबार

चार वर्षमा पनि सडक निर्माण नगरेकोमा खजुराका स्थानीयद्धारा चक्काजाम र प्रदर्शन

चार वर्षमा पनि सडक निर्माण नगरेकोमा खजुराका स्थानीयद्धारा चक्काजाम र प्रदर्शन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ५ । बाँकेको खजुरा बजारमा निर्माणाधिन फोरलेन सडक लामो समयसम्म नबन्दा आक्रोशित स्थानीयले सडक अवरोध गर्दै फेरी विरोध प्रदर्शन गरेका छन् ।
बजार क्षेत्रको निर्माणाधिन १८ सय मिटर बाटो ४ बर्षसम्म पनि कालोपत्रे नगरिएपछि बिहिबार स्थानीयले बिहानैदेखि नेपालगञ्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शनमा उत्रिएका थिए ।
स्थानीयले सवारी साधनको आवागमन बन्द गरेर विरोधमा उत्रिएपछि सो राजमार्गमा चल्ने सयौं सवारी साधन चार घण्टासम्म दुबैतर्फ रोकिएका थिए । पटक पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानिय सतिश निरौलाले बताउनुभयो ।
उहाँले सडक निर्माणको काम अलपत्र हुँदा दिनहुुँ सडक दुर्घटनाहरु हुने गरेको र धुलोबाट स्थानीय विरामी पर्न थालेको बताउनुभयो ।
निर्माण कम्पनीले सडक निर्माणको कामलाई चार वर्षदेखि पुरा नगरेकोले दुर्घटना र धुलोको कारण स्वास्थ्य र ब्यबसायमा समेत व्यापक असर गरेको अर्का स्थानीय दुर्गा खड्काले गुनासो गर्नुभयो ।
सडकको अवस्थाप्रति चिन्तित स्थानियले करिब चार घण्टा टायर बालेर चक्काजाम समेत सरोकारवालालाई ध्यानाकर्षण गराएको स्थानीयको भनाई छ ।
सडकमा टायर बालेर चक्का जाम गरेपछि स्थानिय युवाहरु खजुरा गाउँपालिकाको कार्यालय सम्म ध्यानाकर्षण गराउन पुगेका थिए ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विकले निर्माण कम्पनीलाई स्थानीयको सो विरोध बारे जानकारी गराएको र दुई दिन भित्र सडकको काम सुरु गराउने प्रतिवद्धता दिएपछि मात्र अवरुद्ध सडक सुचारु भएको स्थानीय अगुवा निरज भट्टले बताउनुभयो ।
उक्त सडक निर्माणको जिम्मा लिएको गजुरमुखी कन्ट्क्सनले ४ वर्षदेखि निर्माणाधिन सडक पुरा गर्न नसकेको स्थानीयको आरोप छ । कोभिडका बहानामा काम गर्न नसकेको निर्माण कम्पनिलाई सडक डिभिजनले भने ६ महिना म्याद थपेको थियो । तर, पनि सडक निर्माणको कार्य अगाडी नबढाईएको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *