२१ बैशाख २०८१, शुक्रबार

जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

सिराज खान
खलंगा, जाजरकोट माघ १२ । चिसोका कारण समस्यामा परेका जाजरकोटका १५० अतिविपन्न भुकम्पपिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ ।
अति विपन्न भुकम्पपिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि
इलुमिनेट नेपाल मिडिया सेन्टरद्धारा सञ्चालित गुडन्युज खबर साप्ताहिक बाँकेको एक टोलीले जाजरकोट पुगेर १५० पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ ।
कात्तिक १७ गते राती गएको भुकम्पबाट पिडित भएका जाजरकोटको भेरी नगरपालिका ११ करा गाउँका अतिविपन्न १५० परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो ।
भुकम्पपिडित अतिविपन्नहरु चिसोले समस्यामा परेका जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको अनुरोधमा न्यानो लुगा वितरण गरिएको इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो ।
उहाँले वडा नम्बर ११ का अतिविपन्न १५० परिवारलाई चिसोमा समस्या परेकोले राहात स्वरुप हरेक परिवारलाई एक थान कम्बल र एक पिफोम वितरण गरिएको बताउनुभयो ।

पिडित परिवारलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाया, राष्टिय अनुसन्धानका डिएसपी सन्तोष बस्नेत, वडा नम्बर ११ का वडा अध्यक्ष लक्ष्मी प्रसाद जैसी, इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धिताल लगायतले न्यानो लुगा वितरण गर्नुभयो ।
सो अवसरमा वडा अध्यक्ष जैसीले चिसो अत्यधिक बढ्दा वडाका धेरै विपन्नहरु विरामी पर्न थालेकोले यो राहातबाट उनिहरुलाई ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले राहात दिने सबैको ध्यान घरहरु भत्किएका, मानिस मरेका ठाउँमा मात्र पर्ने गरेकोले घर चर्किएर बाहिर बस्नु परेका वडा नम्बर ११ का वासिन्दा अतिनै पिडित रहेकोमा यो राहतले धेरै सहयाग गर्ने बताउनुभयो ।
न्यानो लुगा पाएपछि अधिकांश स्थानीयले चिसोमा न्यानो लुगा राहात पाएकोले चिसोबाट जोगाउन मद्दत मिल्ने प्रतिक्रिया दिनुभएको थियो ।
यसअघि केही महिना पहिले पनि ज्ञान नेपालले जाजरकोट पुगेर भेरी नगरपालिका ४ का ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको ज्ञान नेपालका कार्यक्रम अधिकृत तिलक नेपालीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *