२१ बैशाख २०८१, शुक्रबार

खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

समाचारदाता
नेपालगन्ज, माघ १२ गते । लुम्बिनी प्रदेशभत्रिका खेलकुदका भौतिक संरचनाहरु विभिन्न जिल्लामा अस्तव्यस्त भइरहेकाले त्यसको सम्पूर्ण अध्ययन निरिक्षण गरेर प्रतिवेदन प्रस्तुत गर्न राष्ट्रिय खेलकुद परिषद्ले सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
राखेपले लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरेको जनाएको छ । समितिको सदस्यमा साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अधिकृत महेश चन्द र समितिका इन्जिनियर चिरन्जिवी लम्साललाई मनोनित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले शुक्रबार विज्ञप्ती जारी गरि विष्टको संयोजकत्वमा लुम्बिनी प्रदेशभरिका खेल पुर्वाधारहरुको अवस्था अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनु भएको छ ।
खेलकुद पूर्वाधार नीति संवाद २०७९ मा निकालिएको निचोड अनुरुप प्रदेशभरिका संभावित संरचनाहरुको पहिचान गर्न राखेप अन्र्तगत लुम्बिनी प्रदेशका साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारहरुको अध्ययन निरिक्षण गर्न राखेपले विष्टलाई संयोजक तोकेर खटाएको जनाईएको छ ।
विज्ञप्ती अनुसार संयोजक विष्टले कार्यक्षेत्रको परिधी भित्र रहि प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार राख्ने पक्षसंग समन्वय तथा सम्वाद गरी २१ दिन भित्र परिषदमा प्रतिवेदन पेश गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *