१५ बैशाख २०८१, शनिबार

नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ८ । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का निर्वाचित वडा सदस्य जाफर अन्सारीको शनिवार एक्कासी अकस्मात निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सदस्य एवम् नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का वडा सद्स्य अन्सारीको निधन हृदयघातका कारण भएको पारिवारिक श्रोततले जनाएको छ ।
अन्सारीलाई एक्कासी समस्या भएपछि नेपालगन्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उहााको निधन भएको वडा नम्बर ३ का अर्का वडा सदस्य नफीस अन्सारीले बताउनुभयो ।
उहाँले अन्सारीको शनिबार साँझ ४ बजेर ५० मिनेटमा ४८ बर्षको उमेरमा निधन भएको बताउनुभयो ।
नेपालगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष अय्युब सिद्दिकीले जाफर अन्सारीको दुखद निधन भएको प्रति आफु लगायत सम्पुर्ण वडाका वासिन्दा स्तब्ध भएको जनाउँदै श्रद्धान्जली व्यक्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रले पनि अन्सारीको निधनप्रति गहिरो शोक प्रकट गर्दै परिवारलाई धैर्यधारण गर्न आग्रह गरेको छ । अन्सारीको श्रीमती एउटा छोरा र एउटा छोरी छन ।
स्वर्गिय अन्सारीको अन्त्येष्टी ईस्लामिक परम्परा अनुसार स्थानीय कब्रस्तानमा आइतवार दिउँसो १ बजे गरिने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *