१४ बैशाख २०८१, शुक्रबार

बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

कोभिड रोक्न अहम भूमिका निभाउने चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ बार्षिक साधारणसभा तथा १० औँ अधिवेसन विविध कार्यक्रमका साथ शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ ।
सो साधारणसभा र अधिवेसनको उद्घाटन प्रमुख अतिथि नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले एक भव्य समारोहका विच गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले देशभरिकै सबैभन्दा राम्रो र उत्कृष्ट युनेस्को क्लबको कार्यक्रममा सहभागि हुन पाउँदा गर्व महसुस भैरहेको बताउनुभयो । उहाँले ३३ वर्षको अवधीमा क्लबले गरेका कामहरु अतिनै सराहनीय र उल्लेखनीय रहेको बताउनुभयो ।


सो अवसरमा नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले बाँके युनेस्को क्लबलाई आफुहरुले शुरु देखिनै सहयोग गर्दै आएकोमा यसले आफुलाई देशभरिकै अव्वल क्लब साबित गर्न सफल भएको बताउनुभयो ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेसनलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले ३३ वर्षसम्म कुनै संस्थाले निरन्तर समाजसेवा गर्नु आफैमा एक किर्तिमान भएको जनाउँदै क्लबले पिछिडिएकाहरुका लागि विशेष कार्य गरिरहेको बताउनुभयो ।
यस्तै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले क्लबले खजुरा गाउँपालिकाका जनताका लागि खानेपानी, विपद व्यवस्थापन लगायतका लागि ठुलो योगदान गरेको बताउनुभयो ।
गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले क्लबले बाँकेमा मात्र नभई बर्दिया जिल्लामा पनि कोभिड नियन्त्रण लगायत अन्य विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताउनुभयो ।
सो कार्यक्रममा नेपालगन्ज उपमहानगरका सामाजिक शाखाका प्रमुख शोभा शाह, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बासका केन्द्रिय सदस्य शिव कुमार बर्मा, गेरुवा ग्रामिण समाजका अध्यक्ष कृष्णजंग शाह, प्लान नेपालका सन्तोष पुलामी, जिल्ला युवा सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्मा, सिसा नेपाल दांगका अध्यक्ष साजिदा सिद्दिकी, जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष विवेक शर्मा, बाँके युनेस्को क्लबका उपाध्यक्ष पन्चम गुरुंंग, कार्यकारी निर्देशक रवि तुलाधर र स्वेता गुरुंगले युनेस्को क्लबले गरेका कार्यहरु बारे समिक्षाका साथै प्रशंसा समेत गर्नुभएको थियो ।
चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078


बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ साधारणसभामा कोभिड नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्नुहुने वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
सो अवसरमा नपालगन्ज उपमहानगरका मेयर विष्टले भेरी अस्पतालका पुर्व प्रमुख डा. प्रकाश थापा, भेरी अस्पतालका कन्सल्ट्यान्ट अनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, आपातकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सुचना अधिकृत रुपन ज्ञवालीलाई सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयो ।


उत्कृष्ट कर्मचारी पुरस्कृत
क्लबले सो अवसरमा विभिन्न परियोजनामा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीलाई बेस्ट कर्मचारी घोषित गरेर कदरपत्र सहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
सम्मानित र पुरस्कृत हुने कर्मचारीमा नोराड परियोजनाका महेश नेपाली, पर्ल परियोजनाका गोविन्द लामिछाने, सीपीपीका ईश्वर विक, पर्लकी कञ्चन दहित र प्रोटेक्ट परियोजनाकी रञ्जना कुमारी बीके रहनु भएको छ ।
साधारणसभाको सो अवसरमा क्लबका विभिन्न कार्यक्रममा सहयोग गर्ने कर्मचारी, पत्रकार, संघसंस्था, दातृ निकाय र जनप्रतिनिधी लगायतलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी लगायत अतिथिहरुले प्रंशसा पत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *