२७ बैशाख २०८१, बिहीबार

माओवादी बाँकेका वरिष्ठ नेता प्रकाश सुवेदीलाई पार्टीद्धारा विशेष सम्मान

माओवादी बाँकेका वरिष्ठ नेता प्रकाश सुवेदीलाई पार्टीद्धारा विशेष सम्मान

समाचारदाता
नेपालगन्ज, असोज ९ । नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका पुराना माओवादी नेता प्रकाश सुवेदीलाई सम्मान गरेको छ ।
७० वर्षको उमेरमा शारिरिक रुपले कमजोर भएपनि माओवादी रुपान्तरण अभियान अन्तर्गत जिल्लाकै दुर्गम क्षेत्रमा आफै खटिएर रातदिन काम गरिरहनु भएका नेता सुवेदीको सो योगदान र जनयुद्धको समयमा पनि उहाँले गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरिएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
नेता सुवेदीलाई माओवादी स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले खजुरामा आयोजित कार्यक्रममा खादा ओढाएर विषेश सम्मान गर्नु भयो ।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेले खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको सचिवालय बैठकमा नेता सुवेदीलाई सम्मान गरिएको बताउनुभयो ।
उहाँले ७० बर्षको उमेरमा पनि पार्टी एवं संगठन निर्माण गर्नमा युवाको जस्तो जोश र जाँगरसहित अहोरात्र खटिनुभएका अग्रज नेतालाई सम्मान गरिएको जनाउनुभयो । पार्टी रुपान्तरण अभियानमा पुराना र अग्रज नेताहरुलाई सम्मान गर्ने परिपाटी बसाल्नका लागि नेता सुवेदीलाई सम्मान गरिएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।
नेता सुवेदीले माओवादी पार्टीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेको पिछिडिएको भनेर चिनिने नरैनापुर गाउँपालिकाको इन्चार्ज भई जिम्मेवारी बहन गरिरहनु भएको छ ।
माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले सचिवालय बैठकले नेता सुवेदीलाई सम्मान गर्नुका साथै विभिन्न निर्णयहरु गरेको जानकारी दिनुभयो ।
सचिव बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित्र सम्पन्न गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको असोज १४ गते प्रशिक्षण कार्यक्रम गर्ने, जनताको सहभागितामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पार्टीले विषेश पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।
बैठकमा सहभागि ८ वटै पालिकाका माओवादी केन्द्रका अध्यक्ष तथा इन्चार्जले अभियानका बारेमा रिपोटिङ गरेर सो को समिक्षा समेत गरिएको सचिव बरालले जानकारी दिनुभयो । तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र बाँकेले अहिले जिल्लाका गाउँगाउँ विभिन्न कार्यक्रम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *