२४ बैशाख २०८१, सोमबार

बर्दियाका नागरीक समाज संजाललाई प्रतिबेदन लेखन र अभिलेखिकरण तालिम

बर्दियाका नागरीक समाज संजाललाई प्रतिबेदन लेखन र अभिलेखिकरण तालिम

समाचारदाता
नेपालगन्ज, असोज ९ । बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबका महासचिव बुधेश जैसवालको अध्यक्षतामा असोज ६ देखि संचालन गरिएको सो तालिमको उदेश्य बारे क्लबका कार्यक्रम संयोजक महेश नेपालीले जानकारी गराउनु भएको थियो ।
संयोजक नेपालीका अनसार सो तालीममा नागरिक समाज संजाल बढैयाताल, दलित महिला संजाल गुलरिया, युवा महिला संजाल राजापुर र युवा संजाल बासगढीका २४ जना र आयोजक संस्थाका गरि ३३ जनाको सहभागिता रहेको थियो ।


सो तालिममा कार्यसम्पादन पछिको एएआरको औजार,स्थानीय परिवेशमा बाल बिबाहको अबस्था, नागरिक समाजको भुमिका, नागरिक समाजको रणनीतिक योजना, संस्थाको सबल पक्ष, कमजोर पक्ष, अबसर र चुनौती, अभिलेखिकरणको महत्व र प्रकार, तथ्यांक संकलन ब्यबस्थापन, नागरिक समाज संजालको संवेगात्मक बौद्धिकता, नितिगत पैरवी, रिक्तता र अवसरको पहिचानको बिषयमा सहजीकरण गरिएको थियो ।
सोही प्रकारले तालिममा पैरवी योजना निर्माणका लागि नेटवर्र्क सम्बन्धि नमुना अभ्यास, उदेश्यमा आधारित जनचेतनामूलक अभियान संचालनका लागि योजना र कार्यान्वयन सम्बन्धि बिषयमा पनि छलफल गरिएको थियो । तालिमका प्रशिक्षक बसन्त कुमार बिसि रहनु भएको थियो ।
तालिमको समापन कार्यक्रम सहभागिहरुबाटै प्रमुख अतिथि, अतिथि बनाएर गराईएको थियो । नागरिक समाज बढैयातालका सदस्य नेत्र प्रसाद सापकोटाको अध्यक्षता, राजापुर युवा महिला संजालका सचिव दिक्षा बिस्टको प्रमुख आतिथ्यता र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकी र संस्थाका बरिष्ठ सल्लाहकार सिराज खानको उपस्थितिमा तालिमको समापन शत्र सम्पन्न गरिएको थियो ।
समापनमा महिला सहभागीको तर्फबाट राजापुर युवा महिला संजालका सदस्य दिलकुमारी थारु र पुरुष सहभागीको तर्फबाट बाँसगढी युवा संजालका सदस्य राज थारुले तालिमबाट धेरै नयाँ नयाँ कुरा सिक्न पाएको जनाउँदै व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
तलिमका सहभागिहरुलेनै अन्य सहभागिलाई प्रमाणपत्र पनि वितरण गर्नु भएको थियो । अन्तमा तालिमका सहभागीहरुले सिकेका ज्ञान र सिपलाई व्यबहारमा उतार्ने सामुहिक प्रतिबद्धता गर्नुभएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *