१४ बैशाख २०८१, शुक्रबार

वाईसिएलको केन्द्रिय उपमहासचिवमा रतन शाही निर्वाचित

वाईसिएलको केन्द्रिय उपमहासचिवमा रतन शाही निर्वाचित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ६ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको केन्द्रिय उपमहासचिवमा नेपालगञ्जका रतन शाही निर्वाचित हुनुभएको छ ।
नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष समेत रहनु भएका शाही संघीय राजधानीमा सम्पन्न भएको वाईसीएलको राष्ट्रिय भेलाबाट निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय भेलाले वाईसीएलको केन्द्रिय अध्यक्षमा सुवोध श्रीपालीलाई चयन गरेको छ भने महासचिवमा गणेश शाहीको चयन गरेको छ ।
भेलाले ३५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको जनाउँदै उपमहासचिव शाहीले सो समितिमा ६१ ज्ना पदाधिकारी रहेको बताउनुभयो । पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ ।
यसअघि वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गर्नु भएको थियो । उहाले विगतको समयमा वाईसिएलले खेलेको भुमिका अविस्मरणीय रहेको उल्लेख गर्दै अहिले पनि अहम भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताउनुभयो ।
उहाँले परिवर्तन, संविधान र गणतन्त्रमाथि प्रहार हुन थालेकोले अब फेरी पनि वाईसिएलको भूमिका बढेको बताउनुभयो । उदघाटन लगत्तै बन्दसत्र शुरु भै निर्वाचन प्रक्रिया सुरु भएकोमा सर्वसम्मत रुपमा नेतृत्व निर्वाचित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *