२६ बैशाख २०८१, बुधबार

वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण परीक्षण

वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण  परीक्षण

नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक १२ । बन तथा वातावरण मन्त्रालय बातावरण विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार नेपालगञ्जमा सवारी साधनहरुको प्रदुषण परीक्षण गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लका अनुसार बन तथा वातावरण मन्त्रालय बातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीको उपस्थितिमा डिजेल तथा पेट्रोल सवारी साधनहरुको सवारी प्रदुषण परिक्षण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा सवारी प्रदुषण परिक्षण गर्ने क्रममा २७ वटा पेट्रोल सवारी साधन परिक्षण गर्दा ३ वटा सवारी साधन प्रदुषण परिक्षणमा फेल भएको र २७ वटा डिजेल सवारी साधन परिक्षण गर्दा १३ वटा सवारी साधन प्रदुषण परीक्षणमा फेल भएको जिल्ला ट्राफिक प्रमुख मल्लले बताउनुभयो ।
उहाँले पहिलो पटक सम्झाई बुझाई गरि पठाइएको र क्रमश अन्य दिनहरुमा वातावरण बिभागको समन्वयमा बाँके जिल्लाका बिभिन्न स्थानहरुमा सवारी साधनको प्रदुष्ण परिक्षण कार्यलाई निरन्तता दिने जनाउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

प्रहरी निरीक्षक मल्ल बाँकेमा जिल्ला ट्राफिक प्रहरी प्रमुख भएर आएपछि उहाँको नेतृत्वमा प्रहरीले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि विभिन्न कार्यहरुको शुरुवात गरेको छ । नेपालगञ्जमा इ रिक्सा व्यवस्थापनसंगै सदरलाइनमा वन वे सवारी परीचालन र चेकजाँचमा पनि तिव्रता दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *