२४ बैशाख २०८१, सोमबार

नयाँ वर्षको स्वागतमा चर्चित गायक प्रकाश दूतराज नेपालगन्जको सिद्धार्थ भ्युमा गुन्जिने

नयाँ वर्षको स्वागतमा चर्चित गायक प्रकाश दूतराज नेपालगन्जको सिद्धार्थ भ्युमा गुन्जिने

सिराज खान
नेपालगन्ज, पुस १२ । पछिल्लो समयमा श्रोताहरुद्धारा निकै रुचाइएका चर्चित गायक प्रकाश दूतराज नेपालगन्जमा गुन्जिने भएका छन् ।
चारतारे होटल सिद्धार्थ भ्यु मा अंग्रेजी वर्ष २०२४ को स्वागतार्थ आयोजना गरिने ‘न्यू इअर इभ’ मा गायक दूतराज गुन्जिने छन्् । उहाँका ‘रिमै’, ‘चोली मैलो भो’, ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘लाहुर जाने रेलैमा’ लगायत गितहरु निकै चर्चामा रहेका छन् ।
सिद्धार्थ ग्रुप अफ हष्पिटालिटीका निर्देशक केशव न्यौपानेले प्रकाशले हालैमात्र मध्यपश्चिमको परिरवेशलाई समेटेर ल्याएको नयाँ गीत ‘रिमै’ लाई यस क्षेत्रका स्रोता–दर्शकले अत्यधिक रुचाएका कारण ‘न्यू इअर इभ’ मा उहाँलाई ल्याउन लागेको बताउनुभयो ।
उहाँले एक दशक यता नेपालगन्जमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित अंग्रेजी नयाँ बर्ष र नेपाली विक्रम सम्बतलाई स्वागत गर्न न्यु इअर इभ कार्यक्रमको आयोजना गर्दै आएको जनाउँदै यस वर्ष ६ सयबढी दर्शक सहभागी गराउने योजना रहेको बताउनुभयो ।

निर्देशक न्यौपानेका अनुसार, कार्यक्रममा चर्चित गायक दूतराज सहित स्थानीय कलाकारहरुको बिभिन्न रोचक प्रस्तुति पनि रहने छ । ‘खासमा यो कार्यक्रममा जुन प्याकेज मिलाइएको छ, त्यो शुल्क अघिल्लो वर्षभन्दा पनि कम मूल्यमा छ,’ प्रवेश टिकटबारे जानकारी दिंदै उहाँल भन्नुभयो, ‘यो खानाको सहुलियत शुल्क हो, सांस्कृतिक कार्यक्रमको जोडिएकै छैन ।’ उहाँले साँस्कृतिक कार्यक्रममा स्थानीय ब्यान्ड सहित डिजेको पनि प्रस्तुति रहने बताउनुभयो ।
होटल सिद्धार्थ भ्युका अनुसार खानामा पनि नया बर्षको अबसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाइएको छ । नेपालगन्जमा सबै भन्दा धेरै १२५ रुम भएको चार तारे होटेल सिद्धार्थले सबै मिलेर मनोरञ्जन गर्ने, खानपान गर्ने रमाउने कार्यक्रम आयोजना गरेको जनाएको छ ।
यसै बर्ष देखि भैरहवामा ५ तारे होटेल संचालनमा ल्याएको सिद्धार्थले नेपालगन्जका अतिरिक्त, लमही, सुर्खेत, चिसापानी, महेन्द्रनगर सहित देशभरका बिभिन्न स्थानमा होटेल, रिसोर्ट, रेष्टुरेन्ट, क्याफे सहित ३२ वटा आउटलेटहरु संचालन गर्दै आएको छ । निकट भविष्य मै सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीमा तारे होटेल सुरु गर्न लागिएको निर्देशक न्यौपानेले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *