१४ बैशाख २०८१, शुक्रबार

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष फोकस गरिनेछ–डिएसपी मल्ल

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष फोकस गरिनेछ–डिएसपी मल्ल

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २८  । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण नै कोहलपुर प्रहरीको प्रमुख प्राथमिकता हुने बताउनुभएको छ । डिएसपीमा बढुवा भएपछि कोहलपुर ईलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नु भएका मल्लले पत्रकारहरुसंगको पहिलो भेटघाटमा सो बताउनु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकारसंगको भेटघाटका क्रममा डीएसपी मल्लले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि विशेष योजना बनाएर जनता र पत्रकारको समेत सहयोगमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले सदभाव, शान्ति, सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी प्रहरीको भएको जनाउँदै यो जिम्म्ेवारी पुरा गर्न आफ्नो दक्षता, कुशलता र अनुभवका साथ विचलित नहुँदै अघि बढ्ने सो अवसरमा बताउनुभयो । आसन्न निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै सम्भावित सुरक्षा संवेदनशीलतालाई गम्भीररुपमा लिएको बताउँदै मल्लले यस कार्यमा राजनितिक दल, उद्योगी व्यवसायी, जनप्रतिनिधी र स्थानीयबासीको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
बाँकेमा यसअघि वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्य गरिसक्नु भएका मल्ल अपराध अनुसन्धान, ट्राफिक ब्यवस्थापनमा अनुभवी एवम कुसल प्रहरीका रुपमा परिचित हुनुहुन्छ।
कोहलपुर क्षेत्रमा समस्याको रुपमा देखापरेका चोरी डकैती, लुटपात, हत्या, लागुऔषध दुर्व्यशन र बहुमुल्य जनावरको अंग तस्करी जस्ता अपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न विशेष ध्यान दिन पत्रकारहरुले सुझाव दिएका थिए ।
पत्रकार भेटघाटमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले ईलाका प्रहरी कार्यालय सूचना मैत्री बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले कतिपय अवस्थामा सूचना प्रवाह सहज नहुँदा पत्रकारलाई समाचार सम्प्रेषणमा जटिलता उत्पन्न भएको जनाउँदै समाचार सम्प्रेषण गर्दा घटना र स्रोतको तथ्यजाँच गरि सम्प्रेषण गर्न समेत पत्रकारहरुलाई आग्रह गर्नुभयो।
यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख मल्लले कोहलपुर क्षेत्रका राजनितिक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयबासीसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *