१४ बैशाख २०८१, शुक्रबार

५५ ग्राम ब्राउनसुगरसहित तीनजना प्रहरी हिरासतमा

५५ ग्राम ब्राउनसुगरसहित तीनजना प्रहरी हिरासतमा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २७ । लागु औषधको कारोबार र ओसारपसारलाई पुर्ण रुपमा नियन्त्रण गर्न कस्सिएको बाँके प्रहरीले थप सफलता प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणको लागूऔषधसहित दुई जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ भने जमुनाह प्रहरी कार्यालयले पनि ब्राउनसुगरसहित एकजनालाई नाकाबाट पक्राउ गरेको छ ।
लागूऔषध ब्राउन सुगरको बिक्री वितरण हुदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट गएको टोलीले बुधबार राती नेपालगन्ज वडा नम्बर ४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित अछाम तुर्माखाद गाउँपालिका ७ घर भई हाल नेपालगन्ज बसपार्क बस्दै आएका १८ बर्षीय प्रेम चलाउने र अछामकै पञ्चदेवल बिनायक नगरपालिका ४ घर भई हाल सोही स्थानमा बस्दै आएका १८ बर्षीय गौरव विष्टलाई पक्राउ गरेको जनाईएको छ ।

पक्राउ परेका दुबै जनासँग लागू औषध कसुरमा थप आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
सोही प्रकारले इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई मिन बहादुर विष्टको टोलीले भारतबाट आइरहेका कोहलपुर ५ का सनिस केसीलाई मुखमा लुकाएर ल्याईरहेको ३ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जमुनाअह प्रहरीले जनाएको छ । सो कार्यालयका अनुसार विभिन्न नयाँ नयाँ तरिका अपनाएर सीमापारीबाट लागु औषध ओसारपसार गर्ने कार्य भैरहेको पाईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *