२७ बैशाख २०८१, बिहीबार

गुलरियामा बिद्यार्थिलाई सिकाईमा परिवर्तन सम्बन्धि परामर्श दिईयो

गुलरियामा बिद्यार्थिलाई सिकाईमा परिवर्तन सम्बन्धि परामर्श दिईयो

समाचारदाता
नेपालगन्ज, माघ १२ । बर्दियाको गुलरिया नगरपालिका वडा न ११ गौरी शंकर माध्यमिक बिद्यालय डल्लापुरका बिद्यार्थीहरुकालागि एक दिने सिकाईमा परिवर्तन, जिवन उपयोगी सीप तथा करियर बिकास सम्बन्धि उत्पे्ररणात्मक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको सहजिकरण सिटिएस नेपालका रबि किरण श्रेष्ठले गर्नु भएको थियो । उहाँले सहजीकरण गर्दै सिकाईका परिवर्तन ल्याएर जीवनउपयोगी सिप सिक्ने कुरालाई प्राथमिकतामा राखेर करियर विकासलाई केन्द्रविन्दुमा राख्नु पर्ने कुरा बताउनुभयो ।

उक्त कार्यक्रममा शसक्त बालिका परियोजनाका परियोजना प्रमुख गोबिन्द प्रसाद लामिछानेले बिद्यार्थीहरुलाई परिक्षामुखि मात्र नभई पढाईलाई जग बलियो बनाउन र प्रतिष्पर्धामा आउनको लागि माध्यम बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले फाउन्डेसनमा जोड दिने र अतिरिक्त कृयाकलाप सहित समसामयिक सुचनाहरुको अपडेट समेतको सिकाईलाई प्राथमिकता दिनु पर्ने र सकारात्मक व्यवहार र बालविवाह न्युनिकरण तथा यसबाट पर्ने प्रभावका बारेमा सचेतना जगाउन बालक्लवले भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो ।
सो कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको साझेदारीमा संचालन भएको थियो ।
सो कार्यक्रममा सहभागि विद्यालयका विद्यार्थिहरुले सिकाईमा परिवर्तन र जीवनउपयोगी सिपका बारेमा विभिन्न प्रकारका जिज्ञासाहरु राखेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *