२७ मंसिर २०८२, शुक्रबार

राजनीति

प्रदेश परिपत्रको पालना गर्दै कल्पना शर्माद्धारा वडा अध्यक्षको उम्मेदवारी फिर्ता

प्रदेश परिपत्रको पालना गर्दै कल्पना शर्माद्धारा वडा अध्यक्षको उम्मेदवारी फिर्ता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १६ । नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिनु भएकी माओवादी नेतृ कल्पना शर्माले उम्मेदवारी फिर्ता लिनु भएको छ । शर्माले शुक्रवार उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनु भयो । माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको परिपत्र र नेकपा माओवादी बाँकेका निवर्तमान अध्यक्ष तथा प्रदेससभाका सांसद आईपी खरेल, नेपालगञ्ज उपमहानगरका अध्यक्ष रतन शाहीको आग्रहमा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले माओवादी नेताहरुले टिकट वितरणमा केही सामान्य त्रुटी भएको हुनसक्ने जनाउँदै भविष्यमा त्यस्ता कुरामा ध्यान दिने प्रतिवद्धता जनाउनु भएकोले आफुले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । यसअघि लामो समयदेखि वडा नम्बर ५ मा पार्टी र जनताको सेवा गर्दै आउनु भएकी नेतृ शर्माले वडा अध्यक्षको उम्मेदवारमा दावेदारी प्रस्तुत गर्नुभएको थ...
सबैलाई प्रतिनिधित्व गर्ने एक्लो साझा उम्मेदवार म मात्र हुँ–नन्दलाल वैश्य

सबैलाई प्रतिनिधित्व गर्ने एक्लो साझा उम्मेदवार म मात्र हुँ–नन्दलाल वैश्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिनु भएका व्यापारी नेता नन्दलाल बैश्यले आफु मात्रै एक्लो सबैको साझा उम्मेदवार भएको दावी गर्दै सबैको सहयोग र समर्थन पाउने बताउनु भएको छ । उहाँले सोही कारणले आफ्नो जीत सुनिश्चित भएको पनि प्रष्ट पार्नुभयो। नेपालगञ्जपाटी डटकमसंग विशेष कुरागर्दै मेयरका उम्मेदवार वैश्यले आफु समाजको हर तह र तप्कासंग प्रत्यक्ष जोडिएकोले उपमहानगरका हरेक साना ठुला व्यवसायीदेखि लिएर अन्य नागरिकको समर्थन र सहयोग मिलिरहेको बताउनुभयो । निर्वाचनमा उम्मेदवार नभएको बेला पनि आफु जनताको घर घरमा पुगेर हालखबर लिने तथा सुखदुख बाँड्ने गर्दै आएको र हिन्दु, मुस्लिम, सिख र ईसायृ सबै धर्मको चाडपर्व लगायत अन्य सामाजिक कार्यमा पनि निरन्तर खटिने गरेकोले हरेकले आफ्नो मानिस भन्ने गरेको बताउनुभयो । निर्वाचनका लागि सहरदेखि गाउँ गाउँस...
नेपालगञ्ज वडा नम्बर ५ को अध्यक्षमा कल्पना शर्माको स्वतन्त्र उम्मेदवारी

नेपालगञ्ज वडा नम्बर ५ को अध्यक्षमा कल्पना शर्माको स्वतन्त्र उम्मेदवारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १२ । विगत लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध रहेर निरन्तर सक्रियतापुर्वक जनता र पार्टीको काम गर्दै आउनु भएकी कल्पना शर्माले नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । पार्टीको तर्फबाट खटिएर दिनरात जनताको सेवासंगै संगठन निर्माणको काम समेत गर्दै आउनु भएकी शर्मालाई अन्तिममा आएर माओवादी केन्द्रले टिकट नदिएपछि स्थानीय वासिन्दाको दवावका कारण बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । नेपालगञ्जको उद्योगी व्यवसायीविच अत्याधिक लोकप्रिय रहनु भएकी नेतृ शर्माले स्थानीयको चर्काे दवावका कारण आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । उहाँले टिकट वितरणमा आफुसंग मात्र नभई धेरैजनासंग अन्याय भएको जनाउँदै पार्टीको यस्तो निर्णयले नेपालगञ्जमा माओवादीलाई ठुलो क्षति भएको बताउनुभयो । वडावासीको सदासयता र आत्मियताका कारण आफुले उम्मेदवारी दि...
नेपालगञ्जमा हाम्रो विजय सुनिश्चित छ–विष्ट,  अब हामीलाई कसैले हराउन सक्दैन–राई

नेपालगञ्जमा हाम्रो विजय सुनिश्चित छ–विष्ट, अब हामीलाई कसैले हराउन सक्दैन–राई

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, बैशाख १२ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धीन राईले उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुससंगै सोमवार दिउँसोपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् । जनता समाजवादी पार्टी बाँकेले रंगशालास्थित आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले सुर्खेतरोडस्थित आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित गएर संगै उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएलगत्तै त्यहाँ उपस्थित पत्रकारहरुसंग कुरा गर्दै मेयरका उम्मेदवार विष्टले विशेष परिस्थितिमा बनेको गठबन्धनले विशेष उदेश्य पुरा गर्ने दावी गर्दै नेपालगञ्जमा गठबन्धनक...
नेपाली कांग्रेस बांके क्षेत्र न २ क का उपसभापति मनोज चौधरी जसपामा प्रवेश

नेपाली कांग्रेस बांके क्षेत्र न २ क का उपसभापति मनोज चौधरी जसपामा प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १० । स्थानीय तहको निर्वाचनको मुखमा आएर विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले दल बदल्ने क्रम बाँकेमा पनि तिव्र रुपमा अगाडी बढेको छ । केही दिन पहिले मात्रै माओवादी केन्द्र नेपालगञ्जका सहसचिव व्यापारी नेता नन्दलाल वैश्य राप्रपामा प्रवेश गरे भने टिकेट नपाएको झोकमा जसपाबाट रमारानी वैश्यले राप्रपा नेपाल रोज्नुभयो । सोही क्रमलाई जारी राख्दै शनिवार डुडुवा गाउँपालिकामा ठुलो उलटफेर भएको छ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईको प्रयासले नेपाली काँग्रेसका पुराना नेता तथा बांके क्षेत्र न २ क का उपसभापति डुडुवा २ निवासी मनोज कुमार चौधरी जसपामा प्रवेश गर्नु भएको छ । चौधरीलाई एक कार्यक्रमका विच पुर्वमन्त्री राईले जसपाको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा डुडुवाबाट अध्यक्षका उम्मेदवार भण्डारीलाल यादवले पनि चौधरीलाई स्वागत गर्नु भएको थियो । सो...
माओवादीले नेपालगञ्जमा मेयर, उपमेयर र २३ वटै वडामा उम्मेदवारी दिने निर्णय

माओवादीले नेपालगञ्जमा मेयर, उपमेयर र २३ वटै वडामा उम्मेदवारी दिने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १० । नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरको निर्वाचनमा मेयर, उपमेयर र २३ वटै वडामा एक्लै निर्वाचन लड्ने निर्णय गरेको छ । गठबन्धनले माओवादीलाई मेयर उपमेयर केही पनि नदिएको अवस्थामा वडामा समेत काँग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई राम्रो ठाउँ नदिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिएर एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको शनिवार अपरान्ह आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइयो । माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष रतन शाहीले पत्रकार माझ विज्ञप्ती जारी गर्दै माओवादीले सैद्धान्तिक रुपमा गठबन्धनलाई स्विकार गरेर अगाडी बढिरहेको अवस्थामा नेपालगञ्जमा मेयर उप मेयर नपाउँदा वडामा न्याय गर्न काँग्रेस र जसपासंग छलफल गरिएपनि वास्ता नगरिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिने र निर्वाचन एक्लै लड्ने निर्णय गरिएको बताउनुभयो । उहाँले काँग्रेस र जस...
गठबन्धन गर्दा माओवादीको अपमान गरिएको नेपालगञ्ज उपमहानगर कमिटिको ठहर

गठबन्धन गर्दा माओवादीको अपमान गरिएको नेपालगञ्ज उपमहानगर कमिटिको ठहर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ७ । नेपालगञ्ज उपमहानगर माओवादी केन्द्रले मेयर र उपमेयर मध्य कुनै पनि पद नपाएपछि प्रेस विज्ञप्ति मार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै पार्टीकै अपमान गरिएको निष्कर्श निकालेर सो निर्णय सच्चाउन माग गरेको छ । गठबन्धनले नेपालगन्जका माओवादी माथी अन्याय गरेको नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाही र सचिब प्रेम शाहद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ, यतिबेला सिङ्गो देश निर्वाचनमा केन्द्रित भइरहेको छ । हाम्रो पार्टी लगायत ५ दलिय गठबन्धन गरि निर्वाचनमा होमिने कुराको स्वागत गर्दछौँ । तर गठबन्धनको नाममा पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ वटा वडा अध्यक्ष सहित सम्मानजनक तेस्रो स्थानमा रहेको र पछिल्लो पटक हाम्रो पार्टी संगठन बलियो ...
जसपा बाँकेले पहिलेनै गठबन्धन नगर्ने निर्णय गरेकोले केन्द्रको निर्णय यहाँ लागु हुँदैन–कमरुद्दीन राई

जसपा बाँकेले पहिलेनै गठबन्धन नगर्ने निर्णय गरेकोले केन्द्रको निर्णय यहाँ लागु हुँदैन–कमरुद्दीन राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ७ । पाँच दलिय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिलाई जनता समाजवादी पार्टी बाँकेले अस्वीकार गर्दै विद्रोहको चेतावनी दिएको छ। सो पार्टीको बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्जबाट मेयरका उम्मेदवार कमरुद्दीन राईले जसपा बाँकेले पहिलेनै नेपालगञ्ज लगायत जिल्लाका चार पालिकामा प्रमुखमा कसैसंग गठबन्धन नगर्ने निर्णय गरिसकेकोले बुधवार केन्द्रमा गरिएको निर्णय यहाँ लागु नहुने बताउनु भएको छ । उहाँले जसपा बाँकेले धेरै दिन अघि सो निर्णय गरेर पार्टीको केन्द्र र प्रदेशमा जानकारी गराई सकेको हुँदा पनि पार्टीले केन्द्रको उक्त निर्णयमा हस्ताक्षर गरेको प्रति कडा आपत्ती जनाउँदै विहिबार १० बजेसम्म निर्णय नसच्चाईए पार्टीमा विद्रोह हुने र सबै ठाउँमा उम्मेदवारी दिने बताउनुभयो । गठबन्धनले बुधबार नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपालाई दिने...
माओवादीद्धारा कोहलपुरमा एक्लै चुनाव लड्ने निर्णय, बाँकेमा गठबन्धनको संभावना समाप्त

माओवादीद्धारा कोहलपुरमा एक्लै चुनाव लड्ने निर्णय, बाँकेमा गठबन्धनको संभावना समाप्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ७ । नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुर कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुविच गठबन्धनको संभावना करिब करिब समाप्त भएको छ । नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने निश्चित जस्तै देखिएको छ । काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्ज लगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचार प्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ । सत्ता साझेदार दलविच केन्द्रमा गठबन्धको कुरा चलि रहदा कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए । जसका लागी माओवादी केन्द्र...
माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरको तेस्रो विस्तारित बैठक सम्पन्न

माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरको तेस्रो विस्तारित बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ३ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको तेस्रो बिस्तारीक बैठक सम्पन्न गरेको छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै भएको उक्त बैठकमा विभिन्न एजेन्डा माथि छलफल भएको नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभएको छ। बिशेष गरि बैशाख ३० गते हुने स्थानीय चुनाव लक्षित पाटीका उम्मेदवार छनौट, आर्थिक व्यवस्थापन र बिशेष गरि सत्ता साझेदारी दल संग चुनावी गढबन्धनका बिषयमा छलफल भएको थियो । कार्यक्रम ३ वटा कमान्ड इन्चार्जहरुले आफ्नो कमान्डको रिपोर्टिङ गर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाअध्यक्ष रतन बहादुर शाहीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश कमिटी सह सचिव एवम युवा ...