प्रेस सेन्टर बाँकेद्धारा पत्रकार महासंघ बाँकेसंग शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको माग
समाचारदाता
नेपालगञ्ज, जेठ ४ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई लागू नगरेको भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई एक ज्ञापनपत्र बुझाएको छ ।
‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभ...









