Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
शिक्षा | नेपालगञ्ज पाटी - Page 23
११ जेष्ठ २०८३, सोमबार

शिक्षा

कतार च्याररिटीको सहयोगमा समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवन निर्माण

कतार च्याररिटीको सहयोगमा समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवन निर्माण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ २९ । कतार च्यारिटीको सहयोगमा, काठमाडौँको बूढानिलकण्ठमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको उदघाटन गरिएको छ । नेपालका लागि कतारी राजदूत महामहिम युसुफ मोहम्मद अल–हैलको उपस्थितीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष उमा रेग्मीले उदघाटन गर्नु भएको हो । कार्यक्रमको सभापति समेत रहनु भएकी मन्त्री रेग्मीले कतार च्यारेटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीप मुलक तालिम संचाल नहुने र युवाहरुलाई स्वरोजगारको अवस्था सिर्जना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदू...
जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम शुरु

जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ २९ । बाँकेको जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ । जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिकाको बैठकबाट पास भएको कार्यबिधि अनुसार ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरिएको जानकारी दिनुभयो । छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भदौ २४ गते बसेको बसेको गाउँ कार्यपालिका बैठकले “जानकी गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” कार्यान्वयन कार्यबिधि २०७९ स्वीकृत गरेको छ । गत असार ३१ गते भएको पालिकाको १२ औं गाउँसभाबाट “गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” पारित गरिएको थियो । यस कार्यक्रममार्फत पालिकाका सम्पूर्ण वडामा २०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहर...
बालअधिकार समिति र मानव बेचबिखनविरुद्ध समितिका पदाधिकारीलाई नीतिगत तालीम

बालअधिकार समिति र मानव बेचबिखनविरुद्ध समितिका पदाधिकारीलाई नीतिगत तालीम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो । सो तालीममा नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बाल अधिकार समिति र मानव बेचबिखनविरुद्ध समन्वय समितिका गरी १४ जना सहभागीहरुको सहभागिता रहेको थियो । तालीमको सहजीकरण आशीष वर्माले गर्नुभएको थियो । बेचबिखनको बढदो क्रमलाई मद्देनजर गरी युनेस्को क्लबले सन २०१९ देखि प्लान नेपालको साझेदारीमा उक्त परियोजना संचालन गर्दै आएको क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताउनु भयो । तालीममा मानव बेचबिखनको हालको अवस्था र यस संग सम्बन्धित निति नियमको बारेम...
मन्त्री अथकको विद्यालय टीनको छानामुक्त अभियान सफल हुँदै, एकैदिन तीन विद्यालय भवनको उदघाटन

मन्त्री अथकको विद्यालय टीनको छानामुक्त अभियान सफल हुँदै, एकैदिन तीन विद्यालय भवनको उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सिराज खान नेपालगञ्ज, भदौ १६ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विहिबार बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा उहाँकै पहलमा निर्माण गरिएका तीन वटा विद्यालय भवनको उदघाटन गर्नु भएको छ । बाँके क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहनु भएका मन्त्री अथकले विहिबार विहान राप्तीसोनारी ६ कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा निर्माण गरिएको दुई कोठे पक्की भवनको उदघाटन गर्नुभयो । सो अवसरमा मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै २३ भन्दा बढी विद्यालयमा ९० भन्दा बढी पक्की कोठाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले क्षेत्र नम्बर १ का सबै विद्यालयलाई टीनको छानामुक्त बनाउने अभियानमा आफु लागेको बताउनुभयो । संघीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सो विद्यालय भवनको निर्माणपछि विद्यार्थिलाई पठन पाठन सहज हुने उक्त विद्यालयका प्रधानाध्यापक शेर बहादुर ...
युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ १६ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ । क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ । क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहनु भएको थियो । कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई ...
युनेस्को क्लबद्धारा मानव बेचबिखन रोकथामका कार्यहरुको समिक्षा तथा छलफल

युनेस्को क्लबद्धारा मानव बेचबिखन रोकथामका कार्यहरुको समिक्षा तथा छलफल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ ९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन रोकथामका लागि सञ्चालन गरेको प्रोटेक्ट परियोजनाबाट प्राप्त उपलब्धीहरु बारे छलफल गर्न स्थानीय सरकार र सरोकारवालाहरूसँग साझा बैठक सम्पन्न गरेको छ । कोहलपुरमा आयोजना गरिएको सो बैठकमा परियोजना सञ्चालनपछि भए गरिएका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु बारे समेत जानकारी गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । कोहलपुर नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद बिकले बैठकको अध्यक्षता गर्दै क्लबले सानो समयमा मानवबेचविखन रोकथामका लागि स्थानीय तहसंग समन्वय गरेर उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले आगामी कार्यक्रमहरु पनि प्रभावकारी रहेकोले सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा वडा नम्बर ८ का अध्यक्ष झगबहादुर थारुले युवति र...
वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २३ । बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक वरिष्ठ समाजसेवी प्रवेज अली सिद्दिकीलाई नाईस अवार्ड २०२२ बाट सम्मानित गरिएको छ । नाईस नेपालगञ्जको आयोजनामा सोमवार सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा समाजसेवी सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो । बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की र संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले निस्वा...
बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २२ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा अत्याधुनिक बाल पार्क (चिल्ड्रेन पार्क) को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्ट...
शैक्षिक निरन्तरताका लागि जानकी ५ द्धारा २५ छात्रालाई साइकल वितरण

शैक्षिक निरन्तरताका लागि जानकी ५ द्धारा २५ छात्रालाई साइकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ९ । जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरिएको छ । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल वितरण गरिएको वडा नम्बर ५ ले जनाएको छ। वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले उच्च शिक्षासम्म पुग्ने शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी रहनु भएका गाउँपालिका प्रमुख खाँले विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण गरिएको बताउनुभयो । वितरण कार्यक्रमका सभापति वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले व...
बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ८ । बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । संस्थालाई समय समयमा आवश्यक सुझाव र सल्लाह दिनुका साथै सहयोग समर्थनका लागि जिल्लाका सात जना वरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले क्लबको १० औं अधिवेसनबाट नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सात जनाको सल्लाहकार समिति गठना गरेको बताउनुभयो । क्लबको सल्लाहकारमा मनोनित हुनुभएकाहरुमा वरिष्ठ पत्रकारहरु सिराज खान, विजय बर्मा, रुद्र सुवेदी, राकेश मिश्र, नरेन्द्र थपा र झलक गैरे तथा वरिष्ठ धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी रहनु भएको छ । यसैगरि सोही बैठकले संस्थाको वरिष्ठ उपाध्यक्षमा पन्चम गुरुंगलाई मनोनित गरेको छ । यसअघि शनिवार सम्पन्न साधारणसभा र अधिवेसनको बन्द सत्रले वरिष्ठ उपाध...