Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170 शिक्षा | नेपालगञ्ज पाटी - Page 24
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ ।
सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्...
कोभिड रोक्न अहम भूमिका निभाउने चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ बार्षिक साधारणसभा तथा १० औँ अधिवेसन विविध कार्यक्रमका साथ शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ ।
सो साधारणसभा र अधिवेसनको उद्घाटन प्रमुख अतिथि नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले एक भव्य समारोहका विच गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले देशभरिकै सबैभन्दा राम्रो र उत्कृष्ट युनेस्को क्लबको कार्यक्रममा सहभागि हुन पाउँदा गर्व महसुस भैरहेको बताउनुभयो । उहाँले ३३ वर्षको अवधीमा क्लबले गरेका कामहरु अतिनै सराहनीय र उल्लेखनीय रहेको बताउनुभयो ।
सो अवसरमा नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले बाँके युनेस्को क्लबलाई आफुहरुले शुरु देखिनै सहयोग गर्दै आएकोमा य...
सिराज खान
नेपालगञ्ज, साउन ५ । देव्यानी इन्टरनेशनल नेपाल प्रालिद्धारा सञ्चालित केएफसीले नेपालगञ्जको मदरसामा अध्ययनरत विपन्न तथा गरिब बाल बालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विहिबार यहाँस्थित मदरसा दारुल उलुम बरकातियामा आयोजित एक कार्यक्रममा बरकातियाका ३१६ जना अतिविपन्न तथा गरिब बालबालिकालाई जनही एक स्कुल व्याग र ६ वटा कपी वितरण गरियो ।
विपन्न भएका कारण व्याग समेत खरिद गर्न नसक्ने मदरसाका अति विपन्न बालबालिकालाई सामाजिक उत्तरदायीत्व अन्तर्गत ३१६ वटा व्याग र कपी वितरण गरिएको देव्यानी इन्टरनेशनल नेपालका प्रमुख विजय शर्माले बताउनुभयो ।
उहाँले अतिनै गरिब बिद्यार्थिलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको जनाउँदै संस्थाले सधैं गरिब र विपन्नलाई सहयोग गर्दै आएको बताउनुभयो ।
सो अवसरमा केएफसीका नेपाल प्रमुख शर्मा लगायत वित्तिय प्रमुख ऋतुराज शाह, एचआर प्रमुख दिपेश भट्ट, अप्रेसन प्रमु...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ गते । मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ । पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, प्रदेश सांसद आईपी खरेलले बुधबार औपचारिक कार्यक्रमका बीचमा कलेजको उद्घाटन गर्नुभयो ।
कलेजको उद्घाटन गर्दै प्रा.डा. कोइरालाले पुर्वाञ्चल विश्व विद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताउनुभयो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जमा मधेसी र मुस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले धम्बोझी उच्च माविलाई जिल्लाकै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले गर्न चाहेमा सरकारी विद्यालयले पनि निजि भन्दा राम्रो नतिजा दिनसक्छ भन्ने कुरा यो विद्यालयले प्रमाणित गरिदिएको बताउनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा निर्माण गर्न लागिएको चार कोठे भवनको आइतवार शिलन्यास गर्दै पुर्वमन्त्री राईले सो बताउनुभएको हो ।
उहाँले नेपालगञ्जकै सबैभन्दा उत्कृष्ट सरकारी विद्यालयको रुपमा रहेको यो विद्यालयमा कक्षा कोठा निर्माण र शिक्षक दरबन्दी बढाउन तीनवटै तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विगतमा आफ्नो संसदीय कोषबाट यस विद्यालयलाई ५० लाख रुपियाँ प्रदान गरेको जनाउँदै भविष्यमा पनि सहयोग गरिराख्ने बताउनुभयो ।
सो अवसरमा विद्यालयको अव...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २ । बाँके जिल्लामा संचालनमा रहेका ई रिक्सा चालकहरुका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
नेपाल ई रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण कार्यक्रम नेपालगंज उप महानगर पालिका वडा नं १० स्थित ई रिक्सा व्यबस्थापन प्रालिको हलमा संचालन भैरहेको छ ।
सो प्रशिक्षण कार्यक्रममा ई रिक्सा चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारणहरु, लेन अनुसाशन, ई रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जनाउनु भयो । प्रशिक्षणबाट चालकहरुले ट्राफिक नियम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । बाँकेको खजुराबाट लुम्बिनी प्रदेश विश्वविद्यालय अन्त्य सार्न लाागिएको भन्दै बाँकेमा कडा विरोध गरिएपछि प्रदेश सरकारले सो विश्वविद्यालय बाँकेको खजुरामा नै स्थापना हुने निर्णय फेरी गरेको छ । प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को सोमवार बसेको बैठकले बाँकेको खजुरामा नै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
परिषदका अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँके जिल्लाको खजुरामा स्थापना गर्ने निर्णयलाई निरन्तरता दिँदै सो प्रयोजनका लागि विनियोजित पाँच करोड बजेट कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ ।
बैठकले विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नि...
सिराज खान
मटेहिया (नरैनापुर), चैत १४ । केही समय अघिसम्म सरकारको पहुँचदेखि जनताको सेवासुविधासम्म हरेक दृष्टिकोणले बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुर गाउँपालिकालाई एक भव्य समारोहकाविच सोमवार साक्षर पालिका घोषणा गरिएको छ ।
नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकालाई उछिनेर नरैनापुरले आफुलाई जिल्लाको छैंठौ साक्षर पालिका घोषणा गर्दै गर्दा गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले भावुक हुँदै आफ्नो वर्षौदेखिको सपना पुरा भएको प्रतिक्रिया दिनुभयो ।
मटेहियास्थित महेन्द्र माविमा आयोजित उत्साहजनक समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले पालिकालाई साक्षर घोषणा गर्दै साक्षर गरिएको प्रमाणपत्र पालिका अध्यक्ष शाहलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा भेला भएका पालिका भरिका प्रधानाध्यापक, शिक्षक, अभिभावक र शिक्षापे्रमीलाई सम्बोधन गर्दै जिससका प्रमुख श्रीवास्तवले केही समय अघि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । कोहलपुरस्थित बागेश्वरी एकेडेमीका शिक्षकले एक विद्यार्थिमाथि बेस्सरी कुटपिट गरेको उजुरी ईलाका प्रहरी कार्यालय कोहलपुरमा परेको छ ।
बागेश्वरी एकेडेमी कोहलपुरका कक्षा चारका विद्याथी स्माइल काफ्लेलाई होमवर्क नगरको भन्दै गाला निलो हुने गरेर कुटेको भन्दै अभिभावक आशिष काफ्लेले प्रहरीमा उजुरी दिनु भएको हो ।
विद्यार्थिले होमवर्क नगरेको भएकम अभिभावकलाई जानकारी गराउनु पर्नेमा बच्चालाई यसरी गाला निलो हुने गरेर पिटेकोले प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो। विद्यार्थि काफ्ले घर फर्किएपछि उनको गालामा निलो दाग बसेको र गाला सुन्निएको अवस्था देखेपछि बच्चालाई के भएको भनेर बुझ्दा सरले पिट्नु भएको हो भन्ने जानकारी दिएपछि आफुले विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीलाई फोन गरेर बुझन खोज्दा फोन नै नउठेको अभिभावक आशिष काफ्लेले वताउनुभयो ।
त्यसपछि बाध्य भएर ईलाका प्रह...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ फागुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी अगाडी बढाएको छ ।
बाँकेको खजुरामा स्थापना गर्ने गरि पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुलासा गरेपछि सो को बाँकेमा व्यापक विरोध गरिएको छ ।
विश्वबिद्यालय स्थापनका लागि खजुरा गाँउपालिकाबाट १०० बिगाहा जग्गा कित्ताकाट गरि विश्वबिद्यालयका लागि सिफारिस गरिसकेको अवस्थामा विश्व बिद्यालय अन्यत्र सारिए आन्दोलनको आधिवेरि सिर्जना गरिने खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले चेतावनी दिनुभएको छ । जग्गा हस्तान्तरणका लागि गाँउसभाबाट समेत अनुमोदन भइसकेको र सर...