मानवबेचविखनविरुद्ध सक्रिय अभियन्ताको क्षमता विकास गरिंदै
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ ।
प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिम मंगलवार शुरु गरिएको क्लबले जनाएको छ ।
समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई सफल पार्न युवा अभियन्ताहरुका लागि तालिम शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । सो तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाबाट, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका अभियन्ताको सहभाग...








