Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170 शिक्षा | नेपालगञ्ज पाटी - Page 8
समाचारदाता
नेपालगन्ज, ४ असार । प्लान इन्टरनेशन नेपालको सहयोग, गुलरिया नगरपालिकाको सहकार्य र बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना कार्यक्रमका सहभागि किशोरी तथा युवतीहरुबीच दुई दिने तालिममुखी सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
तालिम तथा सिकाई आदानप्रदान कार्यक्रममा गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी तथा युवा क्लबहरु, धार्मिक गुरु, नागरिक समाजका अगुवा, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिममुखी सिकाई आदानप्रदान कार्यक्रममा कृष्ण पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
साे कार्यक्रमकाे समापन समारोहमा सहभागिहरु सविना खान, भूमिका थारु, रत्ना सुनार र विष्णु गौतमले आआफ्नो अनुभव सुनाउँदै सिकाई आदानप्रदान निकै प्रभावकारी भएको बताउनुभएको थियो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि स...
समाचारदाता
नेपालगन्ज, जेठ ३१ । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन।
शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। युनाईटेडले दोस्रो मै चित्त बुझायो । जय बागेश्वरी मा बि ले सगरमाथा मा. बि. लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो ।
त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो ।
मंगल प्रसाद मा. बि. ले युनाईटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो ।
दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणप...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो ।
सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बा...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब र मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा वाश समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू गरी ४५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्य विद्यालयका नीतिहरू, भौतिक संरचना र अभ्यासमा लैङ्गिक समानता प्रवद्र्धन गर्नु, विद्यालयका निर्णय प्रक्रिया र गतिविधिमा बालिका, सीमान्तकृत लैङ्गिक पहिचान भएका व्यक्तिहरू तथा पछाडि पारिएका समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु, लैङ्गिक विभेद न्यूनीकरण गर्न...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो ।
कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै उपमेयर चौधरीले मानव बेचबिखन विरुद्धको अभियानमा बाँके युनेस्को क्लबको सक्रियताको प्रशंसा गर्दै सबै सरोकारवालाहरू मिलेर सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बर्दियाको राजापुर नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखीकरण कार्यक्रम गरिएको जनाउँदै कार्यक्रममा वाश समिति सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू सहित ४५ जनाको सहभागीता रहेको राजापुर नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले विपद् जोखिम न्यूनीकरणमा सबैजना केन्द्रित हुनुपर्नेमा जोड दिंदै खानेपानी र सरसफाई तथा लैङ्गिक समानतालाई पनि बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका सूचना प्रविधि अ...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । मधेस मानव अधिकार गृह (माहुरी होम) र पिबिआई नेपालको संयुक्त साझेदारीमा सञ्चालित “संरक्षण परियोजना” अन्तर्गत पालिकाको सरोकारवालाहरुसंग परियोजनाको परिचयात्मक कार्यक्रम बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि अध्यक्ष शाहीले लक्षित वर्गका लागि ११ वटा सञ्जाल निर्माण गरेर आवश्यक सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । साथै, उहाँले आगामी दिनहरूमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गर्नुभयो ।
सो अवसरमा उपाध्यक्ष रोकायले महिला, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायत आत्मनिर्भर बनाउने विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै सब...
नेपालगन्ज, जेठ २६ गते । लोपोन्मुख विभिन्न जाती, समुदाय लगायत अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला, मधेशी र मुस्लिमको मानवअधिकारको संरक्षणमा बिशेष जोड दिईएको छ ।
मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालमा बस्ने सबै जातजाती र लोपोन्मुख समुदायको पहुँच राज्यसम्म नपुगेकोले उनिहरुको पहुँच सरकारसम्म पुरयाएर मानवअधिकार दिलाउन विभिन्न कार्यक्रम र परियोजनाहरु आवश्यक रहेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले नेपालगन्ज वरिपरि समेत विभिन्न सिमान्तकृत र पिछिडिएका जाती समुदाय रहेकोले उनिहरुको हरेक प्रकारको अधिकारका लागि काम गर्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो ।
नरैन...
समाचारदाता
नेपालगन्ज, जेठ २५ । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो ।
प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए ।
प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यो प्रर्दशनी हेर्दा बिद्यार्थिहरुको क्षमता उजागर भएको र उनिहरुले भविष्यमा अतिनै राम्रा कामहर गर्न सक्ने देखिएको बताउनुभयो ।
‘भारतमा एपिजे एब...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवस २०२५ को अवसरमा “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ बर्दिया जिल्लामा प्लाष्टिक प्रदुषण न्युनिकरण अभियान अन्तर्गत बृक्षारोपण र सरसफाई गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसानल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेल, वडा अध्यक्ष टेकबहादुर बडुवाल, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, पर्यटन व्यवसायी, शिक्षक, विद्यार्थी तथा स्थानिय समुदायद्धारा बृक्षारोपण गरिएको थियो ।
सो अवसरमा बोल्दै ठाकुरबाबाका मेयर लम्सालले प्लाष्टिक प्रदूषणलाई यस युगको एक प्रमुख चुनौतीको र...