समाचारदाता
नेपालगन्ज, जेठ १६ । बर्दियाको राजापुर नगरपालिकामा मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुका लागि सञ्चालन गरिएको बालसंरक्षण तथा मानबबेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाको आयोजनामा सो तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापन गर्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी, संघसंस्था तथा स्थानीय निगरानी समूहहरु सक्रिय भएर अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले बाल संरक्षण र मानब बेचबिखन नियन्त्रणकालागि पालिकाले योजना बनाएर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।...
समाचारदाता
नेपालगन्ज, जेठ १५ । बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूकालागि चारदिने तालिम मधुवन नगरपालिकाको डल्लामा सुरु भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको हो ।
कम लागत वा शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त तालिमको सञ्चालन गरिएको सुरक्षा परियोजनाका संयोजक ईश्वर बिकले बताउनुभयो ।
जेठ १८ गतेसम्म सञ्चालन हुने सो तालिमबाट प्रारम्भिक कक्षाको सिकाइ वातावरणमा सुधार आउने, सहभागी शि...
समाचारदाता
नेपालगन्ज, ४ जेठ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका किशोरीहरूलाई सशक्त बनाउन सञ्चालन गरेको दुई दिने “कला शक्ति हो” कार्यशाला सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत मधुवनमा सो कार्यशाला सञ्चालन गरेको थियो ।
कार्यशालाको समापन गर्दै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले किशोरीहरुमा लुकेका विभिन्न प्रतिभालाई उजागर गरेर सोही माध्यमबाट उनिहरुलाई शसक्त बनाउने उदेश्यले आयोजना गरिएको यो कार्यशाला अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले यो कार्यशालाले किशोरीहरूलाई सक्रिय रहन र आत्मविश्वासका साथ अगाडि बढ...
समाचारदाता
नेपालगन्ज, २ जेठ । बर्दियाको राजापुर नगरपालिकामा सुरक्षाकर्मी र सरोकारवालाहरूकालागि मानव बेचबिखन नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगरपालिकाका उपमेयर, वडा सदस्यहरू, महिला तथा बालबालिका विभागका प्रमुख, कार्यकारी सदस्यहरू, सूचना प्रविधि अधिकृत, सहायक प्रहरी निरीक्षकहरू र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।
तालिमको उद्देश्य मानव बेचबिखन नियन्त्रण र निषेधित मानव यातायात गतिविधिहरू नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण लगायत सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।
तालिमको उदघाटन समारोहमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर विकले तालिमको उद्देश्यमा...
समाचारदाता
नेपालगन्ज, २ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा स्थानीयस्तरमा युवा सहभागिता प्रवद्र्धनगर्न “कला शक्ति हो” बिषयक कार्यशाला सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला शुरु गरेको हो ।
उक्त कार्यशालाको प्रमुख उद्देश्य किशोरीहरूलाई गीत, कविता, नृत्य, नाटक, चित्रकला, भाषण, गायन र लोक युगल गीतहरूमार्फत आफ्नो अन्तर्निहित ऊर्जा, रचनात्मकता, भावना, आवाज र सरोकार व्यक्तगर्न प्रोत्साहित गरेर सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो कार्यशालाको उदघाटन गर्दै प्लान इन्टरनेशनल नेपालकी युवा अभियान कार्यक्रम विशेषज्ञ लक्ष्मी चौधरीले यस्ता कार्यशालाहरुबाट बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई उजागर गर्न मद्दत मिल्ने बताउनुभयो ।
बाँके युनेस्को क्ल...
समाचारदाता
नेपालगन्ज, १ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो ।
शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताउनुभयो ।
उहाँका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो ।
यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर...
स्थानीय तहमा युवा सहभागिता सम्बन्धि कार्यशाला सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ १ । बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिकामा स्थानीय तहमा युवा सहभागिताको कार्यविधि निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ ।
दुबै पालिकामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सम्पन्न गरिएको हो ।
कार्यशालाको प्रमुख उद्देश्य राष्ट्रिय युवा परिषद्ले विकास गरेको सन्दर्भ निर्देशिकामा आधारित रहेर स्थानीय तहको युवा सहभागिता सम्बन्धि आफ्नै कार्यविधि निर्माण गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
मधुवन नगरपालिका वडा नम्बर ४ को आयोजनामा मधुवनमा सञ्चालन गरिएको युवा सहभागिता सम्बन्धी अभिमुखीकरण वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ...
समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा “एक घर, एक पढाइ कुना” अभियानलाई अभिभावकहरूले सक्रिय सहयोग गरेर आफ्ना बालबालिकाको शिक्षामा बिशेष ध्यान दिएको पाईएको छ ।
नगरपालिकामा पढाइ कुनाको बारेमा अनुगमन टोलीले गरेको अनुगमनका क्रममा आफ्ना बालबालिकाका लागि पढ्ने बानी विकास गर्न, नियमित गृहकार्य गराउन र विद्यालय जान उत्प्रेरित गर्ने कार्यमा अभिभावक आफै सक्रिय रहेको पाईएको शिक्षा समन्वय इकाइ बर्दियाले जनाएको छ ।
शिक्षा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टको संयोजकत्वमा रहेको अनुगमन टोलीले मधुवन नगरपालिकाको वडा नम्बर १ र २ मा पुगेर बालबालिकाको अध्ययनकालागि अनुकूल वातावरण सृजना गर्न बनाइएका पढाइ कुनाहरूको स्थलगत निरिक्षण अवलोकन गरेको थियो ।
अनुगमन गर्दा अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षाका लागि “एक घर, एक पढाइ कुना” अभियानलाई तिव्रता दिएर काम गरिरहेको ...
समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
उक्त तालिममा पालिकाका उपप्रमुख, नगरप्रवक्ता, वडा अध्यक्षहरु, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु, बरिष्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण समितिका सदस्यहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित सो तालिमको उदघाटन सत्रको संचालन गर्दै बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले तालिमको उदेश्य बारे जानकारी गराउनुभयो ।
मधुबन नग...
समाचारदाता
नेपालगन्ज, बैशाख २८ । बर्दियाको मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत सो पालिकाका वडाहरुलाई एकपछि अर्को गरि बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यलाई तिव्र पारिएको छ ।
सो क्रममा पछिल्लो पटक मधुवनको वडा नं. ६ लाई एक भव्य कार्यक्रमकाबिच मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बालविवाहमुक्त वडा घोषणा गर्नुभयो ।
सो अवसरमा बोल्दै मेयर भाटले तीन वर्षभित्र मधुवनमा बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ सालभित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने गरि पालिकाका काम भइरहेको बताउनुभयो ।
उहाँले सोही अवसरमा हस्ताक्षर अभियानको उदघाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराउनु भयो ।
वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको बालविवाहमुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक...