समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकाका बालिकाहरुलाई नियमित विद्यालयमा उपस्थिति गराउन तथा पछाडी पारिएका समुदाय एवं जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच बढाउन उनिहरुलाई साइकल वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालिका तथा किशोरीहरुलाई बिद्यालयमा टिकाइराख्ने उदेश्यले मधुवन नगरपालिकाको समन्वयमा साइकल बितरण गरिएको हो ।
बालिकाहरुलाई साइकल वितरण गर्दै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने बताउनुभयो ।
उहाँले यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भएको जनाउँदै यसले शिक्षाको विकासमा ठुलो योगदान गर्ने बताउनुभयो...
समाचारदाता
नेपालगन्ज, जेठ १८ । बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा मधुवन नगरपालिकाको डल्लामा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापन गर्दै मधुबन नगर पालिकाका नगर उपप्रमुख अनिता चौधरीले स्थानीय सरकार र संघ सस्थाहरुको सहकार्यमा गरिएका यस्ता कार्यक्रमले शिक्षाको विकासमा बिशेष योगदान पुराउने बताउनुभयो ।
उहाँले यस्ता तालिमले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन पनि ठुलो सहयोग गर्ने बताउनुभयो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले युनेस...
समाचारदाता
नेपालगन्ज, जेठ १६ । बर्दियाको राजापुर नगरपालिकामा मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुका लागि सञ्चालन गरिएको बालसंरक्षण तथा मानबबेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाको आयोजनामा सो तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापन गर्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी, संघसंस्था तथा स्थानीय निगरानी समूहहरु सक्रिय भएर अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले बाल संरक्षण र मानब बेचबिखन नियन्त्रणकालागि पालिकाले योजना बनाएर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।...
समाचारदाता
नेपालगन्ज, जेठ १५ । बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूकालागि चारदिने तालिम मधुवन नगरपालिकाको डल्लामा सुरु भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको हो ।
कम लागत वा शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त तालिमको सञ्चालन गरिएको सुरक्षा परियोजनाका संयोजक ईश्वर बिकले बताउनुभयो ।
जेठ १८ गतेसम्म सञ्चालन हुने सो तालिमबाट प्रारम्भिक कक्षाको सिकाइ वातावरणमा सुधार आउने, सहभागी शि...
समाचारदाता
नेपालगन्ज, जेठ ९ गते । बाँकेको डुडुवा र खजुरा गाउँपालिका तथा नेपालगंज उपमहानगरपालिकामा सन्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाले नेपालगंजका अस्पतालहरु, स्वास्थ्य कार्यालय बाँके, नेपालगंज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा, वातावरण शाखा, विधायन समिति र भौतिक पूर्वाधार समिति संयोजकहरुको सहभागितामा सार्वजनिक नीजी साझेदारी मंचको बैठक सम्पन्न गरेको छ ।
एमडिएम फ्रान्स र एएफडिको आर्थिक सहयोगमा बी ग्रुपद्वारा सन्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत आयोजना गरिएको बैठकमा नेपालगंज उपमहानगरपालिकाको वडा नम्बर २३ मा रहेको सेन्टर ट्रीट्मेन्ट फ्यासिलिटी र अस्पतालहरुबीच दोहोरो संवाद भएको थियो ।
सो छलफलका दौरान अस्पतालबाट स्वास्थ्यजन्य फोहोर सही तरिकाले छुट्टयाउने अभ्यास कमजोर रहेको कारण साधारण फोहोरमा जोखिमपूर्ण र संक्रमित फोहोर मिसिएर पठाउने गरिएको ...
टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ७ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो मेडिकल उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको हो ।
परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालग...
समाचारदाता
नेपालगन्ज, ४ जेठ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका किशोरीहरूलाई सशक्त बनाउन सञ्चालन गरेको दुई दिने “कला शक्ति हो” कार्यशाला सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत मधुवनमा सो कार्यशाला सञ्चालन गरेको थियो ।
कार्यशालाको समापन गर्दै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले किशोरीहरुमा लुकेका विभिन्न प्रतिभालाई उजागर गरेर सोही माध्यमबाट उनिहरुलाई शसक्त बनाउने उदेश्यले आयोजना गरिएको यो कार्यशाला अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले यो कार्यशालाले किशोरीहरूलाई सक्रिय रहन र आत्मविश्वासका साथ अगाडि बढ...
समाचारदाता
नेपालगन्ज, २ जेठ । बर्दियाको राजापुर नगरपालिकामा सुरक्षाकर्मी र सरोकारवालाहरूकालागि मानव बेचबिखन नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगरपालिकाका उपमेयर, वडा सदस्यहरू, महिला तथा बालबालिका विभागका प्रमुख, कार्यकारी सदस्यहरू, सूचना प्रविधि अधिकृत, सहायक प्रहरी निरीक्षकहरू र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।
तालिमको उद्देश्य मानव बेचबिखन नियन्त्रण र निषेधित मानव यातायात गतिविधिहरू नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण लगायत सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।
तालिमको उदघाटन समारोहमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर विकले तालिमको उद्देश्यमा...
समाचारदाता
नेपालगन्ज, २ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा स्थानीयस्तरमा युवा सहभागिता प्रवद्र्धनगर्न “कला शक्ति हो” बिषयक कार्यशाला सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला शुरु गरेको हो ।
उक्त कार्यशालाको प्रमुख उद्देश्य किशोरीहरूलाई गीत, कविता, नृत्य, नाटक, चित्रकला, भाषण, गायन र लोक युगल गीतहरूमार्फत आफ्नो अन्तर्निहित ऊर्जा, रचनात्मकता, भावना, आवाज र सरोकार व्यक्तगर्न प्रोत्साहित गरेर सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो कार्यशालाको उदघाटन गर्दै प्लान इन्टरनेशनल नेपालकी युवा अभियान कार्यक्रम विशेषज्ञ लक्ष्मी चौधरीले यस्ता कार्यशालाहरुबाट बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई उजागर गर्न मद्दत मिल्ने बताउनुभयो ।
बाँके युनेस्को क्ल...
समाचारदाता
नेपालगन्ज, १ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो ।
शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताउनुभयो ।
उहाँका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो ।
यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर...