समाचारदाता
नेपालगन्ज, ११ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।
गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजु कुमार गुप्ता संग फोनका कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीको सरुवा रोक्न अनुरोध गर्नु भएको हो ।
नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा ९पदस्थापन० गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको भन्दै गाँउपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरत मणि सुबेदी संग अनुरोध गर्नु भएको छ ।
नरैनापुरका अध्यक्ष शाहले भन्नुभयो,‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले साम...
समाचारदाता
नेपालगन्ज, मंसिर ११ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ ।
बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल संस्था प्लान इन्टरनेशनलले सञ्चालन गरेको गल्र्स टेक ओभर अभियान अन्तर्गत कामनाले मन्त्रीको भूमिका निर्वाह गर्नु भएको हो ।
उक्त अवसरमा किशोरी मन्त्रीले बालबालिका र किशोरीहरु माथिहुने सबै खालको हिंसाको अन्त्य हुनुपर्ने माग गर्नुभयो । मन्त्रि बने पछी उहाँले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजनाबारे जानकारी लिनुभयो ।
शिक्षा, स्वास्थ्य र सामाजीक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयद्धारा भए गरेका कामहरु र आगामी योजनाबारे जानकारी दिनु भएक...
डुडुवामा आयोजित शिविरमा ३५७ जनाले स्वास्थ्य परीक्षण गराए, ५१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण
सिराज खान
नेपालगन्ज, मंसिर ११ गते । पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बनेको नेपालगन्ज उपमहानगरपालिकाको छेउमै रहेको डुडुवा गाउँपालिकामा आयोजित एक स्वास्थ्य शिविरमा मधेशी र मुस्लिम महिलाहरु ठुलो संख्यामा उपचारका लागि पुगेका छन् ।
नेपालगन्जबाट करिब ७ किलोमिटरको मात्र दुरीमा रहेको डुडुवा ६ हिरमिनियामा रहेको स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य निशुल्क शिविरमा थामिनसक्नु गरि स्थानीय महिलाहरु उपचारका लागि पुग्नुभयो ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको सो वडा र वरिपरिका वडाबाट धेरै ठुलो संख्यामा महिलाहरु शिविरमा आएर वरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउनु भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
उहाँले सोचे भन्दा धेर...
समाचारदाता
नेपालगन्ज, कात्तिक २६ । बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न भएको छ ।
बर्दिया, भुरीगाउँमा सफलतापूर्वक सम्पन्न भएको सो तालिममा २५ जना १८ देखि २४ वर्ष उमेर समूहका युवतीहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको मुख्य उद्देश्य युवतीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तन जस्ता नकारात्मक प्रभावहरूको बारेमा ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार प्रशिक्षकहरूले समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू बारे र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्वका बारेमा बिस्तृत रुपमा जानकारी ...
सिराज खान
नेपालगन्ज, कात्तिक ११ गते । नेपाल भारत नाकामा खटिएको सशस्त्र प्रहरी बलले बाँके र बर्दियाका नाकामा रहेका स्थानीय तहका वडा अध्यक्षहरूसँग सीमा सुरक्षा को बिषयमा अन्तरक्रिया र छलफल गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नेपालगन्जस्थित आइसीपिमा सो कार्यक्रम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बाँके र बर्दियाका सीमानामा पर्ने वडाहरुका वडा अध्यक्षहरूसँग सीमा इलाकाहरूमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरी पैठारी, मानव बेचबिखन, अपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले जनतासंग सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो ।
सो छलफलमा बिन्ध्याबासिनी बा...
समाचारदाता
नेपालगन्ज, कात्तिक १० । बाँके युनेस्को क्लबलले बर्दियाको गुलरियामा सञ्चालन गरेको जलवायु संकट, विपद् जोखिम व्यवस्थापन, सरसफाई स्वच्छता र मानवीय सहायतासम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित बालिका शसक्त परियोजनाअन्तर्गत सो तालिमको आयोजना गरिएको थियो ।
किशोरी क्लब र युवा क्लबका सदस्यहरूलाई विपदबाट हुने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न सावधानीका उपायहरू अवलम्बन गर्न र जोखिममा परेका समुदायलाई सचेत गराउनुका साथै जलवायुको संकटलाई कम गर्न समुदाय स्तरमा अभियान संचालनमा महत्वपूर्ण ज्ञान प्रदान गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन गरिएको सो तालिममा जम्मा २७ जनाको सहभागीता रहेको थियो । तालिमका सहजकर्ता हरि सुबेदीले...
समाचारदाता
नेपालगन्ज, कात्तिक ९ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत बर्दियाको गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजय कुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नु पर्ने कुरा महत्वपूर्ण भएको बताउनु भयो ।
उहाँले लैङ्गिक रूपान्तरण शिक्षाको नीति निर्माणमा कार्य गर्ने कुरालाई जोड दिनु पर्ने बताउनु भयो । पूर्व मन्त्री गौतमले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै काम भएको बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद साखाका प्राबिधिक सहायक चन्द्र बहादुर खत्री...
समाचारदाता
नेपालगन्ज, कात्तिक ९ गते । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम बर्दियाको गुलरियामा सुरु भएको छ ।
क्लब र जनसेवा केन्द्रले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
शिक्षामा सूचना प्रबिधिलाइ जोड दिदै शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै बिद्यार्थीको सिकाई उपलब्धि बृद्धि गर्ने उदेश्यका साथ संचालन गरिएको सो तालिममा बर्दियाका सात पालिकाका ३० जना शिक्षकको सहभागिता रहेको छ ।
बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य भाबुक जंग थापाको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रको कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले गर्नुभएको थियो भने सहभागीलाई स्वागत मन्तब्य राधा कृष्ण ...
समाचारदाता
नेपालगन्ज, कात्तिक ८ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमी परियोजनाअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै बर्दियाका संघीय सांसद जाबेदा खातुनले वातावरण संरक्षणसंगसंगै आय आर्जनमा समेत युवा महिलालाई सहभागि गराउन सञ्चालन गरिएको परियोजना अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले फोहोर व्यवस्थापन गरेर फोहरबाट मोहर बनाई आय आजर्न समेत गराउने उदेश्यले सञ्चालित यो तालिममा सहभागि युवा महिलाले फोहोर व्यवस्थापन गर्दै आयआर्जन र रोजगारी समेत पाउने बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा क्लबका प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत राधेकृष्...
समाचारदाता
नेपालगन्ज, कात्तिक ६ । नेपालगन्ज उपमहानगरको फोहर व्यवस्थापनमा नगरवासीको ध्यानाकर्षण गराउने उदेश्यले मंगलवार यहाँ एक बृहत्त जनचेतना र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सरसफाई सम्बन्धि जनचेतना फैलाउने विभिन्न प्लेकार्ड बोकेर नगरपरिक्रमा गरेको सो र्यालीमा स्थानीय सरकारका प्रतिनिधिहरु, सरसफाईकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि, बिद्यार्थि, स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत नेपालगन्ज उपमहानगरसंगको सहकार्यमा सो र्याली र अन्तरक्रिया आयोजना गरिएका होे ।
स्थानीय सेतु विक चोकबाट शुरु भएको र्यालीले आफ्नो सहर र क्षेत्र सफा राख्न तथा सरसफाईमा सहयोग गरेर सभ्य नागरि...