सिराज खान
नेपालगन्ज, माघ २ गते । भारतबाट हुने चोरी तस्करी लगायत विभिन्न अवैध गतिविधि नियन्त्रणका लागि सीमानामा खटिएको सशस्त्र प्रहरीले निरन्तर चोरी तस्करीका सामान बरामद गरेर नियन्त्रण अभियानलाई जारी राखेको छ ।
दैनिकजसो भारतबाट अवैध रुपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके र मातहतका युनिटहरुले पछिल्लो पटक फेरी २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक महेन्द्र भारतीले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरीको बागेश्वरी गण र मातहतका युनिटहरुद्वारा बाँके जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाइकल सहित मोटरसाईकल पार्टस, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडी सहित अवैध कुखुराहरु गरी २० लाख भन्दा ब...
समाचारदाता
नेपालगन्ज, पुस २८ । शुभ सन्देश सभा नेटवर्क नेपाल ( ज्ञान नेपाल ) ले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा गरेका कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गरेर विभिन्न पक्षसंग सुझाव सल्लाह लिएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा डेढ वर्ष भन्दा बढी समयमा गरेका कार्यक्रम र गतिविधि सार्वजनिक गर्दै सुझाव संकलन गरेको हो ।
नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत तिलक नेपालीले सो अवसरमा बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार ७७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको जनाउँदै चालु आर्थिक बर्षको पुुससम्ममा ६६७ जनालाई सुचना त...
समाचारदाता
नेपालगन्ज, पुस २५ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि विपन्न, एकल र उत्पिडित महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ ।
दलित, मधेसी, मुस्लिम, जनजाति लगायतका अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो ।
तालिममा २३ जना अति विपन्न, एकल महिला र सामाजिक रुपमा उत्पिडित महिलाहरुको सहभागिता रहेको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहभागिहरुलाई म...
सिराज खान
नेपालगन्ज, पुस १८ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको माओवादी बिशेष रुपान्तरण अभियानको बाँकेमा समिक्षा गरिएको छ ।
चार महिनासम्म सञ्चालन गरिएको सो अभियानबाट प्राप्त भएका उपलब्धी र गुनासासहित कमी कमजोरीका बारेमा बिस्तृत समिक्षा गरिएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनुभयो ।
उहाँले अभियानका संयोजक, माओवादी केन्द्रका नेताहरु लगायत जिल्लाका विभिन्न तहका जिम्मेवार नेताहरुको सहभागिता रहेको सो समिक्षा कार्यक्रममा पालिकाका प्रमुखहरु लगायत जनवर्गिय संगठनका प्रमुखहरुले रिपोर्टिंग गर्नु भएको र सोही आधारमा समिक्षा गरिएको बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले यो अभियानबाट जिल्लाका समस्या र समाधान बारे नयाँ संश्लेषण भएको बताउनुभयो ।
उहाँले चार महिनासम्म ...
समाचारदाता
नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिंदै आएको बताउनुभयो ।
उहाँले यो कार्यक्रम प्रायोजन कार्यक्रम रहेको जनाउँदै गत पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यिालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले सो प्रायोजन शैक्षिक सहयोग पाईरहेको बताउनुभयो ।
प्रायोजन सहयोग पाउनेहरुमा १०० जना बालक र ६९ जना बालिका रहेको र उनिहरु सामुदायीक, निजि र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको अध्यक्ष तुलाधरले...
समाचारदाता
नेपालगन्ज, पुस १६ । १३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाईएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्ने गरि वडा नम्बर ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नु भएको हो ।
मलिकले वडा प्रहरी कार्यालयका केही प्रहरीहरुलाई टोपी लगाउनुका साथै बाँकी सबैलाई पुग्ने गरि वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरि बहादुर विसीलाई ढाका टोपी हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा उहाँले अधिकांशले अंग्रेजी नयाँ वर्ष मनाएको तर आफ्नै मौलिकता बोकेको राष्ट्रियता झल्काउने टोपी दिवसका बारेमा धेरैलाई थाहा नभएको पाएको जनाउँदै सबैलाई जानकारीका लागि केही सर्वसाधारण लगायत प्रहरीलाई टोपी वितरण गरिएको बताउनुभयो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक बिसीले राष्टिय टोपी दिवस बारे सचेत...
परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस १४ । एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीन वटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।
कार्यक्रममा सहभागि नेपालगन्ज उपमहानगर, डुडुवा र खजुरा गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेकोले यसलाई जिल्ला भरि विस्तार गर्नुपर्ने माग गरेका थिए ।
परियोजनाले सानो अवधीमा सरसफाईकर्मी र किसानको पेशागत सुरक्षा र स्वास्थ्यमा विशेष योगदान गरेकोले यस्ता परियोजना हरेक पालिकामा आवश्यक रहेको सहभागि सबेकौ भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले नेपालगन्जका ...
समाचारदाता
नेपालगन्ज, पुस १४ । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको प्रमुख मिसन समाजवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेद्धारा शनिवार यहाँस्थित त्रिभुवन चोकमा आयोजना गरिएको मधेसी, मुस्लिम र थारु मुक्ति मोर्चाको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले सो बताउनुभयो ।
पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहाुसचव शर्माले माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन, समृद्धि र देशको विकास रहेको जनाउँदै सो लक्ष्य प्राप्तीका लागि पार्टीलाई सशक्त र बलियो बनाउने उदेश्यले नै रुपान्तरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले माओवादी केन्द्रले देशका ६ हजार ७४३ वटा वडामा सञ्चालन गरेको जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने विशेष रुपान्तरण अभियानले जनतामा माओवादीप्रति फेरी पनि आशा जगाएको र कार्यकर्तामा उत्साह थपेको बताउन...
समाचारदाता
नेपालगन्ज, पुस १३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा हुने कार्यक्रमलाई सम्बोधन गर्नु हुने भएको छ ।
पुस १४ गते शनिबार नेपालगन्जको त्रिभुवन चोकस्थित पूर्व लाईनमा आयोजना गरिने कार्यक्रमलाई उपमहासचिव शर्माले सम्बोधन गर्ने माओवादी बाँकेका सचिब डिल्ली बरालले जानकारी दिनुभयो । मुस्लिम मुक्ति मोर्चा, थारु मुक्ति मोर्चा तथा मधेसी मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाको उदघाटन कार्यक्रमलाई नेता शर्मासहित अन्य केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्ने सचिब बरालले बताउनुभयो ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा उक्त कार्यक्रमको आयोजना गरिएको माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डेले जनाउनु भएको छ ।
उहाँले माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत जिल्लाका आठवटै पालिकामा विभिन्न अभिय...
सिराज खान
नेपालगन्ज, पुस १२ । पछिल्लो समयमा श्रोताहरुद्धारा निकै रुचाइएका चर्चित गायक प्रकाश दूतराज नेपालगन्जमा गुन्जिने भएका छन् ।
चारतारे होटल सिद्धार्थ भ्यु मा अंग्रेजी वर्ष २०२४ को स्वागतार्थ आयोजना गरिने ‘न्यू इअर इभ’ मा गायक दूतराज गुन्जिने छन्् । उहाँका ‘रिमै’, ‘चोली मैलो भो’, ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘लाहुर जाने रेलैमा’ लगायत गितहरु निकै चर्चामा रहेका छन् ।
सिद्धार्थ ग्रुप अफ हष्पिटालिटीका निर्देशक केशव न्यौपानेले प्रकाशले हालैमात्र मध्यपश्चिमको परिरवेशलाई समेटेर ल्याएको नयाँ गीत ‘रिमै’ लाई यस क्षेत्रका स्रोता–दर्शकले अत्यधिक रुचाएका कारण ‘न्यू इअर इभ’ मा उहाँलाई ल्याउन लागेको बताउनुभयो ।
उहाँले एक दशक यता नेपालगन्जमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित अंग्रेजी नयाँ बर्ष र नेपाली विक्रम सम्बतलाई स्वागत गर्न न्यु इअर इभ कार्यक्रमको आयोजना गर्दै आएको जनाउँदै यस वर्ष ६ ...