समाचारदाता
नेपालगन्ज, १ भदौ । बाँके युनेस्को क्लबद्धारा नेपालगन्जमा विपन्न, एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।
कतार च्यारिटीको साझेदारीमा बाँके युनेस्को क्लबले शुक्रवारदेखी सो तालिम यहाँ सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले संयुक्त रुपमा सो तालिमको उदघाटन एक समारोहका विच गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य केसीले यस्तो सिपमुलक तालिमबाट विपन्न, एकल र असहाय महिलाहरुलाई जिवीकोपार्जन गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।
उहाँले यस्ता तालिमहरु सहभागीहरुको बाच्ने आधार समेत हुन सक्ने भन्दै यसको सदुपयोग गर्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै स्थानियस्तरमा समुदायकालागि विभिन्न कामहरु गरेकोमा केसीले बाँके युनेस्कोको प्रशंसा पनि गर्नुभयो ।
तीन महिनासम्म संचालन हुने सो ता...
गठबन्धन बलियो हुनुका साथै अधिकांश व्यवसायिको समर्थन समावेशीलाई
सिराज खान
नेपालगन्ज, साउन ३१ । ‘उद्योगी, व्यवसायीको एकता, समावेशी प्यानलको पहिचान ” भन्ने मुल नाराका साथ १७ बुँदे प्रतिवद्धता र साच्चिकै समावेशी टीम बनाएर सबैभन्दा ठुलो गठबन्धनका साथ नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि प्रचार प्रसारमा होमिएको समावेशी प्यानलको जित सुनिश्चित रहेको अधिकांश व्यवसायिले बताएका छन् ।
चर्चित व्यवसायि टंक धामीको नेतृत्वमा बलियो प्यानलसहित निर्वाचनमा होमिएको समावेशी प्यानललाई संघमा उत्कृष्ठ नेतृत्व गरेका तीन जना पुर्व अध्यक्षहरु कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरीको सहयोग र समर्थन रहेकोले सो प्यानलको जित सुनिश्चित देखिएको हो । उद्योगी व्यवसायिका डायनामिक लिडरहरु श्रेष्ठ, वैश्य र मन्सुरी तीनैजना पहिलो पटक एकै प्लेटफर्ममा उभिनु भएकोले पनि सो प्यानल अर्को ...
समाचारदाता
नेपालगन्ज, साउन ३० गते । बाँके कारगारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगन्ज उच्च बार एसोसियसनद्धारा कारगारमा सोमवार कैदीबन्दीका लागि निशुल्क आँखा शिविर सञ्चालन गरियो । फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमेर सादिकले कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निशुल्क औषधी वितरण गरिएको जनाउँदै अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताउनुभयो ।
उहाँले कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसंगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तिव्र गतिमा फैलिएको बताउनुभयो ।
जिल्ला अदालत बाँकेका न्यायधिश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधी हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गर...
सिराज खान
नेपालगन्ज, साउन २६ गते । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
संघर्ष समितिका केन्द्रीय सदस्य संजय सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन लगायतका १४ बुंदे मागसहितको ज्ञापनपत्र पठाईएको बताउनुभयो ।
संघर्ष समितिका केन्द्रीय सदस्य सिंह र चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जका संयोजक नन्दिता रिजालले सो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी आचार्यलाई बुझाउनुभयो ।
ज्ञापनपत्रमा ऐनले तोकेको दुई वर्षभित्र अस्पताल निर्माणको समयसिमा बढाएर पाँच वर्ष पुराउनु पर्ने, आयोग र सिटिईभिटिको कारण बन्द भएका कलेजमा तत्काल विद्यार्थी भर्नाको व्यवस्था मिलाउनु पर्नेलगायतका विभिन्न १४ बुँदे माग अघि सार्दै धर्ना, तथा प्रर्दशन समेतका क...
समाचारदाता
नेपालगन्ज, साउन २६ । बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुकोलागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ ।
सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो ।
उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरतन, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु रहेको जनाईएको छ ।
सोही पकारले व्यवसायको व्यवसायिक योजनाको पुनराओलकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु तालिमको उदेश्य रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछ...
अधिकांश उद्योगी व्यवसायीको समर्थन हामीलाई छ–टंक धामी
सिराज खान
नेपालगन्ज, साउन २४ । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि टंक धामीको नेतृत्वमा निर्वाचनमा होमिएको समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।
सो प्यानलका सबै प्रतिबद्धता स बाट सुरु भएका छन् । सार्वजनिक गरिएका प्रतिवद्धता पुरा गर्ने योजनाका साथ प्यानलले व्यवसायीहरुको दैलोमा पुगेर सहयोग समर्थन माग्ने काम गरिरहेको छ ।
समावेशी प्यानलले अघि चुनावी एजेण्डा बनाएका १७ वटा प्रतिवद्धताहरुमा सशक्त उद्योग वाणिज्य संघ, स्वस्थ व्यवसायी योजना, समानान्तर संस्थालाई निरुत्साहीत गर्ने, सद्भावमा नेतृत्वदायी भूमिका, सरलीकृत एकद्वार कर प्रणाली, सभागृह र प्रदर्शनी स्थल निर्माण, समृद्ध आर्थिक क्षेत्र ः लगानी सम्मेलन, सुधार जडिबुटी व्यवसायमा, सुरु गरौं ः नेपालगञ्ज –दिल्ली उडान,...
समाचारदाता
नेपालगन्ज, साउन २३ । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले आफुले बाँकेमा माओवादी केन्द्रलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य र उदेश्यका साथ काम शुरु गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो – बाँके जिल्लामा माओवादी केन्द्रलाई सबैभन्दा ठुलो दल बनाउने मेरो मुख्य लक्ष्य रहेको छ । सोही उदेश्यका साथ पार्टीलाई नयाँ तरिकाले रुपान्तरण गर्दै अगाडी बढ्नेछु ।
प्रेस सेन्टर बाँकेको आयोजनामा सेन्टरका केन्द्रिय र प्रदेशसमितका पदाधिकारी र सदस्य लगायत जिल्ला कार्यसमिति र पालिका समितिका पदाधिकारी सम्मिलित मंगलवार भएको बैठकमा बोल्दै संयोजक पाण्डेले माओवादी केन्द्र बाँकेमा अब कुनै पनि गुट उपगुट नभएको र हुन नदिने दावी गर्दै सबैले एक ढिक्का भएर पार्टीको सिद्धान्त र विधान अनुसार काम गर्ने बताउनुभयो ।
उहाँले हिजोका दिनमा के के भयो र के के भएन त्यसलाई थाति राखेर अब सबैले मिलेर मा...
समाचारदाता
नेपालगन्ज, साउन २२ । बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ ।
सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो ।
युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।
बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उदेश्य रहेको बता...
सरकारसंग ४०० जना जनशक्ति माग गरेका छौं–अस्पताल प्रमुख
सिराज खान
नेपालगञ्ज, साउन २१ गते । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीहरुको उपचार गरिरहेको छ । यति धेरै क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र हुनुहुन्छ । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन ।
काज र करारामा रहनु भएका चिकित्सक र कर्मचारीहरु पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईले दैनिक २०० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताउनुभयो ।
उहाँले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफुले सं...
नेपालगन्जमा होटल र रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो
समाचारदाता
नेपालगन्ज, साउन १ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राईले सोमवार नेपालगन्जमा सञ्चालनमा आएको एक रेष्टुरेन्टको उद्घाटन गर्नु भएको छ ।
नेपालगन्ज आदर्शनगरस्थित सुर्खेतरोडको होटल स्नेहा र मल्टिप्लेक्स सिनेमा सिने रोयलको ठीक सामुन्ने सञ्चालनमा ल्याईएको ख्वाजा फुड सेन्टर ( केएफसी ) को पुर्वमन्त्री राई र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
विशेष गरि सिनेमा हेर्न आउने तथा होटल र क्यासिनो लगायतमा आउने भारतीय पर्यटकलाई लक्षित गरेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याईएपनि विशेष स्वाद पस्किने भएकोले नेपालगन्जका स्वादका पारखीहरुको पनि त्यहाँ राम्रो उपस्थिति हुने विश्वास गरिएको छ ।
रेष्टुरेन्ट उदघाटनको अवसरमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्द...