नेपालगञ्जमा धान खरिद निकै सुस्त, २० दिनमा १६० किसानको मात्र धान खरिद
सिराज खान
नेपालगञ्ज, पुस २६ गते । बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ ।
एक दिनमा दस जना किसानबाट जनही ३० क्विन्टलको दरले धान खरिद सुरु गरेको सो कार्यालयले २० दिनमा मात्र चार हजार ५०० क्विन्टल धान खरिद गरेको जनाएको छ ।
जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर यही पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरेकोमा हालसम्म १६० जना किसानबाट चार हजार ५०० क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।
उहाँले पालिकामा रहेको कृषि शाखाले गरेको सिफारिसका आधारमा धान खरिद गरिरहेको जनाउँदै वास्तविक किसानको मात्रै धान खरिद गरिएको बताउनुभयो ।
धान विक्रीका लागि आउनुभएका खजुरा ५ का किसान केदार अहिरले कृषि शाखाबाट सिफारिस लिएर ३० क्विन्टल मात्र धान लिएको...









