७ माघ २०८२, मंगलवार

मुख्य समाचार

बाढी र डुबानबाट बाँकेमा धानबालीमा ठुलो क्षति

बाढी र डुबानबाट बाँकेमा धानबालीमा ठुलो क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
राष्टिय समाचार समिति नेपालगञ्ज, असोज २६ । सात दिनसम्म निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा १ हजार ६ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए । त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डु...
मुस्लिम नेता खालीद ईराकी बने प्रतिनिधिसभाको समानुपातिकमा राप्रपा नेपालको मुस्लिम कलस्टरको पहिलो उम्मेदवार

मुस्लिम नेता खालीद ईराकी बने प्रतिनिधिसभाको समानुपातिकमा राप्रपा नेपालको मुस्लिम कलस्टरको पहिलो उम्मेदवार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असोज २६ । बाँके जिल्लाका मुस्लिम नेता खालीद ईकबाल ईराकीलाई राप्रपा नेपालले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको पहिलो नम्बरको उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रिय सदस्य तथा मुस्लिम विभागका प्रमुख समेत रहनुभएका नेता ईराकीलाई मुस्लिम कलस्टरबाट पहिलो नम्बरको उम्मेदवार बनाएपछि उहाँको सांसद निर्वाचित हुने संभावना प्रवल देखिएको छ । पार्टीले उम्मेदवार बनाएपछि पार्टी अध्यक्ष कमल थापालाई धन्वाद दिंदै नेता ईराकीले राप्रपा नेपालले मुस्लिम समुदायलाई सधैं उच्च मान सम्मान दिएको र सबै धर्मको सम्मान गर्दै आएको बताउनुभयो । उहाँले राप्रपा नेपाललाई मतदान गरेर आफुलाई विजयी बनाउन सहयोग गर्न पनि सम्पुर्ण मुस्लिम मतदाता लगायत सबै मतदातासंग अनुरोध गर्नु भएको छ । सामाजिक कार्यमा सक्रिय भएर सधैं जनताको सेवा गर्न रुचाउने ईराकी जनतामाझ लोकप्रिय हुनुहन्छ । राष्टिय मुस्लिम आयो...
पोखरामा  नवौं राष्टिय खेलकुदको सबै तयारी पुरा, शुक्रवार भव्य उदघाटन हुने

पोखरामा नवौं राष्टिय खेलकुदको सबै तयारी पुरा, शुक्रवार भव्य उदघाटन हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, असोज २६ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको नवौं राष्टिय खेलकुद प्रतियोगिता प्रचार प्रसार उपसमितिले जनाएको छ । प्रचार प्रसार उपसमितिका संयोजक तथा राखेपका सदस्य दिपेन्द्र विष्टका अनुसार प्रतियोगितामको तयारी पुरा भएको छ भने उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नेछन् । प्रतियोगिताको उदघाटन शुक्रबार हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् । प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादु...
दिनदिनै शक्तिशाली बन्दैछन् मन्त्री राई, जसपा प्रवेश गर्ने बढे, काँग्रेसको उम्मेदवारीले धवललाई झट्का

दिनदिनै शक्तिशाली बन्दैछन् मन्त्री राई, जसपा प्रवेश गर्ने बढे, काँग्रेसको उम्मेदवारीले धवललाई झट्का

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, असोज २६ । मंसिर ४ गते हुने संघीय सांसद र प्रदेश सभाको निर्वाचनका लागि विभिन्न गठबन्धन र दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा उम्मेदवारी दर्ता गराउने क्रममा केही क्षेत्रमा ठुला उलटफेर भएका छन् भने केही क्षेत्रमा उम्मेदवारी नपाएपछि बागी र दल छोडेर स्वतन्त्र उम्मेदवार बन्नेहरु पनि धेरै देखिएका छन् । बाँके जिल्लामा दुई जना संघयि मन्त्री र एकजना प्रदेशमन्त्रीसहित राप्रपाका महामन्त्री तथा काँग्रेसका सहमहामन्त्री पनि उम्मेदवार भएकोले यहाँको निर्वाचनलाई देशभरिनै सर्वाधिक चासोका रुपमा हेरिन थालिएको छ । त्यसमा पनि सबैभन्दा बढी चर्चा र चासो बाँके क्षेत्र नम्बर २ को छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा तीन पटकका मन्त्री र दुई पटकका सांसद मोहम्मद ईश्तियाक राई मैदानमा रहनुभएकाले उक्त क्षेत्र हट सिट बनेको छ । राईका विरुद्ध राप्रपाका महामन...
मोतियाविन्दु भएका नेपालगञ्जका सबैको निशुल्क शल्यक्रिया गरिने

मोतियाविन्दु भएका नेपालगञ्जका सबैको निशुल्क शल्यक्रिया गरिने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, असोज २५ । नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगर भित्र बसोबास गर्ने मोतियाविन्दु भएका सबै नागरिकको निशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । सो का लागि पहिलो चरणमा उपमहानगरका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा मोतियाविन्दु छनोट शिविरको आयोजना गर्ने निर्णय गरेर यही असोज २७ गतेबाट शिविर आयोजना गरिने नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । उहाँले स्थानीय निर्वाचनको बेला जनता समाजवादी पार्टीले तयार गरेको घोषणा पत्रमा उपमहानगरका सबै नागरिकको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गराइने भनि प्रतिवद्धता गरिएकोमा सोही पुरा गर्न यो कार्यक्रम ल्याईएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका उपमहानगरभित्रका विपन्न नागरिकले आर्थिक अभावले मोतियाविन्दुको अपरेशन गराउन नसकि समस्यामा परेकोले उनिहरुलाई सहजताका लागि सबैको निशुल्क अपरेशन गराइने बताउनुभयो ।...
बाँके युनेस्कोद्धारा बर्दिया र बाँकेका बाढीपिडितलाई सय थान त्रिपाल प्रदान

बाँके युनेस्कोद्धारा बर्दिया र बाँकेका बाढीपिडितलाई सय थान त्रिपाल प्रदान

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असोज २४ । बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत सय थान ठुला त्रिपाल प्रदान गरेको छ । क्लबले बाँकेमा कतार च्यारिटीको आर्थिक सहयोग र बर्दियामा प्लान नेपालको समन्वयमा विपद व्यवस्थापन समितिलाई ५०–५० थान ठुला त्रिपाल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । गत बुुधवारदेखि भैरहेको अविरल बर्षाका कारण आएको बाढीबाट बाँके र बर्दियाका हजारौं बासिन्दा प्रभावित भै सयौं विस्थापित भएकोले उनिहरुलाई सहज होस भन्ने उदेशयले त्रिपाल उपलब्ध गराईएको क्लबले जनाएको छ । उक्त त्रिपाल बर्दियाका प्रमुख जिल्ला अधिकारी बंधु प्रसाद बास्तोलाई क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई क्लबका वित्तिय तथा प्रशासन प्रमुख वेद प्रसाद पंगाली र कार...
चट्यांग लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

चट्यांग लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, असोज २४ गते । चट्यांग लागेर गम्भीर घाइते हुनु भएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना बृद्धको उपचारका क्रममा सोमवार विहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतवार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ गाउँपालिका ३ बनखेतस्थित आफ्नो घरदेखि दुई किलोमिटर उत्तरतर्फ गोठालो जानु भएका ६८ वर्षिय कालिबन बस्नेत चट्यांग परि गम्भीर घाइते अवस्थामा भेटिनु भएको थियो । घाइते बस्नेतलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पुरयाईए पनि उहाँको अवस्थामा सुधार नआएपछि आइतवार साँझ साढे सात बजे नेपालगञ्ज नर्सिंंग होममा रेफर गरिएको थियो । नर्सिंग होममै उपचारका क्रममा सोमवार विहान साढे चार बजे बस्नेतको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो । आइतवार भिषण बर्षा भैरहेको बेला जिल्लाका धेरै खुला ठाउँमा चट्य...
बाढीले बगाउँदा रुखमा अड्किएका दुई युवकको सात घण्टापछि उद्धार

बाढीले बगाउँदा रुखमा अड्किएका दुई युवकको सात घण्टापछि उद्धार

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असोज २४ गते । बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार बिहान सुरक्षाकर्मीहरुद्धारा उद्धार गरिएको छ । खजुरा गाउँपालिका २ के गाउँस्थित किरणनाला पार गर्न खोज्दा खोलामा आएको बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर ज्यान जोगाएका दुई जनाको ७ घण्टापछि उद्धार गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार भारतको केरलाबाट फर्किएका खजुरा २ का तेजबहादुर रोकाया र बारबर्दिया नगरपालिका बर्दियाका जनक चौधरीले सोमबार बिहान २ बजे खोला पार गर्न खोज्दा बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर जोगिएका थिए । उनीहरुको बारेमा जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा दुबैजनाको बिहान ९ बजे सकुशल उद्धार गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो । भारतबाट फर्किएका उनी...
युवा तथा खेलकुद मन्त्री गहतराजद्धारा बाँके १ बाट उम्मेदवारी दर्ता

युवा तथा खेलकुद मन्त्री गहतराजद्धारा बाँके १ बाट उम्मेदवारी दर्ता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी पाउनु भएका मन्त्री गहतराजले बाँके क्षेत्र नम्बर १ को अगैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनका अन्य उम्मेदवार सहित उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँले २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट नेकपाको उम्मेदवार बनेर विजयी हुनुभएको थियो । गठबन्धनको सरकार बनेपछि उहाँलाई माओवादी केन्द्रले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गराएको थियो । प्रतिकुल मौसमका वावजुद पनि उल्लेख्य संख्याका सत्ता गठबन्धनका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर मन्त्री गहतराजसंगै प्रदेश सभाबाट सत्तागठबन्धनकै उम्म्ेदवार फुलराम थारु र कृष्णा केसी नमुनासंगै उम्मेदवारी दर्ता गराउनु भएको हो । थारुल...
पुर्वाधार मन्त्री राई र काँग्रेस सहमहामन्त्री राठौरद्धारा बाँकेबाट उम्मेदवारी दर्ता

पुर्वाधार मन्त्री राई र काँग्रेस सहमहामन्त्री राठौरद्धारा बाँकेबाट उम्मेदवारी दर्ता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले प्रतिनिधिसभाका लागि बाँकेबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । मन्त्री गहतराज र सहमहामन्त्री राठौरले सत्ता गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा र सहमहामन्त्री राठौरले वारेसनामा मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । प्रतिकुल मौसमका विच मन्त्री राई लगायतका उम्मेदवारले आ आफ्ना समर्थक र पार्टीका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँके क्षेत्र नम्बर ३ बाट सत्...