२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

अधिकारीको अध्यक्षतामा प्रेस सेन्टर खजुरा शाखा कमिटि पुनर्गठन

अधिकारीको अध्यक्षतामा प्रेस सेन्टर खजुरा शाखा कमिटि पुनर्गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, मंसिर २३ । प्रेस सेन्टर नेपालको खजुरा शाखा पुनर्गठन गरीएको छ । शुक्रबार प्रेस सेन्टर निकट पत्रकारहरुको भेलाले खजुरा गाँउपालिका स्तरीय कमिटि पुनर्गठन गरेको हो । हरिशरण अधिकारीको अध्यक्षतामा चयन गरीएको नयाँ कमिटीको उपाध्यक्षमा सीता ओली, सचिवमा पुरन परियार, सहसचिवमा अकतार खाँ र कोषाध्यक्षमा अमृता खवास चयन भएका छन । त्यसैगरी सदस्यहरुमा लोपजंग मल्ल र रेखा थापा चयन भएका छन । प्रेस सेन्टर बाँकेले जिल्लाका ८ वटै पालिकामा कमिटि बिस्तार गर्ने क्रममा यसअघि खजुरा गाँउपालिकास्तरीय तदर्थ समिति गठन गरेको थियो । उक्त समितिलाई पुर्णता दिने क्रममा शुक्रबार नयाँ कमिटि चयन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिएका छन । बाँकेमा पालिकास्तरीय कमिटि बिस्तार गर्ने प्रेस सेन्टर पहिलो संगठन हो । प्रेस सेन्टरले नेपालगञ्ज, खजुरा, कोहलपुर, राप्तीसोनारी र ड...
समाज कल्याण परिषदद्धारा बाँकेमा कतार च्यारिटिका कार्यक्रम अनुगमन

समाज कल्याण परिषदद्धारा बाँकेमा कतार च्यारिटिका कार्यक्रम अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, मंसिर २२ । समाज कल्याण परिषद्को एक टोलीले बाँकेका विभिन्न स्थानमा कतार च्यारेटिको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेका कार्यक्रमहरुको स्थलगत अनुगमन गरेको छ । समाज कल्याण परिषदका वरिष्ठ अधिकारी धनपति खरेलको नेतृत्वमा रहेको खानेपानी तथा सरसफाई मन्त्रालयका डिलमान शाक्यसहितको सो टोलीले जिल्लाको नरैनापुर, नेपालगञ्ज र खजुरामा पुगेर विभिन्न कार्यक्रमको अनुगमन गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । कतार च्यारिटि नेपालका निर्देशक इरशाद अली शेख, कार्यक्रम संयोजक केफास महर्जन र पत्रकारहरु समेत संलग्न परिषदको सो अनुगमन टोलीले सबैभन्दा पहिले नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य सेवा (पीएचसी) मा पुगेर कतार च्यारिटीले त्यहाँ दिएको स्वास्थ्य उपकरणको प्रयोग र त्यसको परिणाम बारे छलफल गर्नुका साथै अस्पतालको अनुगमन गरेको थियो । सो अवसरमा नरैनापुरको स...
बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १८ । शनिवार राप्ती नदीमा डुबेर बेपत्ता भएका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव आइतवार विहान भेटिएको छ । शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए । बेलुकासम्म पनि उनिहरुको खोजी गर्दा नभेटिएकोमा आइतवार विहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुबै युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुबै युवतीको शव प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दै जाँदा फेला पारेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक दुबै...
जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रदेश सांसद केसीको प्रतिवद्धता

जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रदेश सांसद केसीको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, मङ्सिर १८ गते । लुम्बिनी प्रदेशका ५२ वटा निर्वाचन क्षेत्र मध्ये १ निर्वाचन क्षेत्रमा मात्र महिला उम्मेदवार विजयी हुनुभएको छ । उहाँ हुनुहुन्छ, बाँके क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार माओवादीकी कृष्णा केसी नमुना । उहाँ प्रदेशभरिमै प्रत्यक्ष निर्वाचित हुने महिला हुनुका साथै बाँकेबाट दोहोरिने एक मात्र उम्मेदवार पनि बन्न सफल हुनुभयो । २०७४ सालमा पनि केसीले सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरेर प्रदेशमै एक मात्र महिला विजेता बन्ने किर्तिमान बनाउनु भएको हो । केसीले नौ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाउनुभयो । पाँच वर्षसम्म निरन्तर जनताको सेवामा खटिएको र निर्वाचन क्षेत्रको सडक तथा विद्युत समस्या समाधानमा विशेष पहल गरेकै कारण फे...
बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, मंसिर १७ गते । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन लागिएको हो । बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम प्रदान गरिने बताउनुभयो । महिलाहरुले सेक्युरिटीगार्ड, ड्राईभ...
बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी डेस्क नेपालगञ्ज, मंसिर १६ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उहाँले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताउनुभयो । समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने प्रहरी महानिरीक्षक सिंहको जोड छ । कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उहाँले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उहाँले बताउनुभयो ।...
कुनैपनि माईका लालले आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त गर्न सक्दैन–पुर्वमन्त्री राई

कुनैपनि माईका लालले आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त गर्न सक्दैन–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १६ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले कुनै पनि माईका लालले ओन्दोलनबाट प्राप्त उपलब्क्धीहरुलाई समाप्त गर्न नसक्ने बताउनुभएको छ । उहाँले नागरिकता लगायतका विषय र अन्य उपलब्धीलाई समाप्त गर्ने षडयन्त्र भैरहेको जनाउँदै त्यस्तो कुनै पनि हालतमा हुन नदिने बताउनुभयो । जनता समाजवादी पार्टी बाँकेले शुक्रवार डुडुवाको कम्दीमा आयोजना गरेको धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले मधेश आन्दोलन र अन्य आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र नागरिकता समस्या समाधानका लागि आफु सधैं जनताको साथमा र माझमा रहने बताउनुभयो । उहाँले थप्नुभयो–कसैले पनि संविधान र संविधानमा प्राप्त अधिकार समाप्त गर्ने षडयन्त्र गर्यो भने ईश्तियाक राईले कुनै पनि हालतमा त्यस्तो हुन दिनेछैन, चाहे त्यसका लागि जुनसुकै कदम किन चाल्न नपरोस । पुर्वमन्त्री राईले हालै स...
सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले भव्यतापुर्वक मनायो १६ औं बार्षिकोत्सव

सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले भव्यतापुर्वक मनायो १६ औं बार्षिकोत्सव

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगन्जपाटी समाचार नेपालगन्ज, मंसिर १६ । शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आफनो १६ औं बार्षिक उत्सव निकै भव्यताका साथ मनाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई शोफियाले यस बर्षदेखी फेरी निरन्तरता दिने क्रममा बार्षिकोत्सव मनाएको हो । स्कुलका संस्थापक प्रिन्सीपल के बी बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको भनी शुभकामना दिर्दै सोफियाले गरेको प्रगति हेर्दा निकै राम्रो लागेको बताउनुभयो । नेपालगंज उपमहानगरपालिकाका एजुकेशन डिपार्टमेन्ट अफिसर भीम बहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने थलोका रुपमा शोफिया स्कुल विकास हुन सकोस भन्ने शुभकामन...
बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, मंसिर १५ । बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो । बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको सो दुईदिने तालिममा क्लबको बोर्डका पदाधिकारी र सदस्य तथा बालसंरक्षण कार्यक्रम एवं पर्ल परियोजना अन्तर्गतका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यशालामा विभिन्न संरक्षण सम्बन्धी बिषय जस्तै सुरक्षा नीति, बालबालिकाको दृष्टिकोण, बाल दुव्र्यवहारको समस्या, व्यक्तिगत मूल्य र मनोवृत्ति लगायतका बारेमा गहन छलफल भएको र जानकारी गराईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्...
मानव बेचविखन रोक्न नेपाल र भारतविच सहकार्य र समन्वय गरिने

मानव बेचविखन रोक्न नेपाल र भारतविच सहकार्य र समन्वय गरिने

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १४ । यहाँस्थित नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघसंस्थाविच सहमति बनेको छ । प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकमा सो सहमति बनेको हो । मानव बेचखिनकाबिरुद्ध सक्रिय नेपाल–भारतका सुरक्षा अधिकारी र सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ काम गर्ने सहमति बनेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले दुबै देशका प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिविच मानवबेचविखन रोक्न सहकार्य र सहयोग आदान प्रदान गरेर...