२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, भदौ ४ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक तुफान, महिला नेतृ कस्मीरा खातुन सहित ४२ जनाले रक्तदान गरेको संघ कि सचिव इश्वरी रावतले बताउनुभयो । संघका अध्यक्ष मिना डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको अनेमसंघकी केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु प्रमुख अतिथि रहनु भएको थियो । जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्...
पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गर्नु भएको छ । दुबै आयोजनाको शिलान्यास मन्त्री राईले नेपालगञ्जको धम्बोझी चोक र राँझा चोकमा छुट्टा छुट्टै कार्यक्रममा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनिति गर्नेहरुसंग सावधान रहन बाँकेवासीलाई आग्रह गर्नुभयो । आफुले सधैं सबैको विकास र उन्नतीको राजनिति गरेको दावी गर्दै उहाँले सो बारेमा जो कोही संग पनि छलफल र बहस गर्न तयार रहेको बताउनुभयो । आफु दुई पटक बाँकेबाट सांसद भएको र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरु उल्लेख गर्दै उहाँले यदि ती काम राम्रा र जनताका लागि थिए भने आगामी निर्वाचनमा भोट दिन आग्रह गर्...
मन्त्री राई विहानदेखि बुलेकासम्म विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त, भ्याईनभ्याई

मन्त्री राई विहानदेखि बुलेकासम्म विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त, भ्याईनभ्याई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शुक्रवार विहान नेपालगञ्ज पुग्नुभयो । तेस्रो पटक मन्त्री बनेपछि दोस्रो पटक गृहनगर आउनु भएका उहाँलाई दिनभरि भ्याईनभ्याई रह्यो । जहाजबाट ओर्लिने वित्तिकै दर्जनौ कार्यकर्तासहित सिधै महेन्द्र पुस्तकालयको कार्यक्रमका लागि हिड्नु भएकोमा बागवान साइकलका सञ्चालक शरिफ बागवानले बाटोमै उहाँलाई छोप्नुभयो र चिया खुवाएर विदा गर्नुभयो । महेन्द्र पुस्तकालयको कार्यक्रम उद्घाटन गरेर जुमाको नमाजका लागि एकलैनी नजिकको जामा मस्जिद पुग्नु भएका मन्त्री राईसंग सयौं मानिसले त्यहाँ भेट गर्ने र आफ्नो कुरा राख्ने अवसर पाए । यो क्रम करिब २ घण्टा चल्यो । नमाजपछि मात्र आफ्नो घर पुगेपछि त्यहाँ पनि दर्जनौ शुभचिन्तक र कार्यकर्ताको भिड थियो । उनिहरुसंग पनि केही बेर उहाँले भलाकुसारी गर्नुभयो । धेरैको समस्या...
शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
महेन्द्र पुस्तकालयको अमृत महोत्सव भव्य रुपमा शुरु नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले यहाँ शालिकको राजनिति गरेर केहीले जनतालाई विकास निर्माणबाट बन्चित गराउन खोजेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो–सालिकनै बनाउने हो भने नेपालगञ्जको शिक्षा र स्वास्थ्यका लागि सबैभन्दा बढी योगदान गर्ने स्वर्गिय मंगल प्रसाद, फत्तेजंग शाह र औतार देईको सालिक बनाएर लगाउनुपर्छ । महेन्द्र पुस्तकालय ७५ वर्ष पुगेर ७६ औं वर्षमा लागेको अवसरमा मनाईएको अमृत महोत्सवको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री राईले आफु पनि कसैको सालिकको विरोधी नभएको जनाउँदै तर सर्वदलीय सहमति गरेर मात्र लगाउनु पर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले सालिककै कुरा गर्ने हो भने जसले बाँके र नेपालगञ्जको समग्र विकासको लागि बढी काम गरेको छ, जसले गर्दा जनतालाई धेरै ला...
गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

गुलरिया नगरपालिकामा प्लान नेपालको परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ ३ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नु भएको थियो । अतिथिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा रहनु भएको थियो । कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ वेद प्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल, कार्यक्रम संयोजक गोमा व...
व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ २ गते । नेपालगञ्ज उद्योग वाणिज्य संघले संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको अनुसन्धान गर्न स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी गरि प्रहरीले पक्राउ गरेका संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरिएको हो । धामीलाई २४ घण्टाभित्र रिहा गर्न र छानविन समिति बनाउन अल्टिमेटम दिंदै संघले त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । राजस्व अनुसन्धान कार्यालयबाट आएको टोलीले स्टक मिलानको बहाना बनाएर मष्टा लक्ष्मी ट्रेड लिंकमा छापा मारेर विभिन्न दुख दिएपछि व्यवसायीले बोलाउँदा त्यहाँ पुग्नु भएका संघका प्रवक्ता धामीले राजस्वका कर्मचारीलाई जोगाउन खो...
कबाडी मालसामान व्यवसायी संघ बाँकेद्धारा विरामीलाई फलफुल वितरण, अन्जनी माता रसोइलाई खाद्यान्न सहयोग

कबाडी मालसामान व्यवसायी संघ बाँकेद्धारा विरामीलाई फलफुल वितरण, अन्जनी माता रसोइलाई खाद्यान्न सहयोग

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौं २ । भेरी वातावरणीय विशिष्टता समुह बी ग्रुपले जीआइजेड नेपाल र एमडीएम फ्रान्सको सहकार्यमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्राविधिक र आर्थिक सहयोग गरि दर्ता गराएको कवाडी माल सामान ब्यवसायी संघ बाँकेले बिहिवार नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल बितरण गरेको छ । संघ दर्ता भएको उपलक्ष्यमा बाँकेमा रहेका सम्पूर्ण कवाड ब्यवसायीहरुले आर्थिक संकलन गरि अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन । अस्पतालमा रहेका करिब एकसय जना विरामीलाई फलफुल सहयोग गरिएको संघका अध्यक्ष मोहम्मद उमर कवाडीले जानकारी दिनुभयो । संघका लुम्विनी, कर्णाली तथा सुदुरपश्चिम संयोजक चन्दनकुमार शाहले संघ बिधिवत दर्ता भएको अवसर पारेर अस्पतालमा रहेका विरामीहरुलाई फलफुल सहयोग गरिएको बताउनुभयो । यसैगरी संघको पहलमा ब्यवसायी श्याम जायसवालले अस्पता...
कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, भदौ २ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ । क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित साना सिँचाइ सहयोग परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ६ वटा कृषक समुहलाई सिंचाईको लागि समरसेवल ट्युबवेल जडान गरेको हो । व्यावसायिक तरकारी खेती र अन्य बालीको उत्पादन बृद्धिका लागि कृषक समुहलाई सिंचाईका लागि सो ट्युबवेल प्रदान गरिएको कतार च्यारिटि नेपालका कार्यवाहक निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो । उहाँले सिंचाईको अभावमा व्यवसायीक तरकारी खेती गर्न चाहने विपन्न किसानलाई समस्या परेको देखेर यो सहयोग प्रदान गरिएको बताउनुभयो । यसैगरि कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले विपन्न कृषक र अन्य विपन्न परिवारका ल...
उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता तथा व्यवसायीअगुवा टंक बहादुर धामीलाई पक्राउ गरिएकोमा जिल्लाका सम्पुर्ण उद्योगी व्यवसायीहरुले घोर भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । धामीलाई विना शर्त तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत व्यवसायीहरुले दिएका छन् । उद्योग व्यवसायी संघ बाँकेले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धामीको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलका व्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट खटी आएको बाबुराम पन्थी नेतृत्वको टोलीले सुनियोजित तरिकाबाट पसल भित्र पसी व्यवसायीलाई कुनै जानकारी नदिइ एक्कासि जवरजस्ती छापा मारी ब्यापारीहरुलाई आतंकित गर्ने गरेको सो कार्यमा व्यवसायीलाई सहजीकरण गर्न पुग्नु भएका उद्योग व्यवसायी संघका केन्द्रिय प्रतिनिधि टंक बहादुर धा...
बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, भदौ १ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८÷०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने अतिथीको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने रह...