२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि सबैले मिलेर काम गर्ने प्रतिवद्धता

नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि सबैले मिलेर काम गर्ने प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ३१ । नेपालगञ्ज उपमहानगर लगायत वरिपरिको फोहोर व्यवस्थापनका लागि उपमहानगर, नागरिक समाज र अन्य सरोकारवाला सबैले मिलेर काम गर्ने प्रतिवद्धता जनाईएको छ । सबैले आ आफ्नो जिम्मेवारी समयमै पुरा गरेमा फोहर व्यवस्थापन सहज रुपमा गर्न सकिने र उपमहानगरलाई स्वच्छ र सफा राख्न सकिने समेत ठहर गरिएको छ । जीआइजेड र एमडीएम फ्रान्सको सहयोगमा बि ग्रुपले सञ्चालन गरेको फोहोरको ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान अन्तर्गत नेपालगञ्जमा गरिएको सचेतना र्याली पश्चात आयोजना गरिएको अन्तरक्रियामा सो प्रतिवद्धता जनाईएको हो । नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, सरसफाई शाखाका प्रमुख प्रकाश डिसी, सरसफाई अभियन्ता डा. विनोद कर्ण, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी लगायतको उपस्थ...
उपचारको क्रममा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि भेरी अस्पतालमा आफन्तद्धारा बबाल

उपचारको क्रममा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि भेरी अस्पतालमा आफन्तद्धारा बबाल

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ३१ । उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा बबाल गरेका छन् । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रजिया खातुन र उनका जुम्ल्याहा शिशुको उपचारकै क्रममा मृत्यु भएको हो । चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको थियो। ३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्यान जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए । उनिहरुले निकै बेरसम्म अस्पतालका प्रमुख डा. बद्री चापागाईसहितका चिकित्सक र स्वास्थ्यकर्मीलाई घेराउ गरेर उपचारमा लापरवाही गर्ने चिकित्सक झिकाउन माग गरेका थिए । विरामीको उपचार फाइल पनि राम्ररी मेन्टेन नगरिएको पाईएकोले लापरवाही हद...
नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ । नेपालगञ्ज र कोहलपुरका सडकमा अत्याधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपुर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको दुर्घटनाको जोखिम बढेका कारण आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले रत्नराजमार्गको जमहुनाहा कोहलपुर सडकखण्डको नेपालगञ्जस्थित गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो । यसका साथै जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रीट लाइटको अभाव देखिएकोले सो सडकमा दुबैतिर मुख फर्काईएका स्ट्रीट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले यसअघि उपमहानगरपालिका...
दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । बाँकेको कोहलपुर ६ सृजना चोक निवासी डिल्लीराम पोखरेल नेपालगञ्जबाट महेन्द्रनगरसम्म चल्ने बसको खलाशी हुनुहुन्थ्यो । बसमा खलाशीको काम गरेर उहाँको परिवारको गुजारा चल्ने गरेको थियो । तर २०६८ साल असोज २४ गते उहाँले नसोचेको घट्ना घट्यो । सो दिन महेन्द्रनगर नजिक उहाँले काम गर्ने बस पल्टिंदा बसमा सवार तीन जना यात्रीको मृत्यु भयो भने पाँच जना घाइते भए । गम्भीर घाइते भएकाहरु मध्ये एकजना पोखरेल पनि हुनुहुन्थ्यो । उहाँको दुबै खुट्टा च्यापिएर निकै चोट लागेको थियो । गम्भीर अवस्था भएकोले नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा रेफर गरियो । काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा दोस्रो दिननै पोखरेलको दायाँ खुट्टा काट्नु पर्यो । त्यसको ठीक एक वर्षपछि अर्को खुट्टाको घाउ पनि पाक्दै गएपछि सो खुट्टा पनि सोही अस्पतालमा काट्नु परेको पोखरेलले बताउनुभय...
कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखलाई बर्दिया युनेस्को संघले भव्य स्वागत र सम्मान गरेको छ । बर्दियाको राजापुर नगरपालिकाको मानपुर टपरामा आयोजना गरिएको एक बृहत्त कार्यक्रमकाविच संघले कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखलाई सो स्वागत सम्मान गरेको हो । बर्दियाको भ्रमणमा रहनुभएको बेला बाँके युनेस्को क्लबको टोलीसंगै राजापुरको मानपुर टपरा पुग्नु भएका कार्यवाहक निर्देशक शेषलाई फुलमालासहित भव्य स्वागत सम्मान गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर मायाको चिनो समेत प्रदान गरिएको थियो । बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरीले शेषलाई स्वागत सम्मान गर्दै थारु समुदायको पहिचान झल्काउने आकर्षक र सुन्दर ढकरीलाई मायाको चिनोको रुपमा प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले संघले गरेको स्वागत र सम्म...
कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ । च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो । कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु भएको थियो भने दोस्रो दिन र तेस्रो दिन बाँकेको नेपालगञ्ज, बैजनाथ, नरैनापुर, राप्तीसोनारी, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा पुगेर अनुगमन गर्नु भएको थियो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले दिनु भएको जानकारी अनुसार शेषसहितको क्लबको टोलीले बाँकेको बैजनाथ चिसापानीमा निर्मित शौचालय, राजापुरको बदालपुर स्वास्थ्य चौकीमा प्रदान ग...
जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २९ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई मन्त्री भएको २ महिना नपुग्दै उहाँको मन्त्रालयसंग सम्बद्ध विकास निर्माणका योजनाहरु बाँके जिल्लामा शुरु हुन थालेका छन् । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनुभएका मन्त्री राईको निर्देशनमा यसअघि साउन १५ गते नेपालगञ्जको पुष्पलाल चोकदेखि कम्दीस्थित सिधनिया घाटको राप्तीनदीको पुलसम्मको सडकलाई फराकिलो पार्ने योजनाको टेण्डर आह्वान गरिएको थियो । सोही प्रकारले मन्त्री राईकै निर्देशनमा आइतवार पनि बाँकेको जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिएको छ । त्यसका साथै महेन्द्रराजमार्गको किरननाला–बनकटवा सेक्सनको सडकलाई पनि अस्फाल्ट ओभरले गर्ने योजनाको समेत टेण्डर आइतवारनै आह्वान गरिएको छ । रत्नराजमार्गको ज...
प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो । प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे । त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाक...
कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा रहेका अपाङ्गता भएका विपन्नहरु व्यक्तिहरुलाई तीन पांग्रे साइकल वितरण गरेको छ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर, कोहलपर नगरपालिका र खजुरा, डुडुवा तथा राप्तीसोनारी गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिलाई हिडडुल र आवागमनमा सहज होस भन्ने उदेश्यले तीन पांग्रे साइकल वितरण गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले विभिन्न कारणले खुट्टा गुमाएर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकाहलाई सहजताका लागि सो तीन पांग्रे साइकल वितरण गरिएको बताउनुभयो । नेपालगञ्जमा आयोजित एक अनौपचारिक समारोहका विच अपाङ्गता भएका व्यक्तिलाई कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक स...
कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन २७ । कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ । कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो । शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको समीक्षा गर्न संक्षिप्त बैठकको आयोजना गरेर राम्रो शिक्षा, स्वास्थ्य, पोषण र खाद्य सुरक्षाको लागि गरिब समूहहरू, कमजोर समुदायहरू र जातीय अल्पसंख्यकहरूको दिगो जीविकोपार्जन बढाउने कुरामा छलफल गरेको थियो । बैठकपछि सो टोलीले कतार च्यारिटीको सहयोगमा सञ्चालित कुखुरा पालन, किराना, रेस्टुरेन्ट, पावर टिलर, खानेपानी र सिचाईका लागि गरिएको बोरिंगको स्थलगत अनुगमन गरेको...