१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

आकासे पुल, पर्यटन क्षेत्र, विश्वविद्यालय र औद्योगिक विकास प्राथमिकतामा छन् –नन्दलाल वैश्य

आकासे पुल, पर्यटन क्षेत्र, विश्वविद्यालय र औद्योगिक विकास प्राथमिकतामा छन् –नन्दलाल वैश्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २१ । नेपालगन्ज पश्चिम नेपालको एक ठूलो र ऐतिहासिक सहर हो । यहाँको विकासले सबै ठाउँमा असर गर्छ । यसका साथै यस सहरको आफ्नै विशेषता छ । यहाँ धार्मिक सदभावको उत्कृष्ट नमुना छ । यी कुरालाई ध्यानमा राखेर अब नेपालगन्जमा ठूला र रणनीतिक भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको सेवाको स्तरोन्नति गर्ने हो । अब नेपालगन्जमा ठूला पार्क, राम्रा पाठशालाहरु, आकासे पुल, पर्यटन विकास, विश्वविद्यालय, औद्योगिक विकासलाई हामीले प्राथमिकता दिने हो । यसका साथै नेपालगन्जको सामाजिक र धार्मिक सदभावलाई बढावा दिने हो । यस सहरलाई विविध धार्मिक उत्सवहरुको सहरका रुपमा विकास गर्ने हो । यहाँको पर्यटन र व्यावसायिक विकासका लागि काम गर्ने हो । स्वास्थ्य सेवाको सुधार गर्ने हो । सबभन्दा दुःखको कुरा हाम्रा युवाहरु बेरोजगार छन् । उनीहरुको रोजीरोटीको ग्यारेन्टीका लागि काम गर्ने हो । रोजगारी सिर्ज...
बर्दियाका दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता गरे

बर्दियाका दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता गरे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार बर्दिया, बैशाख १७ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला उत्थान केन्द्र लायतका संघ, संस्थाहरुको संयुक्त आयोजनामा बर्दियामा आयोजना गरिएको कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । सो कार्यक्रम बालविवाह, चाडै विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो । जिल्लाका राजनितिक दल तथा विभिन्न सरोकारवालाहरुसँग स्थानीय निर्वाचन र बालबालिकाहरुका सवालहरु बिषयक गरिएको अन्तरक्रिया कार्यक्रममा सबै दलले सो प्रतिवद्धता व्यक्त गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अल...
प्रदेश परिपत्रको पालना गर्दै कल्पना शर्माद्धारा वडा अध्यक्षको उम्मेदवारी फिर्ता

प्रदेश परिपत्रको पालना गर्दै कल्पना शर्माद्धारा वडा अध्यक्षको उम्मेदवारी फिर्ता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १६ । नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिनु भएकी माओवादी नेतृ कल्पना शर्माले उम्मेदवारी फिर्ता लिनु भएको छ । शर्माले शुक्रवार उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनु भयो । माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको परिपत्र र नेकपा माओवादी बाँकेका निवर्तमान अध्यक्ष तथा प्रदेससभाका सांसद आईपी खरेल, नेपालगञ्ज उपमहानगरका अध्यक्ष रतन शाहीको आग्रहमा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले माओवादी नेताहरुले टिकट वितरणमा केही सामान्य त्रुटी भएको हुनसक्ने जनाउँदै भविष्यमा त्यस्ता कुरामा ध्यान दिने प्रतिवद्धता जनाउनु भएकोले आफुले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । यसअघि लामो समयदेखि वडा नम्बर ५ मा पार्टी र जनताको सेवा गर्दै आउनु भएकी नेतृ शर्माले वडा अध्यक्षको उम्मेदवारमा दावेदारी प्रस्तुत गर्नुभएको थ...
सबैलाई प्रतिनिधित्व गर्ने एक्लो साझा उम्मेदवार म मात्र हुँ–नन्दलाल वैश्य

सबैलाई प्रतिनिधित्व गर्ने एक्लो साझा उम्मेदवार म मात्र हुँ–नन्दलाल वैश्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिनु भएका व्यापारी नेता नन्दलाल बैश्यले आफु मात्रै एक्लो सबैको साझा उम्मेदवार भएको दावी गर्दै सबैको सहयोग र समर्थन पाउने बताउनु भएको छ । उहाँले सोही कारणले आफ्नो जीत सुनिश्चित भएको पनि प्रष्ट पार्नुभयो। नेपालगञ्जपाटी डटकमसंग विशेष कुरागर्दै मेयरका उम्मेदवार वैश्यले आफु समाजको हर तह र तप्कासंग प्रत्यक्ष जोडिएकोले उपमहानगरका हरेक साना ठुला व्यवसायीदेखि लिएर अन्य नागरिकको समर्थन र सहयोग मिलिरहेको बताउनुभयो । निर्वाचनमा उम्मेदवार नभएको बेला पनि आफु जनताको घर घरमा पुगेर हालखबर लिने तथा सुखदुख बाँड्ने गर्दै आएको र हिन्दु, मुस्लिम, सिख र ईसायृ सबै धर्मको चाडपर्व लगायत अन्य सामाजिक कार्यमा पनि निरन्तर खटिने गरेकोले हरेकले आफ्नो मानिस भन्ने गरेको बताउनुभयो । निर्वाचनका लागि सहरदेखि गाउँ गाउँस...
जानकीमा जसपा र माओवादीको गठबन्धनको जित निश्चित भएको वर्माको दावी

जानकीमा जसपा र माओवादीको गठबन्धनको जित निश्चित भएको वर्माको दावी

ताजा-अपडेट, मुख्य समाचार
संविधान र संघियताको रक्षाका लागि गठबन्धन बनेको पुर्वमन्त्री राईको भनाई नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १४ । बाँकेको नेपालगञ्ज उपमहानगर, खजुरा, कोहलपुर र जानकी गाउँपालिकामा भएको बलियो गठबन्धनका कारण ती चार वटै पािलकामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गठबन्धनका दलहरुले गरेका छन् । नेपालगञ्जमा नेपाली काँग्रेस र जसपा, खजुरामा नेकपा माओवादी र नेपाली काँग्रेस, कोहलपुरमा नेकपा माओवादी र एकिकृत समाजवादी तथा जानकीमा जसपा र माओवादी गठबन्धन अन्य दलहरु भन्दा धेरै अगाडी रहेको स्थानीयले बताएका छन् । नरैनापुर र डुडुवामा भने जनता समाजवादी पार्टी एक्लै अन्य दलभन्दा अगाडी रहेको जसपाको दावी छ । जानकी गाउँपालिकामा गत निर्वाचनमा बलियो अवस्थामा रहेका जसपा र माओवादी केन्द्र मिलेपछि अहिले सो गठबन्धन निकै बलियो बनेको जसपाबाट अध्यक्षका उम्मेदवार राजिव बर्माले बताउनुभयो । उहाँले यस पटक जसपा ए...
नेपालगञ्ज वडा नम्बर ५ को अध्यक्षमा कल्पना शर्माको स्वतन्त्र उम्मेदवारी

नेपालगञ्ज वडा नम्बर ५ को अध्यक्षमा कल्पना शर्माको स्वतन्त्र उम्मेदवारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १२ । विगत लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध रहेर निरन्तर सक्रियतापुर्वक जनता र पार्टीको काम गर्दै आउनु भएकी कल्पना शर्माले नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । पार्टीको तर्फबाट खटिएर दिनरात जनताको सेवासंगै संगठन निर्माणको काम समेत गर्दै आउनु भएकी शर्मालाई अन्तिममा आएर माओवादी केन्द्रले टिकट नदिएपछि स्थानीय वासिन्दाको दवावका कारण बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । नेपालगञ्जको उद्योगी व्यवसायीविच अत्याधिक लोकप्रिय रहनु भएकी नेतृ शर्माले स्थानीयको चर्काे दवावका कारण आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । उहाँले टिकट वितरणमा आफुसंग मात्र नभई धेरैजनासंग अन्याय भएको जनाउँदै पार्टीको यस्तो निर्णयले नेपालगञ्जमा माओवादीलाई ठुलो क्षति भएको बताउनुभयो । वडावासीको सदासयता र आत्मियताका कारण आफुले उम्मेदवारी दि...
नेपालगञ्जमा हाम्रो विजय सुनिश्चित छ–विष्ट,  अब हामीलाई कसैले हराउन सक्दैन–राई

नेपालगञ्जमा हाम्रो विजय सुनिश्चित छ–विष्ट, अब हामीलाई कसैले हराउन सक्दैन–राई

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, बैशाख १२ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धीन राईले उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुससंगै सोमवार दिउँसोपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् । जनता समाजवादी पार्टी बाँकेले रंगशालास्थित आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले सुर्खेतरोडस्थित आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित गएर संगै उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएलगत्तै त्यहाँ उपस्थित पत्रकारहरुसंग कुरा गर्दै मेयरका उम्मेदवार विष्टले विशेष परिस्थितिमा बनेको गठबन्धनले विशेष उदेश्य पुरा गर्ने दावी गर्दै नेपालगञ्जमा गठबन्धनक...
नेपाली कांग्रेस बांके क्षेत्र न २ क का उपसभापति मनोज चौधरी जसपामा प्रवेश

नेपाली कांग्रेस बांके क्षेत्र न २ क का उपसभापति मनोज चौधरी जसपामा प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १० । स्थानीय तहको निर्वाचनको मुखमा आएर विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले दल बदल्ने क्रम बाँकेमा पनि तिव्र रुपमा अगाडी बढेको छ । केही दिन पहिले मात्रै माओवादी केन्द्र नेपालगञ्जका सहसचिव व्यापारी नेता नन्दलाल वैश्य राप्रपामा प्रवेश गरे भने टिकेट नपाएको झोकमा जसपाबाट रमारानी वैश्यले राप्रपा नेपाल रोज्नुभयो । सोही क्रमलाई जारी राख्दै शनिवार डुडुवा गाउँपालिकामा ठुलो उलटफेर भएको छ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईको प्रयासले नेपाली काँग्रेसका पुराना नेता तथा बांके क्षेत्र न २ क का उपसभापति डुडुवा २ निवासी मनोज कुमार चौधरी जसपामा प्रवेश गर्नु भएको छ । चौधरीलाई एक कार्यक्रमका विच पुर्वमन्त्री राईले जसपाको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा डुडुवाबाट अध्यक्षका उम्मेदवार भण्डारीलाल यादवले पनि चौधरीलाई स्वागत गर्नु भएको थियो । सो...
माओवादीले नेपालगञ्जमा मेयर, उपमेयर र २३ वटै वडामा उम्मेदवारी दिने निर्णय

माओवादीले नेपालगञ्जमा मेयर, उपमेयर र २३ वटै वडामा उम्मेदवारी दिने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १० । नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरको निर्वाचनमा मेयर, उपमेयर र २३ वटै वडामा एक्लै निर्वाचन लड्ने निर्णय गरेको छ । गठबन्धनले माओवादीलाई मेयर उपमेयर केही पनि नदिएको अवस्थामा वडामा समेत काँग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई राम्रो ठाउँ नदिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिएर एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको शनिवार अपरान्ह आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइयो । माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष रतन शाहीले पत्रकार माझ विज्ञप्ती जारी गर्दै माओवादीले सैद्धान्तिक रुपमा गठबन्धनलाई स्विकार गरेर अगाडी बढिरहेको अवस्थामा नेपालगञ्जमा मेयर उप मेयर नपाउँदा वडामा न्याय गर्न काँग्रेस र जसपासंग छलफल गरिएपनि वास्ता नगरिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिने र निर्वाचन एक्लै लड्ने निर्णय गरिएको बताउनुभयो । उहाँले काँग्रेस र जस...
नेपालगञ्जमा मोटर साइकल चोरी बढ्यो, महिना वितेपनि पलसर भेटिएन

नेपालगञ्जमा मोटर साइकल चोरी बढ्यो, महिना वितेपनि पलसर भेटिएन

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १० । गत केही समययता नेपालगञ्ज उपमहानगरका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी हुने क्रम बढेको छ । नगरमा अहिले मोटरसाइकल चोरहरु सक्रिय रहेको गुनासो धेरैले गरेका छन् । सोही क्रममा गत चैत ५ गते नेपालगञ्जको जिल्ला प्रशासन कार्यालय नजिक रहेको फेमिली डेन्टल केयर अगाडीबाट हराएको मोटरसाइकल अझै फेला परेको छ्रन । चोरी भएलगत्तै प्रहरीमा जानकारी गराईएपनि आफ्नो हराएको भे ११ प ४०९७ नम्बरको कालो रातो पल्सर मोटरसाइकल अझैपनि नभेटिएको मोटरसाइकलका मालिक सुमित कुमार लखेरले बताउनुभयो । उहाँले भर्खरै केही दिन पहिले मात्र किनेको सो नयाँ मोटरसाइकल चैत ५ गते शनिवार अपरान्ह ४ बजेर १० मिनेटमा चोरी भएको बताउनुभयो । ...