५ माघ २०८२, आईतवार

मुख्य समाचार

एमसिसिको बिरोधमा नेपालगन्जमा राप्रपाको विरोध प्रदर्शन

एमसिसिको बिरोधमा नेपालगन्जमा राप्रपाको विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि को विरुद्धमा नेपालगन्ज विपिचोकमा राप्रपाले  विरोध प्रदर्शन गरेको छ । राष्ट्रियता रक्षाको निम्ति बाँके राप्रपा र देशभक्त राष्ट्र प्रेमी युवाहरुको उपस्थितिमा विहिबार नेपालगन्ज बिपिचोकमा विरोध प्रदर्शन गरिएको राप्रपाका सहमहामन्त्री रिसिराज देवकोटाले बताउनुभयो । उहाँले कुनैपनि हालतमा सो सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आफुहरु आन्दोलनमा उत्रिएको बताउनुभयो । विरोध र्यालीमा सहभागीहरुले राष्ट्रघाति सम्झौता एमसिसि खारेज गर, राष्ट्रघाती होसियार, हिन्दुराज्य कायम गर लगाएतका नारा सहित विपिचोकमा प्रदर्शन गरेका थिए । त्यस्तै सो विरोधसभामा बोल्ने वक्ताहरुले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गराउनको लागि सम्पुर्ण देशभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिए...
नेपाल भारत बोर्डर शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

नेपाल भारत बोर्डर शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, फागुन १२ । भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा यहाँस्थित नेपाल भारत जमुनाह सीमा नाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएको हुँदा फागुन १३ गते शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई मिन बहादुर विष्टका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ । उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने हुँदा सर्वसाधारणले सोही बमोजिम ग...
माओवादी नेपालगञ्जले उम्मेदवार छनोटका लागि उपमहानगरमा जनमत सर्वेक्षण गर्ने

माओवादी नेपालगञ्जले उम्मेदवार छनोटका लागि उपमहानगरमा जनमत सर्वेक्षण गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार छनोट लगायत पार्टीको अवस्था बुझ्न उपमहानगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने निर्णय गरेको छ । जसकालागि शसिराम कार्की र खगेश्वर अधिकारी संयोजक रहने गरी दुईवटा समिती समेत निर्माण गरिएको छ । माओवादी नेपालगन्ज उपमहानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको नगर अध्यक्ष रतन शाहीले जानकारी दिनुभयो । नगरभित्र आफ्नो पार्टी तथा अन्य पार्टीको राजनैतिक अवस्था र पोजिसनका बारेमा जनमत बुझ्न तथा सोही अनुसार निर्वाचन लक्षित रणनीति तैयार पार्न यस्तो निर्णय गरिएको शाहीले बताउनुभयो । शाहीका अनुसार बैठकले उपमहानगरभित्रका जनबर्गिय संगठनका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष तथा पार्टीको उपमहानगर कमिटीका अध्यक्षसहित १११ जनाको मुल निर्वाचन परिचालन कमिटी न...
सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ११ । नरैनापुर गाउँपालिकामा पर्ने एक सामुदायीक वनका पदाधिकारीले मनपरी तरिकाले काठ कटान र विक्रि संगै आर्थिक हिनामिना समेत गरेको आरोप लगाउँदै उपभोक्ताले छानविन र कारवाहीको माग गरेका छन् । नरैनापुर गाउँपालिका ४ मा रहेका सदाबहार सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षसहितका पदाधिकारीले मनपरी गरेर अवैध काम गर्नुका साथै उपभोक्ताप्रति भेदभाव गरेको आरोप आम उपभोक्ताको छ । नरैनापुर ४ खोदोवामा बुधवार उपभोक्ता समितिले बोलाएको भेलामा सहभागि उपभोक्ताले आफुहरुले रकम तिरेर पनि काठ नपाएको, रकम बढी तिरेको तर काठ कम पाएको र बाँकी पैसा फिर्ता नगरिएको र आर्थिक हिनामिना समेत भएको आरोप लगाए । भेलामा आफ्नो कुरा राख्दै उपभोक्ता समितिका साधारण सदस्य कमलेश पाठकले समितिले मनपरी गरिरहेको, बैठक र भेला नगरेर घरघरमा माइनुट पठाएर हस्ताक्षर गराई निर्णय गर्ने गरेको, तिरेको रकमको काठ द...
सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ११ । नेपाली सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता नेपालगञ्जमा बुधवारबाट सुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चारवटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेर अग्रता कायम गरेको छ । खेल सुरु भएको एक मिनेटमै नन्दबक्स गणले श्यामबहादुर विष्टको गोलमा अग्रता लिएको थियो । खेल सुरु हुने वित्तिकै गोल खाएपछि भैरवप्रसाद गणका खेलाडी आक्रमक बनेका थिए । ५२ मिनेटमा भुपेन्द्र रानाको गोलमा भैरवप्रसाद गण बराबरीमा आएको थियो । त्यसपछि भैरवप्रसादले लगातार दबाबमा राखेको थियो । ८१ मिनेटमा संगम चौधरी र ८९ मिनेटमा भुपेन्द्र रानाले नै गोल गरेपछि भैरवप्रसाद गण विजयी भएको हो। यसअघि प्रतियोगिताको उद्घाटन श्री नम्बर ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्...
दुर्घटना रोक्न चिल्लो सडकमा माटो छर्किंदै ट्राफिक प्रहरी

दुर्घटना रोक्न चिल्लो सडकमा माटो छर्किंदै ट्राफिक प्रहरी

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सक्रिय रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जको पुष्पलाल चोक नजिक सडकमा दुर्घटनाको जोखिम बढेपछि मंगलवार माटो छर्केर दुर्घटनाको जोखिम टार्ने कार्य गरेको छ । यात्रु वाहक सवारी साधन ठुलो संख्यामा आवागमन गर्ने र रोक्ने मुख्य ठाउँ बनेको पुष्पलाल चोक नजिकको सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी दुर्घटना हुने संभावना भएका कारण सो सडकमा माटो हालेर दुर्घटना हुनबाट जोगाउने कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो । उहाँले नेपालगंज उप–महानगरपालिका वडा नं.१८ स्थित सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी साधन चिप्लिने र दुर्घटना हुने संभावना देखेर ट्रयाक्टरमा माटो बोकेर ल्याइ छर्किएको बताउनुुभयो । पछिल्लो स...
ईलाका प्रशासन कार्यालय पुनस्थापना गर्न माग गर्दै नरैनापुर एमालेद्धारा ज्ञापन बुझाइयो

ईलाका प्रशासन कार्यालय पुनस्थापना गर्न माग गर्दै नरैनापुर एमालेद्धारा ज्ञापन बुझाइयो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । नेकपा एमाले नरैनापुर बाँकेले ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुर्नस्थापना गर्ने लगायत ३ बुँदे माँग सहित प्रमुख जिल्ला अधिकारीलाई मंगलवार ज्ञापन पत्र बुझाउँदै तत्काल माँग पुरा नभए आन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ । इलाका प्रशासन कार्यालय नरैनापुरलाई तत्काल नरैनापुरमा पुर्नस्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुबिधाहरु सरल, सुलभ तरिकाले उपलब्ध गराउन ब्यवस्था मिलाउने, नेपाली किसानहरुले भारतबाट रासायनिक मल खाद बिउ बिजन र बाली नालीमा प्रयोग गर्ने औषधी लगायतको कृषि सामग्रीहरु ल्याउंदा सिमानामा रहेका सुरक्षाकर्मीले अवरोध श्रृजना नगर्ने, सम्मान जनक ब्यवहार गर्ने तथा मल खादका साथै सवारी साधनहरु जफत नगर्ने गरी तत्काल ब्यवस्थापन गर्नुपर्ने र भारतीय नम्बर प्लेटका सवारी साधनहरु सहित नरैनापुर वासीहरुलाई नेपाली नागरिकता प्रमाण पत्रको आ...
ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, फागुन १० । सीमाना पारी रुपैडियाबाट हुँदै आएको लागु पदार्थ ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म फैलिएको खुलासा भएको छ । काठमाण्डौ लैजान लागेको ४ लाख रुपियाँको ब्राउनसुगरसहित बर्दियाका एक युवकलाई मंगलवार प्रहरीले पक्राउ गर्न सफल भएपछि सो जालो को खुलासा भएको हो । यसअघि पनि प्रहरीले बाँके, सुर्खेत र दांग लैजान भनि भित्र्याईएको ब्राउनसुगरलाई जमुनाहा नाका र नेपालगञ्ज तथा कोहलपुरबाट पटक पटक नियन्त्रणमा लिंदै आएको थियो, तर मंगलवार काठमाण्डौ लैजान ल्याईएको ब्राउनसुगर बरामद गरिएपछि ठुलो नेटवर्कले लागु औषध तस्करी गरिरहेको आशंका उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले लागु औषधको ओसारपसार र तस्करी नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले काठमाण्डौं लैजाने भन्दै रुपैडियाबाट ४ लाखमा खरिद गरिएको ब्राउन सुगरसहित नेपालगञ...
छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
.नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । बाँकेमा शिक्षकद्वारा एक छात्रामाथि बलात्कार प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवालले १५ वर्षीया छात्रामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार बलात्कार प्रयास गर्ने शिक्षकलाई पक्राउ गरि हिरासतमा राखिएको छ । शिक्षक जयसवालद्वारा आफूमाथि बलात्कार प्रयास भएको भनि ती छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि यस्तो घटना बाहिर आएको हो । डिएसपी न्यौपानेका अनुसार, शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाएको उहाँले बताउनुभयो । एन्जल्स हाई स्कुलका शिक्षक जयसवालले नेपालगन्ज सुर्खेतरोड स्थित सीएससी...
नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि नारायणप्रसाद गौडेल नेतृत्वको प्यानलले आफ्ना सदस्य पदका उम्मेदवारहरुको नाम घोषणा गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा सोमबार एक कार्यक्रमका बीच उम्मेदवारहरु घोषणा गरिएको हो । गौडेल प्यानलका सचिवालय संयोजक तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषालले उम्मेदवारको नाम घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिका खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट रहेको बताउनुभयो । यस्तै कोहलपुर नगरपालिकाबाट खुलामा ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल, खजुराबाट खुला सदस्यमा पारसनाथ योगी, राप्तीसोनारी गाउँपालिकाबाट खुला सदस्यमा टिकाराम बस्नेत र महिला सदस्यमा तिला कार्की रहेको उहाँले घोषणा गर्नुभयो । सोही प्रकारले नरैनापुर गाउँपालिकाबाट खुला सदस्यमा महबुब अलि शेष र महिला सदस्य...