४ माघ २०८२, शनिबार

मुख्य समाचार

खजुराका सुन व्यवसायीलाई बन्धक बनाएर लुटपाट गरियो

खजुराका सुन व्यवसायीलाई बन्धक बनाएर लुटपाट गरियो

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, माघ १७ । खजुरा गाउँपालिका वडा नम्बर ४ डी गाउँका हरिबहादुर सुनार र उनका परिवारलाई बन्धक बनाएर डकैटी भएको छ । उनी सुन व्यवसायी हुन । हातहतियारसहित पुगेको डाँका समूहले सोमबार बिहान ढेड बजे घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो । पीडित सुनारका अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात खुट्टा बाँधेर कन्चतमा पेस्तोल ताकेका थिए । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए । त्यसलगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे, उनले भने, दराज, पलंगको बक्स, फुटाएर ३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ६० हजार लुटपाट गरेर बाहिरबाट ढोका लगाएर भागे । बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्...
बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १६ । गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्यामा आइतवार कमीआएको छ । आइतवार जमुनाहा नाकामा पनि सङ्क्रमितको सङ्ख्या घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार शनिवारसम्म भेरी अस्पताल, मेडिकल कलेज र निजी ल्याबमा गरेर दैनिक १२५ जनाको हाराहारीमा सङ्क्रमित थपिने गरेका थिए। जमुनाहा नाकामा पनि करिब ४० जना संक्रमित भेटिने गरेको थियो । तर, आइतवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जना मात्र सङ्क्रमित भेटिएको र जमुनाहा नाकामा १९ जना मात्र सङ्क्रमित भेटिएको फोकल पर्सन ओलीले बताउनुभयो । स्वास्थ्य मापदण्डको पालनामा जोड दिइएको र खोप लगाउने अभियानलाई तिव्र गतिमा अगाडि बढाइएकाले...
नेपाली सेनाको निरीक्षण विभागको टोलीद्धारा होल्डिंग सेन्टरको निरीक्षण

नेपाली सेनाको निरीक्षण विभागको टोलीद्धारा होल्डिंग सेन्टरको निरीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १६ । नेपाली सेनाको निरीक्षणाधिकृत विभागका निरिक्षण अधिकृत उपरथि निरन्जन कुमार श्रेष्ठसहितको निरिक्षण भ्रमण टोलीले नेपालगञ्जमा निर्माणाधिन होल्डिंग सेन्टरको स्थलगत निरिक्षण गरेको छ । नेपाली सेनाका उपरथि श्रेष्ठसहितको भ्रमण टोलीले कोरोना संक्रमितहरुलाई राख्नका लागि निर्माण भैरहेको एक हजार बेड क्षमताको नेपालगञ्ज १४ भवनियापुरमा निर्माणाधिन होल्डिंग सेन्टरको निरिक्षण गरेर सो को निर्मााणका बारेमा आइतवार जानकारी लिनुभयो । उहाँले होल्डिंग सेन्टरको निर्माणलाई छिटो पुरा गरेर आवश्यक परेको छ भने सञ्चालनमा ल्याउन समेत आग्रह गनुैभयो । त्यसका साथै उहाँले स्थानीय प्रतिनिधि, विभिन्न संघसंस्था, सम्बन्धित निर्माण निर्माण कम्पनी, नेपाली सेना तथा अन्य सुरक्षा निकायसंग आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडी बढ्न पनि सुझाव दिनुभयो । होल्डिंग सेन्टरसम्मको सडक निर्माण र मर्मत ...
हुस्सु र कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थल बन्द, सबै उडान रद्द

हुस्सु र कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थल बन्द, सबै उडान रद्द

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, माघ १६ गते । बाक्लो हुस्सु र कुहिरोका कारण बिहानैदेखि मौसम विग्रीएकोले आइतवार अहिलेसम्म नेपालगञ्ज विमानस्थलका सबै उडान रद्द गरिएको छ । यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लामा हुने र संघीय राजधानी काठमाडौं तथा पोखराका लागि हुने सबै उडान रद्द गरिएका हुन् । उडान रद्द हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलमै रोकिएका छन् । नागरिक उड्डयन कार्यालय नेपालगञ्जकाअनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको जनाएको छ । दिउँसो १ बजेसम्म यहाँबाट कुनैपनि हवाई उडान नभएको सो कार्यालयले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ । शनिवार रातीबाटै मौसममा आएको खराबीका कारण हुस्सु र कुहिरो अत्याधिक बढेपछि उज्यालो निकै कम रहेकाले नेपालगञ्जबाट आइतवार हुने सबै उडान दिउँसो दुई बजेसम्मका ला...
बाँके बर्दियाका चिसो प्रभावित अति विपन्न बृद्धबृद्धालाई कम्मल वितरण

बाँके बर्दियाका चिसो प्रभावित अति विपन्न बृद्धबृद्धालाई कम्मल वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ माघ । चिसो र शितलहरबाट अत्याधिक प्रभावित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका १३३ र नेपालगञ्जका १७ जना अति विपन्न परिवारका बृद्ध बृद्धालाई बाँके युनेस्को क्लबले कम्मल वितरण गरेको छ । नेपाल युनेस्को क्लबहरुको राष्टिय महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकारको सहकार्यमा प्राप्त भएका कम्मलहरुलाई बाँके युनेस्को क्लबले गेरुवा गाउँपालिका र बर्दिया युनेस्को क्लब टपराको समन्वयमा वितरण गरिएको हो । गेरुवा गाउँपालिकामा ९० जना, राजापुर नगरपालिकामा ४३ जना र नेपालगञ्जका १७ जना अतिविपन्न बृद्धबृद्धालाई कम्मल वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । शनिवार बर्दियाको गेरुवा र राजापुरमा आयोजित कार्यक्रममा युनेस्को आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, युनेस्को आयोगका सदस्य हरिबंश किरात, युनेस्को आयोगका सदस्य तथा य...
खेलाडीको हौसला बढाउन रंगशाला पुगे खेलकुद मन्त्री अथक

खेलाडीको हौसला बढाउन रंगशाला पुगे खेलकुद मन्त्री अथक

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १५ । नेपाल र मौरिसस बीचको दशरथ रंगशालामा जारी फुटबल हेर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज रंगशाला पुग्नु भएको छ । मैत्रीपूर्ण खेल भएपनि खेलाडीको मनोबल बढाउनका लागि मन्त्री अथक फुटबल हेर्न रंगशाला पुग्नु भएको उहाँका स्वकीय सचिव दिलिप सोनीले जानकारी दिनुभयो । नेपाल र मौरिससको खेल हेर्न मन्त्री अथकसँगै खेलकुद सचिव डा दामोदर रेग्मी, नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमेद अल हाइल पनि सहभागि हुनभयो । कतारले नेपाली फुटबलका लागि सहयोग गर्दै आएको छ । मौरिसस विरुद्ध नेपाली टोली घरेलु मैदान र दर्शकको साथमा उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चोटका कारण संघर्ष गरिरहेका केही खेलाडीहरु डिफेन्डर अनन्त तामाङलाई आराम दिएका छन् । खेलको पूर्व सन्ध्यामा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध...
प्रेस सेन्टरको स्थापना दिवस मनाउँदै नेपालगञ्जमा १२ सय जनालाई मास्क वितरण

प्रेस सेन्टरको स्थापना दिवस मनाउँदै नेपालगञ्जमा १२ सय जनालाई मास्क वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १५ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरेर बाँकेमा पनि भव्य रुपमा मनाईंदैछ । सो क्रममा बाँकेको नेपालगञ्ज र कोहलपुरमा दुई वटा औपचारिक कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय प्रेस सेन्टर बाँकेले गरेको छ । प्रेस सेन्टर बाँकेले शुक्रवार गरेको निर्णय अनुसार शनिवार स्थापना दिवसका दिन नेपालगञ्जको धम्बोझी चोकमा १ हजार दुई सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको छ भने त्यहाँ रहनु भएका १० जना सुरक्षाकर्मीलाई फेसशिल्ड वितरण गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपनि स्वास्थ्य मापदण्डको पालनामा अझैपनि बेवास्ता गरिएको पाईएकोले मास्क लगाउने आग्रह गर्दै मास्क नलगाएका १ हजार २ सय जना सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्ष्यतामा गरिएको मास्क वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्...
राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक बाख्रा खायो दुई बाख्रा भेटिएनन्

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक बाख्रा खायो दुई बाख्रा भेटिएनन्

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १४ । केही समय अघि बाघले आतंक मच्चाएको राप्तीसोनारी गाउँपालिकामा शुक्रवार फेरी दुई ठाउँमा बाघ देखिएको छ । बाघले वडा नम्बर ७ मा एउटा बाख्रा मारेको छ भने दुई वटा बाख्रा हराईरहेका छन् भने वडा नम्बर ५ मा बाघलाई स्थानीयले देखेका छन् । वडा नम्बर ७ को मण्डफवा सामुदायीक वनमा बाख्रा चराउन गएको बेला बाघले बाख्रामाथि आक्रमण गरेर एउटा बाख्रालाई मारेको र अन्य दुई वटा बाख्रा हराईरहेको स्थानीयले जनाएका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष जनक थारुले मण्डफवा सामुदायीक वनमा बाघले बाख्रा खाएको जानकारी आएको बताउनुभयो । उहाँले ६ जना गोठालाले ६० वटा बाख्रा चराउन गएको बेला बाघले आक्रमण गर्दा तीनवटा बाख्रा हराई रहेकोमा एउटा पन्जा लागेको र घाँटीमा कोतरेको अवस्थामा मृत फेला परेको र दुई वटा हराईरहेको जानकारी स्थानयिले गराएको बताउनुभयो । यसैगरि वडा नम्बर ५ र ६ को सीमानास्थित दुपट्टी...
डुडुवाका दुई हजार २७० जेष्ठ नागरिकलाई कम्बल, च्यवनप्राश र सामाजिक भत्ता वितरण

डुडुवाका दुई हजार २७० जेष्ठ नागरिकलाई कम्बल, च्यवनप्राश र सामाजिक भत्ता वितरण

ताजा-अपडेट, मुख्य समाचार, समाज, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १४ । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो । गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । आज शुक्रबार ६७ जना गरि कुल दुई हजार दुई सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहि...
खजुरामा विपन्नका लागि १६ वटा घर निर्माँण गरि हस्तान्तरण गरियो

खजुरामा विपन्नका लागि १६ वटा घर निर्माँण गरि हस्तान्तरण गरियो

ताजा-अपडेट, मुख्य समाचार, समाज
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १४ । बाँकेको खजुरा गाउँपालिकाले विपन्न परिवारका लागि सामुहिक आवास निर्माण गरेकोछ । तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत घरबास र जग्गाविहीन विपन्न परिवारका लागि खजुराले सामुहिक आवास निर्माण गरेको जनाएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार एक समारोहकाबीच उक्त सामुहिक आवासको उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिका वडा नम्बर–३ बि–बोरिङमा निर्माण गरिएको सामुहिक आवासमा १६ वटा घर निर्माण गरिएको छ । यसैगरी ५ वटा घर निर्माणाधीन अवस्थामा रहेकाछन् । निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न ब्यक्तिहरु पहिचान गरी घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । करिब एक करोड रुपैयाँको लागतमा शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत...