१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २१ । स्थानीय तहको आसन्न निर्वाचनमा नेपालगञ्ज उपमहानगरबाट जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार कमरुद्दीन राईले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे नगरवासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ । सामाजिक सञ्जाल मार्फत मेयरका उम्मेदवार राईले गराउनु भएको जानकारी अनुसार भारतको उत्तरप्रदेशको राजधानी लखनउसंग नजिक रहेको र नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको गेट वे को रुपमा रहेको नेपालगञ्जलाई देशभरिमै उदाहरणीय सहर बनाउने प्रतिवद्धता गर्नु भएको छ । उहाँले नेपालगञ्ज सहरलाई नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ । मेयरका उम्मेदवार राईले भेरी अस्पताललाई शिक्षण अस्पताल र भेरी प्राविधिक शिक्षालयलाई ईन्जिनियरिंग कलेजका रुपम...
राप्रपाका पुराना नेता मोहनसिंह केसीको निधन

राप्रपाका पुराना नेता मोहनसिंह केसीको निधन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २०। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मोहनसिंह केसीको विहिबार निधन भएको छ । नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखी मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो । तर, केही दिन पहिले मात्र उहाँका छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि पुत्र शोकका कारण उहाँको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । सोही कारणले उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् । स्वर्गिय नेता केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गर्नु भएको थियो । उहाँको पार्थिव शरिरमा राप्रपा महामन्त...
भेरी अस्पतालमा बाँके र दांगका थप दुई संक्रमितको मृत्यु

भेरी अस्पतालमा बाँके र दांगका थप दुई संक्रमितको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ २० गते । भेरी अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दाङका सङ्क्रमितको बुधबार राति र बाँकेका सङ्क्रमितको बिहीबार विहान मृत्यु भएको बताउनुभयो ।उहाँले माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई भएका त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको बताउनुभयो । दुबै जनाको उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआउँदा मृत्यु भएको अस्पतालले जनाएको फोकल पर्सन ओलीले बताउनुभयो । जिल्ला कोभिड व्यवस्थापन समित...
बाँकेमा बुधवार पहिलो दिन ३१ हजार ६१७ बालबालिकाले मोडर्ना खोप लगाए

बाँकेमा बुधवार पहिलो दिन ३१ हजार ६१७ बालबालिकाले मोडर्ना खोप लगाए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १९ । बुधवार शुरु गरिएको १२ वर्षदेखि १७ वर्ष उमेर समहुका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान अन्तर्गत बुधवार बाँकेमा ३१ हजार ६१७ बालबालिकाले खोप लगाएका छन् । नेपालगञ्जमा मात्रै १० हजार भन्दा बढी बालबालिकाले खोप लगाएका छन् । बाँके जिल्लाका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिनु भएको जानकारी अनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिननै जिल्लाका ८ वटा पालिकामा ३१ हजार ६१७ जनाले खोप लगाएका छन् । विभिन्न विद्यालयमा खोप केन्द्र बनाएर खोप अभियान शुरु गरिएको थियो । खोप लगाउनेहरुमा १५ हजार ९९७ बालक र १५ हजार ६२० बालिका रहेको जनाउँदै फोकल पर्सन श्रेष्ठले पहिलो दिनमा लक्ष्यको आधाजतिले खोप लगाएकोमा दोस्रो दिन विहिबार पनि सोही संख्यामा खोप लगाए लक्ष्य सहज रुमा पुरा हुने बताउनुभयो । खोप लगाउनेहरुमा सबै भन्दा बढी नेपालगञ्ज उप...
लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १९ । भारतको लखनउ शहरमा जोखिमपुर्ण बालश्रममा लागेका दुई जना नेपाली बालश्रमिकहरुलाई उद्दार गरी नेपालगन्ज ल्याइएको छ । इलाका प्रहरी कार्यालय जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र दिहात संस्था रुपईडिहा भारतको सक्रियतामा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ बर्षीय बालक इब्रान शेख र अवलसिङ सुर्खेतका १६ बर्षीय बिकास थापालाई उद्दार गरेको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँकेका फारुकद्दिन अन्सारीको पहलमा दिहात संस्था रुपईडिहको सहकार्यमा समाजसेवी अन्सारीले लखनऊ गएर दुबै बालश्रमिक बालकहरुलाई नेपालगन्ज ल्याएको एसपी अधिकारीले बताउनुभयो। उद्दार गरी इलाका प्रहरी जमुनाह नेपालगन्ज ल्याइएका दुबै बालकहरुलाई पुनर्स्थापनाका लागि नेपालगन्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लग...
बाँकेमा पनि बालबालिकालाई  खोप लगाउन शुरु

बाँकेमा पनि बालबालिकालाई खोप लगाउन शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १९ गते । बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो । सो खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले गर्नुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउन सुरु गरिएको बाँकेका कोरोना खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले तोकेका खोप केन्द्रहरुमा खोप लगाउन सुरु गरिएको जनाउँदै उहाँले जिल्लाका सो उमेर समहुका ६९ हजार बालबालिका लाई खोप लगाइने ...
बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, माघ १९ । भारतका धेरै ठाउँमा बर्डफ्लु देखिएकोले बर्डफ्लु भित्रिने अत्याधिक जोखिमका विच पनि भारतबाट कुखुराको अवैध आयाते रोकिएको छैन । बर्डफ्लु भित्रिने आशंकाकै कारण भारतबाट कुखुराको आयातमा पुर्ण रुपमा प्रतिवन्ध लगाएर सीमानामा कडाई गरिएपनि भारतबाट दिनदिनै तस्करहरुले कुखुरा भित्र्यान भने छोडेका छैनन् । पछिल्लो पटक मंगलवार नेपालको पुर्वि जिल्ला मोरंगको सीमानामा पनि कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीले बेला बेलामा अवैध रुपमा ल्याईएका कुखुरा नियन्त्रणमा लिंदै आएपनि ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा कुखुरा आइरहेकोले बर्डफ्लु भित्रिन सहयोग पुगिरहेको किसान र व्यवसायीको आरोप छ । पछिल्लो पटक मंगलबार प्रहरी र शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रयाईएका ठुलो परिमाणका कुखुरा नरैनापुर र जानकीबाट बरामद गरेको छ । स्थानीय व्यवसायी र किसानले यसरी कुुखराको अवैध आयात जारी रहने हो...
कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
गोविन्द शर्मा बाँके, माघ १९ गते । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ । कोभिड सङ्क्रमण तिव्ररुपमा बढिरहेको अहिलेको अवस्थामा समेत बसपार्क निर्माण कार्य तिव्ररुपमा अघि बढिरहेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । २०७७ फागुन २४ गते २७ करोड ८४ लाख ६६ हजार रुपियाँमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो । हालसम्म सन्तोषजनक रुपमा काम अघिबढेको छ, नगर प्रमुख रावतले भन्नुभयो –“कोभिड महामारीका बीच पनि अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।” बसपार्क २०७९ फागुन २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको छ । कोहलपुर चौराहभन्दा पुर्वतर्फ फराकिलो संरचनासहित बसपार्क निर्माण भइरहेको नगरप्रमुख रावतको भनाई छ । निर्माणधि...
सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, माघ १९ । तस्करी र अवैध आयात नियन्त्रणका लागि सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ माछालाई क्वारेन्टाइन कार्यालय बुझाई नस्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले बताउनुभयो । सोही प्रकारले सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जनाउनु भए...
नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १८ । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएको सवारी साधन र ठेलागाडालाई ब्यबस्थित गर्न शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबि पार्किङ गर्ने प्रचलननै कायम भैसकेकोले सो मा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले पार्किंगलाई व्यवस्थित गर्न थालेको ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार सो क्रममा नेपालगञ्जको त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभावि पार्किंग गरेर राखेका मोटरसाईकल, ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले मंगलवार ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल, स्कुटी, अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी क...