सिराज खान
नेपालगञ्ज, पुस २५ गते । बाँकेको राप्तीसोनारीमा बाघको आतंक अत्याधिक बढेर दिनदिनै मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरु एक भएर नियन्त्रण अभियानमा लागेका छन् ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्न विभिन्न निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभएको छ ।
उहाँले संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायसँग समन्वय गरेर बाघ नियन्त्रणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यी सबै निकायमा अनुरोध गरिसकेकाले सोही अनुरुप आइतबार नै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगञ्ज आउने सहायक वन अधिकृत खड्काले बताउनुभयो ।
उहाँका ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । ग्रामीण क्षेत्रका विपन्न जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले नेपाली सेनाको भैरब प्रसाद गणले बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
लायन्स क्लब खजुरा र नेपालगन्ज मेडिकल कलेजसँग सहकार्य गरेर सेनाले सो स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गरिबी र पछौटेपनका कारण बिरामी भए पनि उपचार गराउन नसकेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिबिर सञ्चालन गरिएको नेपाली सेनाको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बताउनुभयो । उहाँले सो शिविरबाट करिब ९ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएर लाभ पाएको बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती, बाल स्बास्थ्य, नाक, कान घाँटी, चर्म तथा यौनरोग, आँखा, तथा हाडजोर्नी लगायत बिभिन्न रोगका बिशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेर निःशुल्क औषधीहरु बितरण गरिएको थियो ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । उमेस रेग्मीको ह्याट्रिकको सहयोगमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगन्जले सहज जित निकालेको छ ।
नेपालगन्ज रंगशालमा भएको प्रतियोगिताको पहिलो खेलमा शनिवार रोयल नेपालगन्जले सिटी युथ क्लबमाथि ७–० गोलको जित निकालेको हो ।
सिटी युथ क्लबलाई जित दिलाउन उमेस रेग्मीले ह्याट्रिकको गरे । त्यस्तै संजय थापाले दुई गोल गर्दा सरोज चौधरी र नरेन्द्र ठकुरीले समान एक–एक गोल गरे ।
शनिबार नै भएको दोस्रो खेलमा नेपालगन्ज–११ ले एफसी संघारीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समय गोल रहित सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो ।
जसमा एफसी संघारीमाथि नेपालगन्ज–११ ले ४–३ गोलले बाजि मार्यो । नेपालगन्ज रंगशालामा भइरहेको प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । जिल्ला प्रहरी कार्यालय बाँकेले बैतडीबाट अपहरणमा परेका भनिएका एकजना शिक्षकको डुडुवा कम्दीको राप्ती नदी किनारबाट उद्धार गरेको छ । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे राप्ती किनारबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अवस्थीले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेका थिए । त्यसपछि उनका आफन्तहरुले बाँके प्रहरीलाई खबर गरेका थिए । अवस्थीको खोजी गर्दा राप्ती नदी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले खबर पाए लगत्तै अगैया र कम्दीस्थित नदी किनारमा प्रहरी परिचालन गरेर कम्दीको राप्ती बगरमा उहाँलाई भिजेको अवस्थामा भेटाएको बताउनुभयो । उद्धारपछि अवस्थीको भेरी अस्पतालमा उपचार गराएर उनलाई सुरिक्षत राखिएकोमा बैतडीबाट उनका आफ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । नेपालगन्जको जमुनाहा नाकामा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार भारतका विभिन्न राज्यबाट आएका ३७ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताउनुभयो । एन्टिजिन विधिबाट कोरोना परीक्षण गर्दा शनिवार विहान ९ बजेसम्म १६ जना, बिहीबार २७, बुधबार र मंगलबार ५, ५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो ।
सोमबार यता भारतबाट आएका सय जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिनुभयो । भारतबाट आउनेमा यसरी तिवै गतिमा संक्रमण देखिन थालेपछि नाकामा थप कडाई गर्न स्थानीयले माग गरेका छन् । नाकामा कडाई नगरिए उताबाट संक्रमण लिएर आउनेहरुले यता फैलाउने संभावना प्रवल रहेकोले कसैलाई पनि परीक्षण विना छिर्न नदिन स्थानीयको माग छ ।...
सिराज खान
नेपालगञ्ज, पुस २४ । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा गत तीन दिनको अवधीमा दुई जना महिलाको मृत्यु भएको छ । बाघले झम्टेर जंगलमा लगी विहिबार एक जना महिलाको मृत्यु भएको थियो भने शनिवार विहान पनि एक जना महिलालाई झम्टेर मारेको छ ।
गत केही समययता राप्तीसोनारीमा दैनिकजसो स्थानीयमाथि आक्रमण गरिरहेको बाघले बस्ती नजिकै पुगेर सर्वसाधारणलाई तानेर जंगलमा लगेर खाने गरेको पाईएको छ ।
शनिवार विहान राप्तीसोनारी ६ हब्रहवा घर भएकी ३० वर्षिया चाँदनी थारु नजिकै दाउरा लिन गएको बेला बाघले झम्टेर जंगलमा लगेको थियो । प्रहरीको सहयोगमा स्थानीयले खोजी गर्दा दिउँसो १२ बजे सिद्धेश्वर सामुदायीक वनमा महिलाको क्षतविक्षत शव फेला परेको वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थारुले बताउनुभयो ।
उहाँले आफ्नो वडा लगायत समग्र पालिकाका जनता बाघले आतंकित बने पनि सम्बन्धित निकायले बाघ धपाउन वा नियन्त्रणमा लिन गम्भीर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले जिल्लाको ट्राफिक व्यवस्थापनको सुधारका लागि विशेष अभियान चलाउनुका साथै विभिन्न योजना र कार्यक्रम बनाएर अगाडी बढ्ने बताउनु भएको छ । उहाँले सवारी दुर्घटना न्यूनिकरणका लागि प्रभावकारी अभियान चालिने पनि बताउनुभयो ।
जिल्ला ट्राफिक प्रमुखको कार्यभार सम्हालेको केही दिनपछि शुक्रवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शाहले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन चाल्नु पर्ने सबै आवश्यक कदमहर चालिने जनाउँदै सो कार्यमा सबैको सहयोग माग्नुभयो । उहाँले सवारी साधनका चालक, यातायात व्यवसायी, आम नागरिक र अन्य उद्योगी व्यवसायी सबैको सहयोगले मात्रै ट्राफिक व्यवस्थापनमा सुधार गर्न सकिने बताउनुभयो ।
दुर्घटना न्यूनिकरणका लागि मापसे चेकिङ, अटो रिक्सा, ई रिक्सा व्यवस्थ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २३ । विहिबार मात्रै एक जना महिलाको ज्यान लिएको पाटे बाघले शुक्रवार पनि बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन माथि आक्रमण गरेको छ । जंगलमा बाख्रा चराउन गएका पुनलाई शुक्रबार पाटेबाघले आक्रमण गरेपछि उनि जोगिन सफल भएका छन् तर उनको एक बाख्रा बाघले खाएको छ भने तीन वटा बाख्रा हराई रहेका छन् । तीन वटा बाख्रालाई बाघले घाइते पनि बनाएको पुनले बताउनुभयो ।
स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र बाख्रा चराउन गएको बेला झाडीमा लुकेर बसेको बाघले पुन र उहाँका बाख्रामाथि आक्रमण गरेको थियो ।
‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ पुनले भन्नुभयो । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको उहाँले बताउनुभयो ।
बाघले पुनको एउटा बाख्रालाई मारेको छ भने तीन ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज २३ पुस । लुम्बिनी नेपाली काँगे्रसका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनु भएको छ ।
नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली काँग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मूल्यांकन गरिने बताउनुभयो ।
शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी काँग्रेसको आगामी योजनाका विषयमा जानकारी गराउँदै उहाँले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउनुभयो ।
‘लुम्बिनी काँग्रेसका महामन्त्री बिक्रम खनालको संयोजकत्वमा प्रदेशको चार वर्षे योजना बनिरहेको छ । केहीदिनपछि ड्राफ्ट बनिसकेपछि जिल्ला–जिल्लासम्म त्यो ड्राफ्ट पठाएर पुनः करेक्सन गरि पास गर्ने योजनामा हामी छौं’ पुनले भन्नुभयो ।
हालै सम्पन्न काँग्रेसको १४ औं महाधिवेश...
नेपालगञ्ज, पुस २२ । पहिलो संविधानसभा सदस्य स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्झनामा तयार पारिएको ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका नेपालगञ्जमा विमोचन गरिएको छ । विहिबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि गैर सरकारी संस्था मंहासंघ बाँकेले पुस्तक विमोचन गरेको हो ।
विमोचन गरिएको सो पुस्तकमा वरिष्ठ समाजसेवी तथा अगुवा मुस्लिम महिला सिद्धिकीसंग सम्बन्धित ३६ वटा आलेख, अन्तरवार्ता, संस्मरण तथा समाचाहरु समेटिएका छन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकीले ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका प्रकाशन हुनु स्वर्गिय मोहम्मदी सिद्विकीको सम्मानमा एक ईटा थप्नुमात्र नभई एउटा मुस्लिम महिलाले गरेको संर्घषको ईतिहास समेत लेखिएको बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्मानमा एक अक्षयकोषको स्थापना गर्नमा जोड दिनुका साथै उनको...