बढैयातालमा किशोर किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न
समाचारदाता
नेपालगन्ज , असार १ । बाँके युनेस्को क्लब र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य संस्थाको समन्वयमा शसक्त बालिका परियोजनाअन्तर्गत एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न गरिएको छ ।
किशोर–किशोरी र युवा समुहलाई लक्षित गरी आयोजित उक्त शिविरको उद्देश्य पहुँचबाट टाढा रहेका, सीमान्तकृत र जोखिममा रहेका किशोर–किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र सेवा प्रदान गर्नु रहेको थियो।
शिविरमा विशेषगरी विद्यालय बाहिर रहेका तथा संवेदनशील अवस्थाका युवाहरूलाई मानसिक स्वास्थ्य र समग्र जीवनशैलीबारे जानकारी दिइएको थियो।
कार्यक्रमको उद्घाटन बढैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी हुन...









