समाचारदाता
नेपालगन्ज, फागुन ४ । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुलाई सहभागि गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको थियो ।
सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको बताउनुभ...
समाचारदाता
नेपालगन्ज, माघ २५ । केही दिन पहिलेसम्म ठाउँ ठाउँमा फोहोरको थुप्रो देखिने र जहाँ पायो त्यही फोहोर फालेको पाइने नेपालगन्जको मुटु मानिने त्रिभुवन चोक अहिले निकै सफा र व्यवस्थित देखिन्छ । नगर भवन अस्थायी प्रहरी पोष्टमा असई कुल बहादुर बिक आएपछि उहाँको पहल र अग्रसरतामा त्रिभुवन चोक सफा मात्र नभई चोकको ट्राफिक व्यवस्थापन समेत चुस्त दुरुस्त भएको स्थानीयले जनाएका छन् ।
असई बिकको पहल र अग्रसरतामा त्रिभुवन चोक र सो वरिपरिको क्षेत्रमा सरसफाईको निकै राम्रो व्यवस्था भएको जनाउँदै चोकमै पसल भएका राकेश कुमार गुप्ताले उहाँले आफै फोहोर हटाई अरुलाई पनि फोहोर जथाभावि नफाल्न र सफाई राख्न आग्रह गर्नु भएकोले नै अहिले चोक निकै सफा देखिएको बताउनुभयो । गुप्ताले असई बिक त्रिभुवन चोकमा आएयता सरसफाईको राम्रो व्यवस्था हुनुका साथै चोकको ट्राफिक व्यवस्थापन समेत राम्रो भएको र जहाँ पाए त्यहाँ पार्किंग गर्ने कार...
समाचारदाता
नेपालगन्ज, माघ २२ । केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरेको पोषण परियोजनाको अनुगमन तथा समिक्षा बैठक मंगलवार सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा परियोजनाको अनुगमन भ्रमण तथा समिक्षा बैठक सम्पन्न भएको हो ।
पालिकाको परियोजना सल्लाहकार समिति लगायतको सहभागितामा बैजनाथ ८ को फत्तेपुर र टिटिहिरीयामा पोषण परियोजना अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमको अवस्था बुझ्नुका साथै समिक्षा बैठक पनि सम्पन्न गरियोे ।
सो क्रममा अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमा रहेको चेतनशिन स्वास्थ्य आमा समुहसंग कार्यक्रम बारे छलफल गर्नुका साथै उनिहरुले बनाएको पोषण बगैंचाको समेत अनसगमन गरेको थियो ।
सो अवसरमा पोषण सम्बन्धि गतिविधिहरुका बारेमा बिस्...
सिराज खान
नेपालगन्ज, माघ १८ गते । जाडोको समयमा रक्तदान गर्नेहरु घट्दै गएपछि रगतको अभाव हुन थालेकोले सो अभाव टार्न एक कल्याणकारी संस्था वी लभ यू फाउन्डेशनले आयोजना गरेको रक्तदानमा एकै दिन १८४ जनाले रक्तदान गरेका छन् ।
वी लभ यू फाउन्डेसन पश्चिम क्षेत्रका प्रतिनिधी अनिल मोक्तानले दिनु भएको जानकारी अनुसार ६८० औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत फाउन्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको जनाउँदै नेपालगन्जमा गरिएको कार्यक्रममा १८४ जनाले एकैदिन रगतदान गरेका हुन् ।
सो रक्तदान कार्यक्रमबाट रगत अभावको बेला १८४ पिन्ट अर्थात ६४ हजार ४०० मिलिलिटर रगत संकलन गरिएको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको जनाउँदै यस्ता बृहत्त रक्तदानले अन्य संघसंस्थालाई पनि रगत दान गर्न उत्प्रेरणा दिने...
समाचारदाता
नेपालगन्ज, माघ १८ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरुहरु र मुस्लिम शिक्षकहरूसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २२ गतेदेखि ६ फागुनसम्म बाँकेका सबै पालिकामा सञ्चालन गरिने खोप अभियानका बारेमा मुस्लिम धर्मगुरु र शिक्षकहरुलाई जानकारी गराई सबैको सहभागिता सुनिश्चित गराउन छुट्टा छुट्टै छलफल कार्यक्रम आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले छलफल मुख्यतया १० देखि १४ वर्षका र कक्षा ६ देखि १० सम्मका मुस्लिम बालिकाहरूलाई खोप अभियानमा शतप्रतिशत संलग्न गराउने रणनीतिहरूमा केन्द्रित रहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा भएका ती दुबै कार्यक्रममा सहभाग...
समाचारदाता
नेपालगन्ज, पुस १३ । क्रिसमस डे २०२४ को उपलक्षमा बर्दियाको बढैयाताल गाउँपालिका वडा न ३ का सय वर्षमाथिका बृद्ध र विपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेशनरी बितरण गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ मा रहेको आशिस चर्चमा १०५ बर्षका सो क्षेत्रकै सबैभन्दा जेष्ठ नागरिक लगायत पाँच जनालाई चिसोबाट जोगाउन न्यानो कम्बल र पाँच जना बालकलाई सुईटर तथा १२ जना बालबालिकालाई स्टेसनरी सामानहरू बितरण गरिएको बढैयाताल गाउँपालिकाको कार्यपालिका सदस्य चन्द्रकला विकले बताउनुभयो ।
सो अवसरमा मुख्य अतिथि पूर्व राज्यमन्त्री दल बहादुर सुनारले जेष्ठ नागरिकसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी सामान बितरण गर्नुभयो । उहाँले क्रिसमस डे जस्तो महान अवसर पारेर यो अतिनै पुण्य काम गरिएको जनाउँदै यो कार्यमा सहयोग गर्ने स्थानीय सबै समाजसेवीहरुप्रति आभार व्यक्त गर्नुभयो ।
बितरण गरिएका सामाग्रीहरु स्थानीय स...
समाचारदाता
नेपालगन्ज, पुस १० । भेरी वातावरणिय विशिष्टता समूह बी–ग्रुप र खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुका लागि प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धन गर्न सचेतना कार्यक्रम आयोजना गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा किसानले उत्पादन गरेको तरकारीको परीक्षण गर्दा विषादी नभएको अर्गानिक तरकारी रहेको रिपोर्ट आएको पनि बताउनुभयो ।
कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले एकीकृत शत्रुजीव ब्यवस्थापन प्रविधिबाट उत्पादन गरिएको अर्गानिक तरकारी समेत राखिएको ‘पेशागत तथा वातावरणीय ...
समाचारदाता
नेपालगन्ज, पुस ७ । पश्चिम नेपालकै व्यवसायिक नगर तथा केन्द्रविन्दु मानिने नेपालगन्जको सरसफाई र स्वच्छताका लागि सबै सरोकारवालाले एकिकृत प्रयास गर्नु पर्नेमा बिशेष जोड दिईएको छ ।
एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा आइतवार आयोजना गरिएको नगरपालिकास्तरीय खानेपानी, सरसफाई स्वच्छता समन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रममा सो जोड दिईएको हो ।
नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टको उपस्थितीमा सम्पन्न भएको सो बैठक तथा अन्तरक्रियामा बोल्ने अधिकांश सरोकारवालाले नेपालगन्जको फोहोर व्यवस्थापन कुनै पनि एक पक्षको प्रयासले सफल नहुने ठहर गर्दै सबैको एकिकृत प्रयास आवश्यक रहेको बताएका थिए ।
उनिहरुले नेपालगन्जको सफाई र स्वच्छता निकै चुनौतीपूर्ण बिषय रहेको जनाउँदै त्यसका लागि सबै एकिकृत भएर लाग्नु...
समाचारदाता
नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले नेपालगन्जमा आयोजना गरेको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकमा सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि अपनाउनु पर्ने बिभिन्न उपायहरुका बारेमा बिस्तृत रुपमा छलफल गरिएको छ ।
एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले जिल्लाका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो बैठकको आयोजना गरिएको हो ।
बैठकमा सरसफाईकर्मीहरुको स्वास्थ्य बीमा वा सामाजिक सुरक्षामा आवद्धता, सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था, नेपालगन्ज उपमहानगरको फोहोर व्यवस्थापनका लागि नगरभित्र डस्टबीनको व्यवस्था र स्थानीय स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क केन्द्र बनाउने बारेमा सहभागिहरुबिच छलफल भएको थियो ।
सो बैठकमा नेपालगन्...
सिराज खान
नेपालगन्ज, पुस ६ गते । ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेमा सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २८८ जना सीमावासीको स्वाथ्य परीक्षणसंगै औषधी बितरण गरेको छ । शिविरमा १५२ महिला र १३६ जना पुरुषको उपचार गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले डुडुवा गाउँपालिकाको समन्वय तथा मध्यपश्चिम क्षेत्रीय सशत्र प्रहरी बल अस्पताल बाँकेको सहकार्यमा सीमाना नजिकको खडैचा पिप्रहवामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
सो शिविरमा २८८ जनाको निशुल्क उपचार गर्नुका साथै उनिहरुलाई बिभिन्न प्रकारका औषधीहरु पनि निशुल्क बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो ।
उहाँले सीमावासीको हरेक दुखसुखमा सहभागि हुने तथा उनिहरुसंग सम्बन्ध प्रग...