समाचारदाता
नेपालगन्ज, साउन ४ । बाँके जिल्लाका पाँचवटा गाउँपालिकामा सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारकालागि पोषण परियोजना सञ्चालन गरिएको छ ।
केयर नेपाल र आइडीइ नेपालको सहकार्यमा भेरी वातावरणीय बिशिष्टता समुह बि ग्रुपद्धारा सञ्चालन गरिएको सो परियोजनाको बारेमा स्थानीय सरकार लगायत बिभिन्न सरोकारवालाहरुलाई जानकारी गराउन शुक्रवार नेपालगन्जमा शुभारम्भ बैठकको आयोजना गरियो ।
बैठकको सहजीकरण गर्दै बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बाँकेका राप्ती सोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिकामा सो परियोजना सञ्चालन गरिएको जनाउँदै परियोजनाबाट ती पालिकाका सिमान्तकृत समुदायका आमा र बालबालिकाको स्वास्थ्यमा सुधार हुने बिश्वास व्यक्त गर्नुभयो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरील...
समाचारदाता
नेपालगन्ज, असार १३ । प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो ।
सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका मुख्य उपलब्धीहरु, सिकाई, चुनौंतीहरु, असल अभ्यासहरु र नवीनतम कार्यहरुको समिक्षा गरी आगामी बर्षको प्राथमिताहरुको पहिंचान र योजना तयारीको खाका निर्माण गरिएको जनाईएको छ ।
प्लान क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख मिना पराजुलीले सो समिक्षा गोष्ठिको उध्येश्य, प्लान ईन्टरनेशनल नेपालको आगामी प्राथमिकताका क्षेत्रहरुमा प्रकाश पार्दै गोष्ठिको शुरुवात ...
समाचारदाता
नेपालगन्ज, असार ७ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत वडाहरुलाई धमाधम बालबिवाहमुक्त घोषणा गरिंदैछ ।
सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब अन्य संघसंस्थाको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नम्बर ८ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरेको छ । यसअघि केही दिन पहिले मात्र वडा नम्बर १२ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।
गुलरिया वडा नम्बर ८ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाँको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्नुभयो ।
उहाँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्य पुर...
समाचारदाता
नेपालगन्ज, असार १ । बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ ।
क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर संचालन गरिएको हो ।
सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरुले महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँँले शिविरमा उपचारका लागि आएका किशोरीहरुले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको बताउनुभयो ।
...
समाचारदाता
नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ ।
स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको तातो हावा परियोजना अन्तर्गत धनगढीस्थित सिद्धनाथ र भवानी माविमा अध्ययनरत अति विपन्न, गरिब, दलित र पिछिडिएका बालबालिकाका ५५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न र गरिब र दलितहरुलाई चर्को गर्मीको बेला हुने स्वास्थ्य जोखिमबाट जोगाउन र केही दिन घरमै बस्न सहज होस भन्ने उदेश्यले खाद्यान्न बितरण गरिएको बताउनुभयो ।
बिद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख...
समाचारदाता
नेपालगन्ज, जेठ २४ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा कतार च्यारिटी र बाँके युनेस्को क्लबका प्रतिनिधिहरुको उपस्थितिमा दुवै विद्यालयका विद्यार्थीहरुलाई अत्यावश्यक सामग्री वितरण गरिएको थियो ।
कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीह...
समाचारदाता
नेपालगन्ज, जेठ १६ । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई मर्यादित महिनावारीको अभियान संचालनकालागि सो कार्यक्रम संचालन गरिएको परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
उहाँले महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिर्दै सकारात्मक सोचको विकास गर्न कार्यक्रम सञ्चालन गरिएको जन...
समाचारदाता
नेपालगन्ज, जेठ १० । थारु समुदायमा बाल विवाह न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन बरघरहरुसंग साझेदारी गरेर अगाडी बढ्नुपर्नेमा बिशेष जोड दिईएको छ ।
थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा सहभागि बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारु लगायतले समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि बरघरको भुमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औल्याए ।
कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको बताउनुभयो । थारु समुदायमा व्याप्त रहेको बालविव...
बिग्रुपद्धारा स्वास्थ्य बीमाको अवस्था बारे भेरी अस्पतालमा अनुगमन
सिराज खान
नेपालगन्ज, जेठ १० । स्वास्थ्य उपचारमा सहजता र सरलताकालागि स्वास्थ्य बीमा गराएर यहाँस्थित भेरी अस्पतालमा उपचार गराउन पुगेका यस क्षेत्रका अधिकांश बिरामीहरुले सेवा प्रवाह बारे गुनासै गुनासा गरेका छन् ।
भेरी अस्पतालको बीमा काउण्टर र औषधी वितरण काउण्टरमा भेटिएका अधिकांश बिरामीले कर्मचारीको व्यवहार रुखो भएको, अस्पताल भित्रै रहेका विभिन्न परिक्षणका लागि बाहिर पठाउने गरिएको, निशुल्क पाउने अधिकांश औषधी नदिने गरिएको, बीमा गराएका बिरामीको पालो पछि पार्ने गरिएको र जेष्ठनागरीक, अपाङ्गता भएका लगायतका लागि छुट्टै व्यवस्था नरहेको गुनासो गरेका छन् ।
एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत अनुगमन गर्न...
समाचारदाता
नेपालगन्ज, जेठ ३ गते । अमेरिकास्थित नासाका बैज्ञानिक डा. रियान जिग्लर पहिलो पटक नेपालगन्जको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले नासामा चन्द्रमाका उल्कापिण्ड र त्यहाँ भेटिएका काँचका टुक्राहरुको अध्ययन गरिरहनु भएको छ ।
स्काइमिस्ट प्लानेटेरियम नेपालगन्जले आयोजना गरेको पत्रकार भेटघाटमा बैज्ञानिक डा. जिग्लर नेपालगन्ज र धनगढीमा आउने र दुबै ठाउँका विभिन्न विद्यालयका छात्र छात्राहरु माझ कार्यक्रम गर्ने स्काइमिस्ट प्लानेटेरियमका प्रमुख निरज श्रेष्ठले बताउनुभयो ।
उहाँले पहिलो पटक नासाका कुनै बैज्ञानिक पश्चिम नेपालमा आउनु बिज्ञानमा रुचि राख्ने सबैका लागि सुखद खबर भएको जनाउँदै धनगढीमा जेठ ७ गते र नेपालगन्जमा जेठ ८ गते विद्यार्थिहरुसंग उहाँको प्रस्तुती राखिएको बताउनुभयो । नेपालगन्जमा आयोजना गरिने कार्यक्रममा एक हजार ५०० देखि दुई हजारसम्म कक्षा ८, ९ र १० का बिद्यार्थिहरु सहभागि रहने जनाउँदै आ...