नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २५ । सहरीकरणसंगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकोले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद ईश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँचवटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ ।
शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चौक, पुष्पलाल चौक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ ।
ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
जमुनाहादेखि कोहलपुरसम्मको रत्न ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २ । बाँके जिल्लामा संचालनमा रहेका ई रिक्सा चालकहरुका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
नेपाल ई रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण कार्यक्रम नेपालगंज उप महानगर पालिका वडा नं १० स्थित ई रिक्सा व्यबस्थापन प्रालिको हलमा संचालन भैरहेको छ ।
सो प्रशिक्षण कार्यक्रममा ई रिक्सा चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारणहरु, लेन अनुसाशन, ई रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जनाउनु भयो । प्रशिक्षणबाट चालकहरुले ट्राफिक नियम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाको स्थानीय बाल आधिकार समितिलाई यौन तथा लैङ्गिक हिंसा र बालविवाह रोकथामका लागि क्षमता विकास तालिम प्रदान गरेको छ ।
क्लबले प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिकाका स्थानीय बाल आधिकार समितिलाई यौन तथा लैङ्गिक हिंसा र बालविवाह रोकथामका लागि २ दिने क्षमता विकास तालिम प्रदान गरेको हो ।
स्थानीय बालअधिकार समिति, समुदायमा आधारित बाल संरक्षण संयन्त्रका पदाधिकारीहारुको यौन तथा लैङ्गिक हिंसा, बालविवाह रोकथाम गर्नको लागि क्षमता बिकाश गर्ने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
परियोजनाको लक्ष्य र उदेश्यमा शतप्रतिशत सफलताका लागि स्थानीय बाल अधिकार समितिको क्षमता अभिबृद...
रासस
राँझा, बाँके, माघ २६ । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य रु ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो ।
न...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १९ । भारतको लखनउ शहरमा जोखिमपुर्ण बालश्रममा लागेका दुई जना नेपाली बालश्रमिकहरुलाई उद्दार गरी नेपालगन्ज ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र दिहात संस्था रुपईडिहा भारतको सक्रियतामा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ बर्षीय बालक इब्रान शेख र अवलसिङ सुर्खेतका १६ बर्षीय बिकास थापालाई उद्दार गरेको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
इलाका प्रहरी जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँकेका फारुकद्दिन अन्सारीको पहलमा दिहात संस्था रुपईडिहको सहकार्यमा समाजसेवी अन्सारीले लखनऊ गएर दुबै बालश्रमिक बालकहरुलाई नेपालगन्ज ल्याएको एसपी अधिकारीले बताउनुभयो।
उद्दार गरी इलाका प्रहरी जमुनाह नेपालगन्ज ल्याइएका दुबै बालकहरुलाई पुनर्स्थापनाका लागि नेपालगन्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लग...
६ महिनामा ९ करोड राजस्व संकलन, ठुलो परिमाणमा लागु औषध र चोरी तस्करीका सामान नियन्त्रणमा
सिराज खान
नेपालगञ्ज, माघ ४ गते । विभिन्न गैर कानुनी कार्यहरुको नियन्त्रणमा अहोरात्र खटिएको बाँके प्रहरीले वितेको ६ महिनामा गरेको प्रगति विवरण मंगलवार सार्वजनिक गरेको छ । मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र प्रहरी प्रवक्ता डीएसपी मधुसुदन नयौपानेले ६ महिने उपलब्धीहरु पत्रकार समक्ष सार्वजनिक गर्नुभयो ।
गत ६ महिनाको अवधीमा बाँके प्रहरीले लागु औषध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण, बहुमुल्य जनावरको अंग तस्करी नियन्त्रण, ट्राफिक नियम उलंघन नियन्त्रण र गैर कानुनी कार्यमा संलग्नलाई पक्राउ गर्ने कुरामा बिशेष सफलता पाएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । उहाँले गत ६ महिनाको अवधीमा जिल्लामा प्रहरीलाई हालसम्मकै...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३० । प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा सञ्चालन गरिएको अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण तालीम शुक्रवार सम्पन्न भएको छ ।
विशेष अनुशिक्षण कार्यक्रम घुम्ती प्रशिक्षण अन्तर्गत सो तालिम यही पुस २५ गतेबाट शुरु गरिएको थियो । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि बाँके प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन नयौपाने रहनु भएको थियो ।
उहाँले यस्ता तालिमले अपराध अनुसन्धान र नियन्त्रणमा ठुलो सहयोग गर्ने जनाउँदै तालिममा सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्न तालिम लिएकाहरुसंग आग्रह गर्नुभयो । अहिलेको युगमा हरेक क्षेत्रमा आएको परिवर्तन जस्तै अपराध र गैर कानुनी काम गर्ने तरिकामा पनि परिवर्तन आएकोले सो नियन्त्रणका लागि नयाँ र आधुनिक तरिकाको तालिम आवश्यक रहेको डीएसपी न्यौप...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ३ । स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजनामा १ दिने बाढी विपद् आधारित कृत्रिम घटना अभ्यास शुक्रवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास बाँके र बर्दिया जिल्लामा एकै पटक संचालन भएको थियो ।
विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको होे ।
उक्त क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो ।
अनलाइन प्राविधिबाट संचालन भएको उक्त कार्यक्रममा गाउँपाल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ ।
देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ ।
संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
सिराज खान
नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ ।
सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ ।
सोही क्रममा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो ।
हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली...