३२ असार २०८३, बिहीबार

विविध

बालबिवाह अन्त्यकालागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी

बालबिवाह अन्त्यकालागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, फागुन १४ । बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ । बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको आयोजना गरिएको थियोे । तीन दिनसम्म संचालन गरिएको सो गोष्ठि बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । जारी गरिएको घोषणा पत्रमा नगरपालिकाभित्र रहेका सबै सरोकारवालाले बालविवाह अन्त्यका लागि निरन्तर प्रयत्नशिल रहने, चालु आवमा नगरका दुई वडालाई वालविवाह मुक्त वडा घोषणा गरिने, बालविवाह रोक्न जनता माझ...
उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभामा चिन्ता व्यक्त सिराज खान नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिनुभयो । देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले द...
बालविवाह रोक्न बाँसगढीमा शिक्षकहरुसँग दुई दिने अभिमुखिकरण कार्यक्रम

बालविवाह रोक्न बाँसगढीमा शिक्षकहरुसँग दुई दिने अभिमुखिकरण कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, फागुन १० । बाँके युनेस्को क्लबले शिक्षा शाखा बाँसगढीसँगको समन्वयमा त्यस नगरपालिकामा रहेका सबै माध्यामिक बिद्यालयहरुका शिक्षकहरुसँग बालबिवाह, यसका कानुनी ब्यबस्थाहरु र बिद्यालयहरुमा अतिरिक्त क्रियाकपालहरुको सुनिश्चितता सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संपन्न गरेको छ । उक्त अभिमुखिकरण प्लान ईन्टरनेशनल नेपालसँगको साझदारीमा बाँके युनेस्को क्लबद्धार बर्दिया जिल्लामा संचालन गरेको बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संचालन गरिएको थियो । बिद्यालयहरुका शिक्षकहरुमा बालबिवाह, यसका कानुनी प्राबधान, यसका असरहरु, यसको न्युनिकरणमा बिद्यालयको भुमिका बिषयमा क्षमता अभिबृद्धी गरी उनीहरुमार्फत बिद्यालयमा बालबिवाह बिरुद्ध ब्यापक सचेतना अभिबृद्धि गरी बालबिवाह न्युनिकरणमा टेवा पुरयाउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्...
लैङ्गिक समानता र रोजगारीका अवसर सम्बन्धमा अभिभावकलाई अभिमूखिकरण

लैङ्गिक समानता र रोजगारीका अवसर सम्बन्धमा अभिभावकलाई अभिमूखिकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, माघ २८ । बाँके युनेस्को क्लबले रोजगारी अवसर र अभिभावकलाई लैंगिक समानताका बारेमा जानकारी दिन बर्दियाको ठाकुरबाबा नगरपालिकामा अभिमूखिकरण कार्यशाला सम्पन्न गरेको छ । लैङ्गिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो । लैङ्गिक समानता, मर्यादित कामका अवसर, सीपमूलक तालिमको महत्व र युवा विशेष गरी महिलालाई स्वरोजगार बनाउन तथा रोजगारीको अवसर प्रदान गर्ने विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । घर र समुदायमा सकारात्मक÷सहायक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ ...
प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, माघ १२ । नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले प्रहरीले कुनै पनि काम गर्ने नाममा रकम मागेमा आफुलाई जानकारी गराउन आग्रह गर्दै जानकारी भएपछि कडा कारवाही गरिने बताउनुभएको छ । उहाँले प्रहरीबाट हुने कमीकमजोरीलाई सुधार गर्ने गरि औंल्याइदिएर संगठन सुधार्न सहयोग गरिदिन पत्रकारहरुसँग अनुरोध गर्नु भएको छ । दाङ तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसँगको भेटघाटमा डीआईजी राईले ‘प्रहरीले कहाँ चाहिँ नराम्रो गरेको छ र त्यसलाई कसरी सुधार्न सकिन्छ,’ त्यस बारेमा पनि पत्रकारहरुले कलम चलाईदिन अनुरोध गर्नुभयो । प्रहरीले नराम्रो गरे प्रहरी कंट्रोल नम्बर १०० मा फोन गर्नुस, त्यसमा फोन गर्दा रेस्पोन्स भएन, तितो बोल्यो वा झर्कैर बोलेमा सिधै आफुलाई खबर गर्न राईले आग्रह गर्नु भएको छ । मुस्कानसहितको प्रहरी सेवा भनेको हुँदा प...
बाल विवाह न्युनिकरणकालागि माघीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना

बाल विवाह न्युनिकरणकालागि माघीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, पुस २९ । बाल विवाह न्युनिकरणकालागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा मघिमिलान कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रममार्फत बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज, बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन माफत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत सो सचेतना प्रदान गर्नु भएको थियो । बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदायको महान पर्व माघीको अवसरपा...
पत्रकार खान लगायत १३ जना पत्रकार सम्मानित र पुरस्कृत

पत्रकार खान लगायत १३ जना पत्रकार सम्मानित र पुरस्कृत

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस २४ । युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खान लगायत १३ जना पत्रकारहरु प्रस्कृत एवं सम्मानित भएका छन् । पत्रकार खान भने ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कारबाट पुरस्कृत हुनुभएको हो । पत्रकार खान नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा पत्रकार खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्नुभयो । पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आउनुभएको छ । उहाँ...
तरुण दलका युवामाथि आक्रमण गर्ने चार जना पक्राउ र सार्वजनिक

तरुण दलका युवामाथि आक्रमण गर्ने चार जना पक्राउ र सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, पुस १८ । बाँके प्रहरीले नेपालगञ्जमा तरुण दलका युवाहरुमाथि भएको सांघातिक आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । आइतवार दिउँसो नेपालगञ्ज ४ गणेशपुरमा तरुण दल नेपालगञ्जका सदस्य नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगञ्ज ४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाउने नेपालगञ्ज १८ का २९ वर्षीय विनय भण्डारीसहित ४जना पक्राउ परेका हुन् । बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई आइतवारनै डुडुवाबाट पक्राउ गरिएको बताउनुभयो । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताउनुभयो । घाइतेहरुको लखनऊमा उपचार भइरहेको छ । घाइतेमध्ये अनुरागको अवस्था ...
शान्तिसुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता–प्रहरी प्रमुख राठौर

शान्तिसुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता–प्रहरी प्रमुख राठौर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, पुस १५ । बाँकेको प्रहरी प्रमुखमा सरुवा भएर आउनु भएका एसपी सन्तोषसिंह राठौंरले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि पत्रकारहरुसंग कुरा गर्दै प्रहरी प्रमुख राठौरले नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरि शान्ति सुरक्षा कायम गर्ने लक्ष्य रहेको बताउनुभयो । भारतसंग सीमाना जोडिएको जिल्ला भएकोले यो जिल्लामा प्रहरीलाई धेरै चुनौती रहेको जनाउँदै उहाँले प्राप्त प्रहरी जनशक्तिको सदुपयोग गरेर नागरिक समाजको सहयोग लिएर प्रहरीलाई परिचालन गरिने बताउनुभयो । पाँच लाख जनसंख्या रहेको जिल्लामा १२ सय प्रहरीको सहारामा शान्ति सुरक्षा लगायत सबै काम गर्नु पर्ने हुँदा ठुलो चुनौती रहेपनि आफुले राम्रो काम गर्ने हरसंभव प्रयास गर्ने उहाँले बताउनुभयो । पत्रकारहरुलाई वाच डगको भूमिका निर्वाह गर्न आग्रह गर्द...
बि ग्रुपद्धारा बाँकेका स्वास्थ्यकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षा तालिम प्रदान

बि ग्रुपद्धारा बाँकेका स्वास्थ्यकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षा तालिम प्रदान

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस ८ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत स्वास्थ्यकर्मीलाई सो तालिम दिइएको हो । उक्त तालिममा नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाबाट १ जना, मनिकापुर स्वास्थ्यचौकीबाट २ जना, शहरी स्वास्थ्य केन्द्र वडा नं २ बाट २ जना, खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाबाट १ जना, सितापुर स्वास्थ्यचौकीबाट २ जना, डुडुवा गा।पा। स्वास्थ्य शाखाबाट १ जना र हिर्मिनिया स्वास्थ्यचौकीबाट २ जना गरी ११ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । पुस ५ गते द...