सिराज खान
नेपालगन्ज, कात्तिक २३ । मंसिर ४ गते नेपालमा हुने आम निर्बाचनलाई लिएर भारतीय सीमाबर्ति क्षेत्रको सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउने बिषयमा छलफल गर्न नेपाल र भारतका सीमाबर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको समन्बय बैठक नेपालगन्जको पाँच तारे होटल सोल्टी वेस्टर्न प्रिमियरमा चलिरहेको छ ।
बैठकमा नेपाल तर्फबाट बाके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु र भारतिय सीमाबर्ति जिल्ला बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्थात डिएम, प्रहरी प्रमुख अर्थात कप्तान सहित एसएसबीका उच्च अधिकारीहरु सहभागी हुनुहुन्छ ।
आम निर्बाचनका बेला सीमा क्षेत्रको सुरक्षा ब्यबस्था प्रभाबकारी बनाउने र निर्बाचनको मतदानका बेला सिमा नाका बन्द गर्ने लगायत लागुऔषध नियन्त्ररण, साना हतियार र बिस्फोटक पदार्थको ओसारपसार, अपर...
अन्य योजनाको पनि केही दिनमै काम शुरु हुने जानकारी
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २० । पछिल्लो पटक निकै कम समयका लागि मन्त्री बन्ने अवसर पाएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो ।
विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो ।
भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो ।
जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बज...
समाचारदाता
नेपालगञ्ज, कात्तिक ७ । नेपालगञ्जमा दुई पक्षविच वादविवाद भएपछि केही युवाले हवाई फायर गरेर भागेको जनाईएको छ । स्थानीय त्रिभुवन चोकको पुर्व लाइनमा आइतवार राती करिब १२ बजेको समयमा एकजना युवकसंग चार पाँच जनाको विवाद भएको र सो बढ्दै गएपछि विवाद गर्ने युवालाई स्थानीयले घेराउ गर्दा उनिहरुले पेस्तोल झिकेर हवाई फायर गरेर भागेको जनाईएको छ ।
निर्वाचनको बेलामा यसरी युवाहरुले पेस्तोल बोकेर हिंडदा सुरक्षामा ठुलो चुनौती उत्पन्न भएको छ । त्यसैपनि निकै संवेदनशिल मानिने बाँकेको निर्वाचन अघि यस्ता अपराधिक घट्ना हुनुले सुरक्षा व्यवस्थामा कडाई हुनुपर्ने आवश्यकताको बोध गराएको छ ।
बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले घट्नाको पुष्टि गर्दै हवाई फायर गर्नेहरुको पहिचान भैसकेकोले छिटै पक्राउ पर्ने बताउनुभयो । उहाँले सो घट्ना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै यसरी हतियार बोकेर हिड्ने...
समाचारदाता
नेपालगञ्ज, कात्तिक ५ । बी ग्रुपले बाल्मिकी समाज नेपाललाई कार्यालय स्थापनाका लागि एक लाख ७० हजार बराबारको सामाग्री सहयोग गरेको छ ।
बी ग्रुप, जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाललाई कार्यालय सञ्चालनका लागि एक लाख ७० हजार बराबरका विभिन्न सामाग्री सहयोग गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
सो सामाग्री बी ग्रुपक अध्यक्ष टेक बहादुर पुनले बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै बी ग्रुपका अध्यक्ष पुनले बाल्मिकी समाजको भलाई र उत्थानका लागि खोलिएको यो संस्थाले आफ्नो उदेश्य पुरा गर्नतर्फ सधैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि बाल्मिकी समाज नेपालका अध्यक्ष बाल्मिकीले बी ग्रुपको यो सहयोग र परियोजना दुबैले बाल्मिक...
समाचारदाता
नेपालगञ्ज, कात्तिक ५ । प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।
प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो ।
बाढीबाट पिडित भै घरबारबिहीन भएका र समस्यामा परेका बर्दियाको बारबर्दिया नगरपालिकाका ४९ र गुलरिया नगरपालिकाका ७६ परिवार गरेर १२५ परिवारलाई राहात वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले राहात पाएर अधिकांश बाढीपिडितहरु निकै खुशी भएको जनाउँदै राहातका लागि उनिहरुले सम्बन्धित सबै संघसंस्थाप्रति आभार प्रकट गरेको पनि बताउनुभयो ।
तिहार जस्तो महान चाडपर्वको समयमा बाढीपिडितल...
समाचारदाता
नेपालगञ्ज, असोज ३१ । बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकता विषयमा सुर्खेतमा परामर्श बैठकको आयोजना गरिएको छ ।
बैठकको अध्यक्षता गर्दै, सिजप काठमान्डौका अध्यष राजेश शर्माले बालविवाह सामाजिक हिंसाको रुपमा रहेकोले देशविकासका लागि बालविवाहको अन्त्य गरिनुपर्न आजको आवश्क्ता भएकाले यो परामर्श बैठकको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाख प्रमुखले कर्णाली प्रदेश सरकारका नीति तथा कार्यक्रम र कानुन निर्माण र भैरहेका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
कर्णाली प्रदेशमा बालविवाह बढी हुने गरेको र यस्लाई स्वास्थ्यको दृष्टिकोणबाट मात्र नहेरी, आर्थिक सामाजिक, शैक्ष...
नेपालगन्ज, असोज ३१ । प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, सामाजिक सचेतन सरोकार मंच स्याक र बि ग्रुपको साझेदारिमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका अर्चना चौधरीले एक दिनका लागि श्री नेरामाबि बेलुवाबज्या बिधालयको प्रधानाध्यापको भुमिका तथा प्रतिभा थारुले सोहि वडामा रहेको इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षकको भुमिका निर्वाह गरेका छन् ।
उक्त कार्यक्रममा इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिका दिवशको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस इकाला प्रहरि कार्यालयको प्रमुख जस्तो गरिमामय पद हस्तान्तरण गर्न पाउनु यस इकाला प्रहरि कार्यलयको लागी खुसी तथा यसको अबसरकोरुपमा लिएको बताए ।
उनले यस इलाका भित्र हुने कु...
समाचारदाता
नेपालगञ्ज, असोज २८ । प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ ।
सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध गराएको हो ।
बर्दियाको राजापुर नगरपालिकामा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका प्रतिनिधि जनक गिरि र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीलाई र गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह केसीलाई संयुक्त रुपमा राहात सामाग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै प्लानका प्रतिनिधि गिरीले प्लान नेपाल विपदको बेलामा बर्दियाली जनताको स...
समाचारदाता
नेपालगन्ज, असोज २४ । बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत सय थान ठुला त्रिपाल प्रदान गरेको छ ।
क्लबले बाँकेमा कतार च्यारिटीको आर्थिक सहयोग र बर्दियामा प्लान नेपालको समन्वयमा विपद व्यवस्थापन समितिलाई ५०–५० थान ठुला त्रिपाल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
गत बुुधवारदेखि भैरहेको अविरल बर्षाका कारण आएको बाढीबाट बाँके र बर्दियाका हजारौं बासिन्दा प्रभावित भै सयौं विस्थापित भएकोले उनिहरुलाई सहज होस भन्ने उदेशयले त्रिपाल उपलब्ध गराईएको क्लबले जनाएको छ ।
उक्त त्रिपाल बर्दियाका प्रमुख जिल्ला अधिकारी बंधु प्रसाद बास्तोलाई क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई क्लबका वित्तिय तथा प्रशासन प्रमुख वेद प्रसाद पंगाली र कार...
समाचारदाता
नेपालगञ्ज, असोज २४ गते । चट्यांग लागेर गम्भीर घाइते हुनु भएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना बृद्धको उपचारका क्रममा सोमवार विहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतवार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ गाउँपालिका ३ बनखेतस्थित आफ्नो घरदेखि दुई किलोमिटर उत्तरतर्फ गोठालो जानु भएका ६८ वर्षिय कालिबन बस्नेत चट्यांग परि गम्भीर घाइते अवस्थामा भेटिनु भएको थियो ।
घाइते बस्नेतलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पुरयाईए पनि उहाँको अवस्थामा सुधार नआएपछि आइतवार साँझ साढे सात बजे नेपालगञ्ज नर्सिंंग होममा रेफर गरिएको थियो ।
नर्सिंग होममै उपचारका क्रममा सोमवार विहान साढे चार बजे बस्नेतको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
आइतवार भिषण बर्षा भैरहेको बेला जिल्लाका धेरै खुला ठाउँमा चट्य...