२ माघ २०८२, बिहीबार

विविध

शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
महेन्द्र पुस्तकालयको अमृत महोत्सव भव्य रुपमा शुरु नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले यहाँ शालिकको राजनिति गरेर केहीले जनतालाई विकास निर्माणबाट बन्चित गराउन खोजेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो–सालिकनै बनाउने हो भने नेपालगञ्जको शिक्षा र स्वास्थ्यका लागि सबैभन्दा बढी योगदान गर्ने स्वर्गिय मंगल प्रसाद, फत्तेजंग शाह र औतार देईको सालिक बनाएर लगाउनुपर्छ । महेन्द्र पुस्तकालय ७५ वर्ष पुगेर ७६ औं वर्षमा लागेको अवसरमा मनाईएको अमृत महोत्सवको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री राईले आफु पनि कसैको सालिकको विरोधी नभएको जनाउँदै तर सर्वदलीय सहमति गरेर मात्र लगाउनु पर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले सालिककै कुरा गर्ने हो भने जसले बाँके र नेपालगञ्जको समग्र विकासको लागि बढी काम गरेको छ, जसले गर्दा जनतालाई धेरै ला...
बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, भदौ १ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८÷०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने अतिथीको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने रह...
नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ । नेपालगञ्ज र कोहलपुरका सडकमा अत्याधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपुर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको दुर्घटनाको जोखिम बढेका कारण आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले रत्नराजमार्गको जमहुनाहा कोहलपुर सडकखण्डको नेपालगञ्जस्थित गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो । यसका साथै जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रीट लाइटको अभाव देखिएकोले सो सडकमा दुबैतिर मुख फर्काईएका स्ट्रीट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले यसअघि उपमहानगरपालिका...
दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । बाँकेको कोहलपुर ६ सृजना चोक निवासी डिल्लीराम पोखरेल नेपालगञ्जबाट महेन्द्रनगरसम्म चल्ने बसको खलाशी हुनुहुन्थ्यो । बसमा खलाशीको काम गरेर उहाँको परिवारको गुजारा चल्ने गरेको थियो । तर २०६८ साल असोज २४ गते उहाँले नसोचेको घट्ना घट्यो । सो दिन महेन्द्रनगर नजिक उहाँले काम गर्ने बस पल्टिंदा बसमा सवार तीन जना यात्रीको मृत्यु भयो भने पाँच जना घाइते भए । गम्भीर घाइते भएकाहरु मध्ये एकजना पोखरेल पनि हुनुहुन्थ्यो । उहाँको दुबै खुट्टा च्यापिएर निकै चोट लागेको थियो । गम्भीर अवस्था भएकोले नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा रेफर गरियो । काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा दोस्रो दिननै पोखरेलको दायाँ खुट्टा काट्नु पर्यो । त्यसको ठीक एक वर्षपछि अर्को खुट्टाको घाउ पनि पाक्दै गएपछि सो खुट्टा पनि सोही अस्पतालमा काट्नु परेको पोखरेलले बताउनुभय...
कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखलाई बर्दिया युनेस्को संघले भव्य स्वागत र सम्मान गरेको छ । बर्दियाको राजापुर नगरपालिकाको मानपुर टपरामा आयोजना गरिएको एक बृहत्त कार्यक्रमकाविच संघले कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखलाई सो स्वागत सम्मान गरेको हो । बर्दियाको भ्रमणमा रहनुभएको बेला बाँके युनेस्को क्लबको टोलीसंगै राजापुरको मानपुर टपरा पुग्नु भएका कार्यवाहक निर्देशक शेषलाई फुलमालासहित भव्य स्वागत सम्मान गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर मायाको चिनो समेत प्रदान गरिएको थियो । बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरीले शेषलाई स्वागत सम्मान गर्दै थारु समुदायको पहिचान झल्काउने आकर्षक र सुन्दर ढकरीलाई मायाको चिनोको रुपमा प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले संघले गरेको स्वागत र सम्म...
जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २९ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई मन्त्री भएको २ महिना नपुग्दै उहाँको मन्त्रालयसंग सम्बद्ध विकास निर्माणका योजनाहरु बाँके जिल्लामा शुरु हुन थालेका छन् । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनुभएका मन्त्री राईको निर्देशनमा यसअघि साउन १५ गते नेपालगञ्जको पुष्पलाल चोकदेखि कम्दीस्थित सिधनिया घाटको राप्तीनदीको पुलसम्मको सडकलाई फराकिलो पार्ने योजनाको टेण्डर आह्वान गरिएको थियो । सोही प्रकारले मन्त्री राईकै निर्देशनमा आइतवार पनि बाँकेको जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिएको छ । त्यसका साथै महेन्द्रराजमार्गको किरननाला–बनकटवा सेक्सनको सडकलाई पनि अस्फाल्ट ओभरले गर्ने योजनाको समेत टेण्डर आइतवारनै आह्वान गरिएको छ । रत्नराजमार्गको ज...
प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो । प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे । त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाक...
मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २५ गते । ईस्लामिक नयाँ वर्ष हिजरी सम्वतको शुरुवातसंगै १० दिनसम्म मनाइने मोहर्रम बाँकेमा शान्तिपुर्ण रुपमा धामिर्क सदभाव र सामाजिक एकताका साथ सम्पन्न भएको छ । १० दिनसम्म बाँकेको नेपालगञ्ज लगायत विभिन्न ठाउँमा भव्य रुपमा दैनिक विभिन्न कार्यक्रम, जुलुस र सभा गरेर मोहर्रम सम्पन्न गरिएको हो । अन्तिम दिन दस तारिखमा भव्य जुलुससहित स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरिएको थियो । मोहर्रमलाई शान्तिपुर्ण, धामिर्क सदभाव, सामाजिक एकता र भाइचारका साथ सम्पन्न गर्न दस दिनसम्म अहोरात्र खटिने तथा सहयोग गर्ने विभिन्न धर्म समुदायका अगुवा, प्रहरी प्रशासनका प्रमुख, धार्मिक सदभाव समितिका पदाधिकारी, पत्रकारहरु र अन्य सामाजिक व्यक्तित्वलाई नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जले सम्मान गरेको छ । नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जका अध्यक्ष मेराज अहमद हिमालयका अनुसार ...
कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्ज, साउन २२ । बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । ‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन’ उहाँले भन्नुभयो । प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो । आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ( गोरखापत्र अन...
कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्ज, साउन १० । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षिय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षिया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐन बहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसंगै चुँडिएको डोरी फेला परेको बताउनुभयो । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिएपनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्कीएको जस्तो देखिएको घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाईएको मल्लको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर क...