नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । लागु औषधको ओसारपसार विरुद्ध सक्रियता बढाउँदै गएको बाँके प्रहरीलाई एकपछि अर्को गरेर सफलता प्राप्त हुँदै गएको छ । सोही क्रममा विहिबार दिउँसो जमुनाह प्रहरीले भारत जान लागेका दुई महिलासहितका तीनजनाको खान तलाशी गर्दा तीन किलो चरेस लुकाएर लैजान लागेको देखिएपछि चरेससहित तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई मिन बहादुर विष्टले दिनुभएको जानकारी अनुसार विहिबार दिउँसो करिब २ बजे जमुनाह नाकामा भारत जान लागेका जिल्ला सुर्खेत सिम्ता ४ का विरेन्द्र हमाल, सोही ठाउँकी दिपा बुढा र जाजरकोट शिवालय गापा २ की खिमा खत्रीमाथि शंका लागि चेकजाँच गर्दा ती दुई जना महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाएर राखिएको तीन किलो चरेस बरामद गरिएको छ ।
बरामद गरिएको चरेस र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी जमुनाहको हिरास...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १० । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सक्रिय रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जको पुष्पलाल चोक नजिक सडकमा दुर्घटनाको जोखिम बढेपछि मंगलवार माटो छर्केर दुर्घटनाको जोखिम टार्ने कार्य गरेको छ ।
यात्रु वाहक सवारी साधन ठुलो संख्यामा आवागमन गर्ने र रोक्ने मुख्य ठाउँ बनेको पुष्पलाल चोक नजिकको सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी दुर्घटना हुने संभावना भएका कारण सो सडकमा माटो हालेर दुर्घटना हुनबाट जोगाउने कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।
उहाँले नेपालगंज उप–महानगरपालिका वडा नं.१८ स्थित सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी साधन चिप्लिने र दुर्घटना हुने संभावना देखेर ट्रयाक्टरमा माटो बोकेर ल्याइ छर्किएको बताउनुुभयो ।
पछिल्लो स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ८ । नेपालगञ्जमा आइतवार विहान एक विद्यार्थिको मोबाइल लुटिएको छ । बाँके प्रहरी तस्कर विरुद्ध सक्रिय रहेको मौका छोपेर लुटपाट गर्नेहरु पनि सक्रिय भएको सो घट्नाले पुष्टि गरेको छ ।
नेपालगञ्जको आदर्श सेकेन्डेरी स्कुल कक्षा ११ मा अध्ययनरत एक विद्यार्थी बिद्यालय जाने क्रममा आइतबार बिहानै सडकमै लुटिएका हुन । मोटरसाइकलमा आएका दुईजना लुटेराले उनको मोबाइल लुटेर लगेका हुन ।
उक्त स्कुलमा पढ्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर बस्ने १७ बर्षिय प्रशान्त थापाको ‘रियल मि सी ३’ मोबाइल लुटिएको हो ।
भे ४ प ५४५८ नम्बरको कालो रंगको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजना लुटेराले आइतबार बिहान ६ बजेको समयमा न्यूरोडको भानुभक्त चोक नजिकबाट आफुलाई रोकेर हातपात गरी मोबाइल लुटेर भागेको विद्यार्थी थापाले बताउनुभयो ।
लुटेराहरुसङ्ग आफ्नो मोबाइल खोस्ने क्रममा थापा घाइते भ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ८ गते । बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन ।
स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताउनुभयो ।
उहाँका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उहाँलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उहाँ बेहोस हुनुभयो । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताउनुभयो ।
बाघले उहाँको घाटीको अगाडी र पछाडी दुब...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ५ । बाँकेको खजुरा बजारमा निर्माणाधिन फोरलेन सडक लामो समयसम्म नबन्दा आक्रोशित स्थानीयले सडक अवरोध गर्दै फेरी विरोध प्रदर्शन गरेका छन् ।
बजार क्षेत्रको निर्माणाधिन १८ सय मिटर बाटो ४ बर्षसम्म पनि कालोपत्रे नगरिएपछि बिहिबार स्थानीयले बिहानैदेखि नेपालगञ्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शनमा उत्रिएका थिए ।
स्थानीयले सवारी साधनको आवागमन बन्द गरेर विरोधमा उत्रिएपछि सो राजमार्गमा चल्ने सयौं सवारी साधन चार घण्टासम्म दुबैतर्फ रोकिएका थिए । पटक पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानिय सतिश निरौलाले बताउनुभयो ।
उहाँले सडक निर्माणको काम अलपत्र हुँदा दिनहुुँ सडक दुर्घटनाहरु हुने गरेको र धुलोबाट स्थानीय विरामी पर्न थालेको बताउनुभयो ।
निर्माण कम्पनीले सडक निर्माणको कामलाई चार वर्षद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । बाँके र बर्दियाका विभिन्न स्थानमा पेस्तोल दखाई परिवारलाई बन्धक बनाएर डाँका मार्दै आएका दुई जना भारतीय डाँकालाई प्रहरीले पेस्तोलसहित पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको खजुरामा सुन व्यवसायीको घरमा र बर्दियाको बढैयातालमा एक व्यवसायीको घरमा पेस्तोल लगायतका हतियारको भरमा डाँका मारेर ठुलो रकम लुटपाट गरेका दुई जना भारतीय डाँकालाई पेस्तोलसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाँके खजुरा डि गाउँ बस्ने हरी प्रकास बिकको घरमा हतियारसहित पसेर ५० हजार नगद, साढे तीन तोला सुन र एक मोटरसाइकल लुट्ने तथा बर्दिया बढैयाताल ८ सितलाबजार बस्ने पर्शुराम सार्कीको घरमा पसेर पेस्तोल देखाई ३ लाख ३५ हजारको नगद र सुन लुट्ने भारतीय डाँकालार्ई पेस्तोलसहित पक्राउ गरिएको बताउनुभयो ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २० । लागु औषध सेवन र कारोबार रोक्न अभियाननै सञ्चालन गरेर एकसनमा उत्रिएको बाँके प्रहरीको अपरेसन निरन्तर जारी रहेको छ । प्रहरी सक्रियतालेनै दिनदिनै लागु ओषध कारोबारीहर पक्राउ पर्दै आएका छन् । तर पनि ओसार पसार र कारोबार भने जारी नै रहेको छ भने प्रहरीले पनि दैनिकजसो पक्राउ गरेर उनिहरुलाई ठीक पार्ने अभियान जारी नै राखेको छ ।
सोही क्रममा विहिबार बाँकेको नेपालगञ्जबाट प्रहरीले ३६ ग्राम लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी मधुसुधन न्यौपानेले नेपालगञ्ज उपमहानगरपालिका ७ गगनगञ्जबाट बिहिबार दुई पटक गरेर ३६ ग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको बताउनुभयो ।
उहाँले दिउँसो करिब सवा ३ बजेको समयमा गगनगञ्ज बस्ने आदित्य श्रेष्ठको घरमा लागूऔषध ब्राउन सुगर ल्याएर बेचबिखन भईरहेको भन्ने गोप्य सूचन...
जे पाण्डे
नेपालगन्ज, ८ माघ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्याएर बलात्कार गरेको र त्यसपछि पुनस् घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनस् घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पछि अर्का एक जनालाई नियन्त्...
सिराज खान
नेपालगञ्ज, माघ ६ गते । बिहीबार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार यो वर्षको सबैभन्दा बढी चिसो मापन गरिएको हो । बिहीबार बिहानको तापक्रम ६।८ डिग्री मापन भएको छ ।
बुधबारसम्म यहाँको तापक्रम ९ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीका अनुसार बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।
नेपालगञ्जमा सबैभन्दा कम सन् २०१३ को १० जनवरीमा ०।३ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख पराजुलीका अनुसार नेपालगञ्जको न्युनतम तापक्रम शनिवारसम्म घट्दै जाने अनुमान गरिएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । सावधानी नअपनाउँदा लक्ष्मी पुजा गर्ने क्रममा नेपालगञ्जको धम्बोझीमा विहिबार राती आगलागी भएको छ । दियो बाल्ने क्रममा गरिएको बेवास्ता र लापरवाहीले गर्दा नेपालगन्ज–१ धम्बोझीस्थित शिव मन्दिर नजिक रहेको चन्दा काँदुको घरमा राती साढे नौ बजे आगलागी भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार काँदुको एक तले पक्की घरमा आगलागी हुँदा करिव एक लाख जति नगद र पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । काँदुको घरमा डेरा गरी बस्ने आदित्य वर्नवालले लक्ष्मी पूजा गर्न बालेको दियोबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले प्रहरीले पटक पटक होसियार भएर पर्व मनाउन आग्रह गरेपनि बेवास्ता गरिएपछि क्षति व्यहोर्नु परेको जनाउनुभयो ।
लक्ष्मी पुजा गर्ने क्रममा आगलागी भएपछि तत्कालै दमकल र प्रहरी पुगेर आगो निभाईएको थि...