सिराज खान
नेपालगञ्ज, साउन ३१ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ ।
नेपालगञ्ज र कोहलपुरका सडकमा अत्याधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपुर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको दुर्घटनाको जोखिम बढेका कारण आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको मन्त्री राईले बताउनुभयो ।
उहाँले रत्नराजमार्गको जमहुनाहा कोहलपुर सडकखण्डको नेपालगञ्जस्थित गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।
यसका साथै जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रीट लाइटको अभाव देखिएकोले सो सडकमा दुबैतिर मुख फर्काईएका स्ट्रीट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको मन्त्री राईले बताउनुभयो ।
उहाँले यसअघि उपमहानगरपालिका...
सिराज खान
नेपालगञ्ज, साउन ३१ । बाँकेको कोहलपुर ६ सृजना चोक निवासी डिल्लीराम पोखरेल नेपालगञ्जबाट महेन्द्रनगरसम्म चल्ने बसको खलाशी हुनुहुन्थ्यो । बसमा खलाशीको काम गरेर उहाँको परिवारको गुजारा चल्ने गरेको थियो ।
तर २०६८ साल असोज २४ गते उहाँले नसोचेको घट्ना घट्यो । सो दिन महेन्द्रनगर नजिक उहाँले काम गर्ने बस पल्टिंदा बसमा सवार तीन जना यात्रीको मृत्यु भयो भने पाँच जना घाइते भए ।
गम्भीर घाइते भएकाहरु मध्ये एकजना पोखरेल पनि हुनुहुन्थ्यो । उहाँको दुबै खुट्टा च्यापिएर निकै चोट लागेको थियो । गम्भीर अवस्था भएकोले नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा रेफर गरियो ।
काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा दोस्रो दिननै पोखरेलको दायाँ खुट्टा काट्नु पर्यो । त्यसको ठीक एक वर्षपछि अर्को खुट्टाको घाउ पनि पाक्दै गएपछि सो खुट्टा पनि सोही अस्पतालमा काट्नु परेको पोखरेलले बताउनुभय...
समाचारदाता
नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ ।
च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो ।
कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु भएको थियो भने दोस्रो दिन र तेस्रो दिन बाँकेको नेपालगञ्ज, बैजनाथ, नरैनापुर, राप्तीसोनारी, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा पुगेर अनुगमन गर्नु भएको थियो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले दिनु भएको जानकारी अनुसार शेषसहितको क्लबको टोलीले बाँकेको बैजनाथ चिसापानीमा निर्मित शौचालय, राजापुरको बदालपुर स्वास्थ्य चौकीमा प्रदान ग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २९ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई मन्त्री भएको २ महिना नपुग्दै उहाँको मन्त्रालयसंग सम्बद्ध विकास निर्माणका योजनाहरु बाँके जिल्लामा शुरु हुन थालेका छन् ।
बाँके क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनुभएका मन्त्री राईको निर्देशनमा यसअघि साउन १५ गते नेपालगञ्जको पुष्पलाल चोकदेखि कम्दीस्थित सिधनिया घाटको राप्तीनदीको पुलसम्मको सडकलाई फराकिलो पार्ने योजनाको टेण्डर आह्वान गरिएको थियो ।
सोही प्रकारले मन्त्री राईकै निर्देशनमा आइतवार पनि बाँकेको जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिएको छ ।
त्यसका साथै महेन्द्रराजमार्गको किरननाला–बनकटवा सेक्सनको सडकलाई पनि अस्फाल्ट ओभरले गर्ने योजनाको समेत टेण्डर आइतवारनै आह्वान गरिएको छ ।
रत्नराजमार्गको ज...
समाचारदाता
नेपालगञ्ज, साउन २८ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो ।
प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाक...
समाचारदाता
नेपालगञ्ज, साउन २८ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा रहेका अपाङ्गता भएका विपन्नहरु व्यक्तिहरुलाई तीन पांग्रे साइकल वितरण गरेको छ ।
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर, कोहलपर नगरपालिका र खजुरा, डुडुवा तथा राप्तीसोनारी गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिलाई हिडडुल र आवागमनमा सहज होस भन्ने उदेश्यले तीन पांग्रे साइकल वितरण गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले विभिन्न कारणले खुट्टा गुमाएर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकाहलाई सहजताका लागि सो तीन पांग्रे साइकल वितरण गरिएको बताउनुभयो ।
नेपालगञ्जमा आयोजित एक अनौपचारिक समारोहका विच अपाङ्गता भएका व्यक्तिलाई कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक स...
समाचारदाता
नेपालगञ्ज, साउन २७ । कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ ।
कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो ।
शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको समीक्षा गर्न संक्षिप्त बैठकको आयोजना गरेर राम्रो शिक्षा, स्वास्थ्य, पोषण र खाद्य सुरक्षाको लागि गरिब समूहहरू, कमजोर समुदायहरू र जातीय अल्पसंख्यकहरूको दिगो जीविकोपार्जन बढाउने कुरामा छलफल गरेको थियो ।
बैठकपछि सो टोलीले कतार च्यारिटीको सहयोगमा सञ्चालित कुखुरा पालन, किराना, रेस्टुरेन्ट, पावर टिलर, खानेपानी र सिचाईका लागि गरिएको बोरिंगको स्थलगत अनुगमन गरेको...
समाचारदाता
नेपालगञ्ज, साउन २७ । बाँकेका विपन्न, जोखिममा परेका तथा सीमान्तकृत परिवारलाई मौरी पालनका लागि कतार च्यारिटीले बाँके युनेस्को क्लबमार्फत सहयोग गरेको छ ।
क्लबले जिविकोपार्जनका लागि मौरी पालन परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र खजुरा तथा डुडुवा गाउँपालिकाका ६ विपन्न परिवारलाई मौरी पालनका लागि विभिन्न सहयोग गरेको हो ।
हरेक परिवारलाई मौरी भरिएका ८–८ वटा घार र अन्य विभिन्न उपकरण प्रदान गरिएको थियो ।
एक अनौपचारिक समारोहका विच कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक ईरशाख शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले मौरी भरिएका घार र अन्य उपकरण वितरण गर्नुभयो ।
सो अवसरमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले कतार च्यारिटीले विपन्नहरुका लागि थुप्रै प...
सिराज खान
नेपालगञ्ज, साउन २७ गते । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाई लगायत पानीको अभावमा अन्य खेतीबारी समेत हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ ।
पानीको अभावमा खडेरी परेको ठहर गर्दै गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको हो ।
सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले यस पटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाई नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
उहाँले केही किसानले बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको हुँदा किसान अतिनै समस्यामा परेको बताउनुभयो ।
चर्को गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको अभाव हँुदा सो पालिकालाई सुख...
समाचारदाता
नेपालगञ्ज, साउन २६ । वातावरण लगायत विभिन्न क्षेत्रमा काम गर्दै बाँकेको अग्रणी गैर सरकारी संस्था भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) ले फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने उदेश्यले विशेष अभियान सञ्चालन गर्न लागेको छ ।
फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने तथा जनचासोको दायरालाई फराकिलो पार्ने उदेश्यका साथ ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान सञ्चालन गर्न लागिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो ।
अभियान बारे जानकारी गराउन विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक सुनारले फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने सरसफाईकर्मीहरुको व्यक्तिगत तथा सामुहिक क्षमता अभिबृद्धिका लागि सहजीकरण गरिरहेको बताउनुभयो ।
सो का लागि संस्थाले विश्वका चिकित्सकहरु नामक अन्तराष्टिय गैर सरकारी...