१० बैशाख २०८३, बिहीबार

अर्थ

भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, असार १४ । बाँके बर्दिया लगायत पश्चिम नेपालमका पर्यटकीय स्थलमा भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जका पर्यटन व्यवसायीहरु पुनः सक्रिय भएका छन् । कोरोनाका कारण ओरालो लागेको पर्यटन व्यवसायलाई फेरी रफ्तार दिन बाँकेका व्यवसायीहरु क्रियाशिल भएका हुन् । सो क्रममा यहाँस्थित पाँच तारे होटेल सोल्टी वेष्ट्रन प्रिमियमले नेपालगञ्जमा नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयर आयोजना गरेर भारतीय पर्यटक आकर्षित गर्ने अभियान शुरु गरेको छ । सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन आयोजना गरिएको नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयरमा भारतको उत्तर प्रदेशका शहरहरु लखनउ, कानपुर, बनारस, रायबरेली, गोरखपुर लगायत बिभिन्न शहरका १९ जना ठुला पर्यटन व्यावसायीहरु सहभागी भएको आयोजक होटेल सोल्टी वेष्ट्रन प्रिमियमले जनाएको छ । भारतीय पर्यटन व्यावसायीहरुलाई नेपालगञ्ज र नेपालगञ्ज हुँदै पुग्न सकिने बाँके ...
होटल व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न प्रहरी प्रशासनको आग्रह

होटल व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न प्रहरी प्रशासनको आग्रह

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
संघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र पदास्थापना सम्पन्न नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार ४ । होटल व्यवसायी संघ बाँकेका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम शनिवार सम्पन्न भएको छ । संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका रंग बहादुर खड्कालाई एक औपचारिक कार्यक्रममा निर्वाचन अधिकृत बसन्त गौतमले सपथ ग्रहण गराउनु भयो भने अध्यक्ष खड्काले वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीसहित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो । यसअघि कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो भने विशिष्ठ अतिथिहरु बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, होटल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, निवर्तमान अध्यक्ष भिम कँडेल, पर्यटन प्रवर्धन मन्चका अध्यक्ष कृ...
कपास खेती विस्तारका लागि अध्यक्ष काफ्ले आफै पुगे किसानको खेतबारीमा

कपास खेती विस्तारका लागि अध्यक्ष काफ्ले आफै पुगे किसानको खेतबारीमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
लमही राजपुरका किसानलाई एकदिने तालिम प्रदान नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ असार । कपास खेतीको विस्तारका लागि कपास विकास विकास समितिका नवनियुक्त अध्यक्ष हेमन्तराज काफ्ले अहिले आफै सक्रिय भएर किसानका खेतसम्म पुग्न थाल्नु भएको छ । कपास खेतीलाई पुरानै अवस्थामा पुरयाएर किसानलाई सम्पन्न बनाउने एक मात्र लक्ष्य र उदेश्यका साथ अध्यक्ष काफ्ले अहिले किसानका खेतसम्म पुगेर वास्तविक अवस्था बुझ्ने कार्यमा सक्रिय हुनुहुन्छ । सोही क्रममा दांगको लमही क्षेत्रमा समितिका प्राविधिकसहित पुगेर अध्यक्ष काफ्लेको टोलीले सो क्षेत्रका किसानका लागि एक दिने प्रविधि सम्बन्धि तालिमको पनि आयोजना गरेर किसानलाई तालिम प्रदान गरिएको छ । कपास बिकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा सम्पन्न भएको प्रविधि सम्बन्धि तालिम कार्यक्रम स्था...
अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असार १ । अत्याधिक गर्मी र लु त्यसमाथि अनियमित विद्युत । केही दिन यता बाँकेवासीको जिवन अतिनै कष्टकर छ । जिल्लाका अधिकांश वासिन्दाले विद्युत समस्या समाधान गर्न सम्बन्धित निकायमा हारगुहार गरिरहेका छन् । तर, उनिहरुको हारगुहार कसैले सुनेको देखिएको छैन । स्थानीय कर्मचारीलाई गुनासो गरेर थाकेपछि सर्वसाधारणले कुलमान घिसिंग समेतलाई गुहारेका छन् । घिसिंगले पनि आश्वासन बाहेक अहिलेसम्म यहाँका लागि केही गरेको देखिएको छैन । यसैविच सो समस्या समाधान नभएपछि राजनितिक दलहरु जनताको पक्षमा सक्रिय हुन थालेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस बाँके सो का लागि अगाडी आएको छ । प्रचण्ड गर्मी र लु का विच विगत केही समयदेखी चर्किंदै गएको बिद्युत आपुर्तिको समस्या तत्काल समाधान गराउन माग गर्दै नेपाली काँग्रेस बाँकेले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेसका केन्द्...
सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्ज, असार १ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिफ्टा सिंचाई आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समसम्म परियोजनाले गति लिन नसकेको पाइएको छ । आर्थिक वर्ष २०६०।६१ बाट सुरु भएको उक्त आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको आयोजना निर्देशक डा सन्तोष कैनी बताउनुहुन्छ । लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित सिफ्टा सिंचाइ आयोजना अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलब्ध गराउन यो आयोजनाको निर्माण गरिएको हो । यस आयोजनाको पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ ह...
नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विचार
जी आर भुषाल नेपालको पैसा कता गयो भन्ने प्रश्न अहिले धेरै उठ्न थालेको छ, यसमा धेरै बहस भैरहेको छ, कसैले सिरानी मुनि राखेको छ भन्छन त कसैले भ्रस्टाचार भो पैसा लुक्यो भन्ने खालका कुराहरु गर्ने गर्दछन । बैंकमा तरलता अभाव भएको विषय अहिले आर्थिक मात्र नभई अन्य क्षेत्रको पनि चासोको विषय बनेको छ । अहिले नेपाली बजारले निकै तरलता अभाव खेपीरहेको छ र थुप्रै ब्यक्तिहरुको मुखमा यस्तो अभाव कसरी भयो ? भन्ने सवाल पटक पटक उठेको देखिन्छ सुनिन्छ । नेपालमा अबैधानिक तरिकाले कमाएको पैसा समेत सजिलै बैंक च्यानल तथा विभिन्न ठाउमा ठेगान लगाउन मिल्ने र यहाँ सम्पत्ती शुद्धिकरण पनि खासै प्रभावकारी नभएको हुँदा ठूलो परिमाणमा लुकेको पैसा छ जस्तो मलाइ लाग्दैन । त्यसैले बजारमा आउने तरलताका विषयमा मैले बुझेको कुरा यहाँ सर्वसाधारणलाई स्पस्ट पार्न कोशिस गरेको छु ः नेपालमा खास पैसाको दुई प्रकारको मुद्रामा बचत,आम्दानी र भुक्त...
जमुनाहा कोहलपुर विचका मापदण्ड विपरितका संरचना हटाउन दुई महिनाको समय माग

जमुनाहा कोहलपुर विचका मापदण्ड विपरितका संरचना हटाउन दुई महिनाको समय माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, चैत १२ । बाँके चेम्बर अफ कर्मसले सडक क्षेत्रभित्र परेका संरचना हटाउन दुई महिनाको समय माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै चेम्बर अफ कमर्सले यस्तो माग गरिएको हो । नेपालगन्ज कोहलपुर सडक विस्तार गर्ने क्रममा सडक डिभिजन कार्यालयले पुर्ववत तयारी र आवश्यक प्रक्रिया नअपनाई विषम परिस्थिती सिर्जना गरिरहेको गुनासो गर्दै दुई महिनाको समय माग गरिएको छ । कोभिडले बजार, ब्यवसाय धरासायी भएको अवस्थामा सडक डिभिजन कार्यालयले मापदण्डभित्र परेका संरचनाहरुमा मार्किङ गर्नुपर्ने, सरोकारवाला घरधनीलाई उचित समयावधि सहितको सूचना दिनुपर्ने लगायतको सर्वमान्य सिद्धान्त विपरित गरिएको बल प्रयोगको विरोध गर्दै कम्तिमा पनि दुई महिनाको समयसीमा दिनुपर्ने माग सो संगठनले गरेको छ । सडक डिभिजन कार्यालय अगाडीकै एक संरचना भत्काएपछि उत...
पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ । नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो । सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो । उक्त पसलमा सुनचाँदी व...
बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ५ गते । बाँकेका वरिष्ठ व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको शनिवार विहान नेपालगञ्जमा निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ पुर्व केन्द्रिय सदस्य र नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रहनु भएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्यको शनिवार विहान ९ बजे भेरी अस्पतालमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले बताउनुभयो । नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिने आचार्य २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो । लामो समय देखि क्यान्सर रोगले पिडित उहाँले लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो । प्युठानको खैरामा जन्म...
पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३ । नेपालगन्जमा चाय सुत्ता बार युनिक प्वाइन्ट सन्चालनमा आएको छ । लुम्बिनी प्रदेशको पुरानो शहर नेपालगन्जको त्रिभुवन चोकस्थित नारायण माबि नजिक सञ्चालनमा आएको चाय सुत्ता बार युनिक प्वाइन्टको एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बुधवार साँझ उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टीका नेपालगन्ज उपमहानगरपालिका ८ नम्बर वार्ड इकाईका अध्यक्ष सफीक सिद्दिकि गुड्डु, वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष निजामुद्दीन सिद्दिकी मुन्ना, हमीद शेष , हनीफ शेष तथा जसपाका नेताहरु श्रवण यादव, रमारानी गुप्ता, माजिद शेष लगायत लगायत ५० भन्दा बढीको उपस्थिति रहेको थियो । संचालनमा आएको युनिक प्वाइन्टमा हुक्का बार, चिया, कफि, स्वादिष्ट दहि लगायत पाइने प्वाइन्टका प्रोप्राइटर वसिम शेषले बताउनुभयो । उहाँले युवाको ...