समाचारदाता
नेपालगन्ज, जेठ १८ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन गरिएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् ।
क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ती तालिमहरु सञ्चालन गरिएका थिए ।
ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरियो ।
ठाकुरबाबामा प्रमाणपत्र बितरण गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले व्यवसायिक तालिमको आयोजना गरेकोमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबलाई धन्यवाद दिँदै युवाले आफुले सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै आफ्नो व्यवसायलाई सुदृढ पार्नुपर्नेमा दिनु...
समाचारदाता
नेपालगन्ज, बैशाख ३१ । बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन गरेको हो ।
बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो संवाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिका भित्रका युवालाई शसक्त बनाउने अभियानमा पालिकाले हर संभव सहयोग गर्ने जनाउँदै युवालाई बढी भन्दा बढी अवसर प्रदान हुने कार्यक्रम र योजना बनाउने बताउनुभयो ।
सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछानेले पालिका भ...
समाचारदाता
नेपालगन्ज, बैशाख २६ । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो ।
बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद...
समाचारदाता
नेपालगन्ज, बैशाख २० । बाँके युनजेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत राजापुर र ठाकुरबाबा नगरपालिकामा एकैसाथ व्यावसायिक अर्गानिक तरकारी खेती, हस्तकला सामाग्री उत्पादनसम्बन्धी र गड्यौला मल उत्पादन सम्बन्धि तालिम सुरु गरिएको छ ।
व्यावसायिक अर्गानिक तरकारी खेती सम्बन्धि सिप किास तालिम र हस्तकला सामाग्री उत्पादनसम्बन्धी तालिम एक महिनासम्म चल्ने तथा गड्यौला मल उत्पादन तालिम १५ दिनसम्म चल्ने क्लबले जनाएको छ ।
अर्गानिक तरकारी खेती सम्बन्धि तालिममा आठ जना, हस्तकला सामाग्री उत्पादन तालिममा नौ जना र गड्यौला मल उत्पादन तालिममा १३ जना गरि १८ देखि २४ वर्ष उमेर समुहका ३० जना युवतीहरुको ती तालिममा सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
तालिमका सहभानगिहरुले हरित व्यापार र लघु उद्यममार्फत समाजमा सम्मानजनक जीव...
समाचारदाता
नेपालगन्ज, चैत २३ गते । बाँके युनेस्को क्लबले नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराएको छ ।
क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ‘सामाजिक संरक्षण परियोजना’ अन्तर्गत अनाथ बालबालिकाले पनि अन्य बालबालिकाजस्तै नजिकको मार्केटमा गएर ईदका लागि कपडा जुत्ता लगायतका सामान खरिद गर्न पाउन भन्ने उदेश्यका साथ सो खरिदारी गराएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उँहाले मुस्लिम समुदायको महान पर्व ईदलाई उत्साहका साथ मनाउनका लागि ७७ जना बालक र ५३ जना बालिका गरी १३० जना अनाथ बालबालिकालाई प्रत्येक बालबालिकालाई चार हजार चारसय रुपियाँ बराबरको कपडा लगायत खरिद गराएको बताउनुभयो ।
क्बलका अनुसार बालबालिकालाई अभिभावकसहित स्कुल बसमा राखेर नेपालगन्जको सबैभन्दा ठुलो सुपर मार्केट भाटभटेनीमा ...
समाचारदाता
नेपालगन्ज, चैत १६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो ।
सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाबाट १५ जना गरी कुल ३० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारणले क्षतविक्षत हुने वातावरणको नकारात्मक असरका बारेमा केन्द्रित रहेर युवतीहरूलाई ज्ञान प्रदान गर्नु तालिमको मुख्य उदेशय रहेको बताउनुभयो ।
तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै...
समाचारदाता
नेपालगन्ज, चैत १३ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका समाजसेवी युवा राजा खानको सहयोगमा ग्रामिण क्षेत्रका ६ जना विपन्न किशोरीहरुलाई साइकल बितरण गरिएको छ ।
विपन्न किशोरीको विद्यालयमा पहुँच बढाउन राप्तीसोनारी र नरैनापुरका ६ जना किशोरीलाई समाजसेवी तथा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानद्धारा प्राप्त साईकल उपलब्ध गराईएको हो ।
फत्तेपुरमा आयोजना गरिएको रोजा खोल्ने कार्यक्रम सामूहिक इफ्तारपछि युथ टुडेका सम्पादक आलम खानले समाजसेवी खानद्धारा प्राप्त भएका ती साइकल बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई हस्तान्तरण गर्नुभयो ।
विद्यालय टाढा भएका बिपन्न किशोरीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको समाजसेवी खानले टेलीफोनमा नेपालगन्ज पाटीलाई बताउनुभयो ।
रोजा इफ्तार र साइकल वितरणको अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले व...
समाचारदाता
नेपालगन्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो ।
सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाका १५ जना गरी कुल ३० जना युवतिहरुको सहभागिता रहेको थियो ।
बर्दियाका युवा महिलाहरूलाई आत्म–जागरूकता, प्रभावकारी संचार कौशल र अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा सहमति कौशल, निर्णय क्षमता, समस्या समाधान र नेतृत्वमा केन्द्रित ज्ञान प्रदान गर्नु सो तालिमको मुख्य उदेश्य रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार तालिमका सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उ...
समाचारदाता
नेपालगन्ज, चैत ६ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा पालिकामा “फोहरलाई मोहर” (फोहरमैला व्यवस्थापनबाट रोजगारी सिर्जना गर्ने) विषयक तीन दिने तालिम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।
३० जना युवतिहरुको सहभागिता रहेको सो तालिमको समापन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले फोहोर व्यवस्थापनबाट आय आर्जन गर्ने र रोजगारी सृजना गर्न सहयोग गर्ने यस्तो तालिमले फोहोर व्यवस्थापनसंगै आर्थिक विकास पनि हुने बताउनुभयो ।
उहाँले राजापुरमा सञ्चालन गरिएको हरित अर्थतन्त्र परियोजनालाई सफल पार्न नगरपालिकाले हरेक प्रकारको सहयोग र समर्थन गर्ने पनि बताउनुभयो ।
तालिम समापन कार्यक्रमकी अध्यक्ष तथा तालिमका सहभागि आकृति चौधरीले यो तालिमबाट सहभागिहरुलाई विभिन्न किसिमका फोह...
समाचारदाता
नेपालगन्ज, चैत ३ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्वारामा आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम आयोजना गरिएको थियो ।
ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जनाको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने, अर्गानिक तरकारी खेती र हस्तकला बनाउने जस्ता लघुउद्यम सम्बन्धी महत्वपूर्ण ज्ञान सहभागिहरुलाई प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो तालिमको मुख्य उद्देश्य १८ देखि २४ वर्ष उमेर समूहका युवा युवतीहरूको सशक्तीकरण र रोजगारी सिर्जना गर्न बढ्दो ग्लोबल वार्मिंग, वातावरण प्रदूषण र प्रतिकूल प्रभाव जस्ता वातावरण संरक्षणमा हरित व्यापार र लघु उद्यमह...