समाचारदाता
नेपालगन्ज, असार ३१ । लुम्विनी प्रदेशका निवर्तमान कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँके क्षेत्र नं. २ प्रदेश क मा लुम्विनी प्रदेश सरकारको बजेटबाट सम्पन्न भएका योजनाहरुको अनुगमन गर्नु भएको छ ।
आर्थिक वर्ष ०८०÷८१ मा संचालन भएका योजनाको अवस्थाको जानकारी लिन निवर्तमान मन्त्री यादवले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा निर्माण कार्यहरु सन्तोषजनक पाईएको उहाँले बताउनुभयो ।
निवर्तमान मन्त्री यादवले डुडुवा गाउँपालिका २ बेतहनी बजारदेखि छोटी भन्सार जोड्ने एक किलोमिटर सडक एक करोडको लागतमा कालोपत्रे गरिएको जनाउँदै डुडुवा गाउँपालिका २ बिनय लोनियाको घरदेखि नौरीगौढीसम्म नालासहित पिसीसी निर्माण भएको बताउनुभयो । क्रमागत योजना अन्तरगत उक्त नाला र पिसिसिका लागि २० लाख बजेट विनियोजन भएको थियो ।
त्यसैगरी, डुडुवा गाउँपालिका ३ हलवलडोली गाउँमा २० लाख रुपियाँमा पिसीसी गरिएको छ ...
समाचारदाता
नेपालगन्ज, असार २६ गते । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यहरुको अवस्था बारे जानकारी लिनका लागि बुधवार संयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको सहभागितामा सो अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न गरियो ।
अनुगमनमा निस्कनु अघि कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराउँदै प्रगति बिवरण प्रस्तुत गर्नुभयो ।
त्यसपछि अनुगमन टोलीले डुडुवा ६ बल्दीपुरवामा रहेको बल्दिपुरवा कृषि सहकारी संस्थामार्फत किसानहरुलाई प्रदान गरिएका विभिन्न कृषि उपकरणहरुको उपादयता बारे जानकारी लिएको थियो ।
सो अवसरमा बल्दिपुरवा कृषि सहकारी संस्थाका अध्यक्ष उमेश...
समाचारदाता
नेपालगन्ज, असार ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर (सिभिए) मार्फत स्टार्टअप सहयोग बितरण गरिएको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनिहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत...
समाचारदाता
नेपालगन्ज, जेठ १८ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन गरिएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् ।
क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ती तालिमहरु सञ्चालन गरिएका थिए ।
ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरियो ।
ठाकुरबाबामा प्रमाणपत्र बितरण गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले व्यवसायिक तालिमको आयोजना गरेकोमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबलाई धन्यवाद दिँदै युवाले आफुले सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै आफ्नो व्यवसायलाई सुदृढ पार्नुपर्नेमा दिनु...
समाचारदाता
नेपालगन्ज, बैशाख ३१ । बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन गरेको हो ।
बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो संवाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिका भित्रका युवालाई शसक्त बनाउने अभियानमा पालिकाले हर संभव सहयोग गर्ने जनाउँदै युवालाई बढी भन्दा बढी अवसर प्रदान हुने कार्यक्रम र योजना बनाउने बताउनुभयो ।
सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछानेले पालिका भ...
समाचारदाता
नेपालगन्ज, बैशाख २६ । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो ।
बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद...
समाचारदाता
नेपालगन्ज, बैशाख २० । बाँके युनजेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत राजापुर र ठाकुरबाबा नगरपालिकामा एकैसाथ व्यावसायिक अर्गानिक तरकारी खेती, हस्तकला सामाग्री उत्पादनसम्बन्धी र गड्यौला मल उत्पादन सम्बन्धि तालिम सुरु गरिएको छ ।
व्यावसायिक अर्गानिक तरकारी खेती सम्बन्धि सिप किास तालिम र हस्तकला सामाग्री उत्पादनसम्बन्धी तालिम एक महिनासम्म चल्ने तथा गड्यौला मल उत्पादन तालिम १५ दिनसम्म चल्ने क्लबले जनाएको छ ।
अर्गानिक तरकारी खेती सम्बन्धि तालिममा आठ जना, हस्तकला सामाग्री उत्पादन तालिममा नौ जना र गड्यौला मल उत्पादन तालिममा १३ जना गरि १८ देखि २४ वर्ष उमेर समुहका ३० जना युवतीहरुको ती तालिममा सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
तालिमका सहभानगिहरुले हरित व्यापार र लघु उद्यममार्फत समाजमा सम्मानजनक जीव...
समाचारदाता
नेपालगन्ज, चैत २३ गते । बाँके युनेस्को क्लबले नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराएको छ ।
क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ‘सामाजिक संरक्षण परियोजना’ अन्तर्गत अनाथ बालबालिकाले पनि अन्य बालबालिकाजस्तै नजिकको मार्केटमा गएर ईदका लागि कपडा जुत्ता लगायतका सामान खरिद गर्न पाउन भन्ने उदेश्यका साथ सो खरिदारी गराएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उँहाले मुस्लिम समुदायको महान पर्व ईदलाई उत्साहका साथ मनाउनका लागि ७७ जना बालक र ५३ जना बालिका गरी १३० जना अनाथ बालबालिकालाई प्रत्येक बालबालिकालाई चार हजार चारसय रुपियाँ बराबरको कपडा लगायत खरिद गराएको बताउनुभयो ।
क्बलका अनुसार बालबालिकालाई अभिभावकसहित स्कुल बसमा राखेर नेपालगन्जको सबैभन्दा ठुलो सुपर मार्केट भाटभटेनीमा ...
समाचारदाता
नेपालगन्ज, चैत १६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो ।
सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाबाट १५ जना गरी कुल ३० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारणले क्षतविक्षत हुने वातावरणको नकारात्मक असरका बारेमा केन्द्रित रहेर युवतीहरूलाई ज्ञान प्रदान गर्नु तालिमको मुख्य उदेशय रहेको बताउनुभयो ।
तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै...
समाचारदाता
नेपालगन्ज, चैत १३ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका समाजसेवी युवा राजा खानको सहयोगमा ग्रामिण क्षेत्रका ६ जना विपन्न किशोरीहरुलाई साइकल बितरण गरिएको छ ।
विपन्न किशोरीको विद्यालयमा पहुँच बढाउन राप्तीसोनारी र नरैनापुरका ६ जना किशोरीलाई समाजसेवी तथा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानद्धारा प्राप्त साईकल उपलब्ध गराईएको हो ।
फत्तेपुरमा आयोजना गरिएको रोजा खोल्ने कार्यक्रम सामूहिक इफ्तारपछि युथ टुडेका सम्पादक आलम खानले समाजसेवी खानद्धारा प्राप्त भएका ती साइकल बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई हस्तान्तरण गर्नुभयो ।
विद्यालय टाढा भएका बिपन्न किशोरीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको समाजसेवी खानले टेलीफोनमा नेपालगन्ज पाटीलाई बताउनुभयो ।
रोजा इफ्तार र साइकल वितरणको अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले व...