नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले १० औं राष्ट्रिय कर दिवस को अवसरमा बाँकेमा सबैभन्दा बढी कर तिर्ने करदातालाई बुधवार नेपालगञ्जमा सम्मान गरेको छ ।
कर दिवस तथा कर सप्ताहको उदघाटनका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमसेर राणा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले बाँके जिल्ला भरिमा सबै भन्दा बढी कर दाखिला गर्ने मंगल हार्ड वेयरका मंगल अग्रवाल र विनोद अग्रवाल तथा लक्ष्मी प्लाष्टिक प्रालिका संचालक जय गोपाल श्रेष्ठ र रमेश जयसवाललाई सम्मान गर्नुभयो ।
सोही अवसरमा आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा इन्द्रा सापकोटालाई उकृष्ट कर्मचारी घोषित गरेर सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई दोसल्ला र फुलको माला लगाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा धवल समसेर राणाले...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताउनु भएको छ । उहाँले बुधवार नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
स्थानीय मेरो प्लानेटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पुर्व जिविस सभापति पशुपति दयाल मिश्र लगायत ठुलो संख्याका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसकेकोले अबको सबै चुनाव एमालेले जित्छ भन्ने कुरो अहिले नै प्रष्ट भैसकेको बताउनुभयो ।
एमाले कुनै जात बिशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उहाँले मेचिदेखी महाकालीसम्म, तराईदेखी हिमालसम्मका सम्पुर्ण जातजाति, सम्पुर्ण धर्मावलम्बी मान्ने जनताहरुको साझा राष्ट्रिय पार्टी एमाले म...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । नेपालगन्ज रंगशालामा रहेको भारोत्तोलन भवन भित्रका शौचालय र बाथरुम मर्मत तथा निर्माण र खेल प्रशिक्षणका लागि उपकरण खरिद गर्न नेपाली सेनाका प्रमुख सेनानी जनमत बहादुर कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख रुपियाँको सहयोग गर्नुभएको छ ।
नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति समेत रहनु भएका प्रमुख सेनानी कार्कीले भारोत्तोलन भवनको शौचालय र बाथरुम मर्मत तथा निर्माणका लागि तीन लाख रुपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको र खेल उपकरणका लागि दुई लाखको थप सहयोग गर्नु हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले बताउनुभयो ।
शौचालय र बाथरुममा सावर, धाराका टुटी लगायत आवश्यक पर्ने सामग्री नहुँदा खेलाडीलाई समस्या भएको महशुस गरेपछि प्रमुख सेनानी कार्कीले आफ्नो ब्यक्तिगत लगानीमा सो सामग्री खरिद गरि प्रदान गर्नुभएको मध्यपश्चिमाञ्चल क्ष...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रमका लागि उहाँ नेपालगञ्ज आउन लाग्नु भएको हो ।
नेपालगञ्जको बालेगाउँस्थित मेरो प्लानेटमा हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बुधवार विहान नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको एमाले बाँकेले जनाएको छ । सो कार्यक्रमका लागि लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेल मंगलवारनै नेपालगञ्ज पुगिसक्नु भएको छ ।
नेपालगञ्ज विमानस्थलबाट अध्यक्ष ओलीलाई एक स्वागतमा रयालीसहित स्वागत गरेर नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुंगले जानकारी दिनुभयो ।
पुर्व प्रधानमन्त्री ओली बुधवार विहान साढे ११ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । जिविस बाँकेका पुर्व सभापति पशुपति दयाल मिश्रा, नेत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । यही मंसिर २ गते हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जनाविच प्रतिष्पर्धा हुने भएको छ। बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरका उमा थापामगर, प्रशान्त विष्ट र विनोद रिजालले उम्मेदवारी दिने घोषणा गरेपछि उहाँहरुविचनै भिडन्त हुने भएको छ ।
थापामगर संस्थापन इतरबाट नगर सभापतिमा उम्मेदवार बन्नु भएको छ भने विष्ट र रिजाल पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेको बताईएको छ ।
नगर सभापतिका लागि उम्मेदवार बनेका तीनै जना अहिले विभिन्न महत्वपुर्ण पदहरुमा रहनु भएको छ । थापा मगर उपमेयर हुनुहुन्छ भने विष्ट नेपालगञ्ज नगर समितिका सभापति हुनुहुन्छ र रिजाल तरण दलको जिल्ला सचिव हुनुहुन्छ । उहाँहरु सबैको पार्टीमा राम्रो पकड रहेको बताईएको छ ।
संस्थापन पक्षका दुई जना प्रतिस्पर्धामा भिड्दा त्यसको लाभ गैर संस्थापन पक्षकी...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । गत प्रतिनिधिसभाको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट उम्मेदवार बन्नु भएका पशुपति दयाल मिश्रसहितको नेता कार्यकर्ताहरुको टोलीले औपचारिक रुपमा एमालेमा प्रवेश गर्न थालेको छ ।
उहाँहरुको पार्टी प्रवेश कार्यक्रम मंसिर १ गते तय गरिएको र सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली रहनु हुने एमाले बाँकेले जनाएको छ ।
मिश्र स्वयंले दुई साता पहिलेदेखिनै पार्टी प्रवेशको तयारी भैरहेको तथा पार्टी प्रवेश गर्नेहरुको सुचि तयार भैरहेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आउनु भएको छ ।
उहाँले तीन हजार नेता कार्यकर्ताहरुसहित एमालेमा प्रवेश गर्ने कुरा पनि आफै सार्वजनिक गर्नुभएको छ ।
मंसिर १ गते पार्टी अध्यक्ष ओलीले नेपालगञ्जस्थित मिश्रकै मेरो प्लानेटमा नवप्रवेशीलाई सदस्यता दिने कार्यक्रम तय भएको एमाले बाँकेका अ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्र विप्लव चन्द ुबिप्लबु नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा पनि परेको छ ।
बन्दका कारण मंगलवार विहानैदेखि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् भने स्कुल कलेजहरु पनि बन्द रहेका छन् ।
नेपालगन्ज बजार क्षेत्रमा मोटरसाइकल, अटो रिक्सा, इलेक्ट्रोनिक रिक्सा चलेपनि छोटो तथा लामो दुरीका यातायतका साधन भने ठप्प छन् । बन्दको प्रभाव पसल व्यवसायमा पनि केही परेको छ । तर, बजारका अधिकांश पसल व्यवसाय भने सञ्चालनमै रहेका छन् ।
बन्दको क्रममा कुनै अप्रिय घट्ना नहोस भनेर ठाउँ ठाउँमा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हालसम्म जिल्लामा अवस्था सामान्य रहेको जनाएको छ ।
यसैविच बन्दलाई सफल पार्न सडकमा निस्किएका नेकपा विप्लवका एक कार्यकर्तालाई प्रहरीले नेपालगञ्जमा पक्राउ गरेक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । नेपाल बार एशोसिएशनको अगुवाइमा बाँकेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सोमवार पनि नेपालगञ्जमा प्रर्दशन गरेका छन् । उनिहरुले आइतवार पनि यहाँ विरोध प्रदर्शन गरेका थिए । जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ ।
नेपाल बार एशोसिएशन उच्च अदालत बार नेपालगञ्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो पट्टी बाँधेर सोमवार एक घन्टा धर्ना दिएको नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले आनदोलनलाई मत्थर पार्न प्रधानन्यायाधिश जबराले वार्ताको नौटंकी गरेकोले बारले वार्तामा नजाने निर्णय गरेको पनि बताउनुभयो ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले मंगलवारसम्म अदालतमा धर्ना दिने कार्यक्रम रहेको जनाउँदै उहा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । शान्ति पुर्नस्थापना गृह नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेको आयोजना तथा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा सोमवार यहाँस्थित नेपाल भारत नाकाको जमुनाहमा मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले मानवबेचविखनको लागि नेपाल भारत नाकाको सबैभन्दा बढी प्रयोग भैरहेकोले सुरक्षाकर्मी लगायत अन्य निकायले पनि चनाखो भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो समस्या गाउँ समाजसम्मै फैलिएको हुँदा यसलाई रोकथामका लागि विभिन्न प्रकारका सचेतना अभियान बढी भन्दा बढी सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
नेपालगञ्ज उप महानगरपालिका महिला सेवा केन्द्रको प्रमुख लगायत स्थानिय जनप्रतिनिधि, समाजसेवी, पत्रकार र अन...
किरण पोखरेल
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राम जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एउटा कार्यक्रममा उनले भने– ‘‘फैजावादलाई अयोध्या भनियो, त्यो होइन, रामजन्मभूमि नेपालमा पर्छ ।’’ गत साल तीनै तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीले रामजन्मभूमिबारे यस्तै अभिव्यक्ति दिएर चर्को विवादमा परेका थिए । उनले त्यसबेला कोरोना सङ्क्रमणको ठूलो जोखिम रहेका बेला बालुवाटारमा ठूलो उत्सव आयोजना गर्दै राम र सीताको मूर्ति (यालीसहित ठोरी पठाउँंदा ठूलो आलोचना भएको थियो ।
पशुपतिनाथ हिन्दुहरूका आराध्य देव मानिन्छन् । नेपाल मात्र होइन, भारतलगायत विश्वका हरेक हिन्दुका लागि पशुपतिनाथप्रतिको आस्था उच्चकोटिको छ । त्यस्तै भगवान् राम र सीता तथा रामको जन्मभूमि अयोध्या पनि विश्वका सबै हिन्दुको आस्थाको केन्द्र हो । यस्ता आस्था केन्द्रबारे कुनै धर्मभि...