नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक ११ । बाँकेको पुर्वपश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिना अघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा
सो वरिपरिका गाउँबस्तीमा त्रास र डर कायमै रहेको छ ।
सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका वासिन्दा घरबाट निस्कन समेत डराई रहेका छन् भने उनिहरुले दसैं जस्तो चाडपनि घरमै कैद भएर मनाएको दुखेसो सुनाएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरेपनि अझै नियन्त्रणमा लिन सकेको छैन ।
उक्त क्षेत्रमा केही दिनअघि चार वटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । अहिले ती बाघ गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको पाईएको निकुञ्ज कार्यालयले जनाएको छ ।
बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि पशु चौपायालाई घरभ...
हेटाैंडा,कात्तिक ११ गते । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ ।
बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुभएकाे छ ।
गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिनु भएकाे छ ।अान्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान र भाैतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल रहनु भएकाे छ ।...
नेपालगञ्ज, ११ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक०लाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन ।
स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भने, “खेलकुदलाई राजनितिबाट मुक्त बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।”
खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको व...
काठमाडौं, कात्तिक ११ गते । प्रतिनिधि सभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ । (रासस)...
प्रकाशविक्रम शाह
धनगढी, कात्तिक ११ गते । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताउनुभएको छ ।
बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताउनुभयो ।
अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भन्नुभयो, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौ ।
एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नुभएको हो भन्ने प्रश्नमा उहाँले हिजो एमालेले पनि राप्रपा र माओवादीसित गठबन्धन गरेको स्मरण गर्नुभयो ।
अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने सङ्केत गर्नुभएको छ । तीन पार...
निजि अस्पताल खुल्ने क्रम जारी, डेढ करोडमा केयर सिटी अस्पताल खुल्यो
नेपालगञ्ज पाटी न्युज
नेपालगञ्ज, कात्तिक ११ । पश्चिम नेपालकै सबैभन्दा प्रमुख सहर मानिएको नेपालगञ्ज विस्तारै मेडिकल हब बन्दै गएको छ ।
यस क्षेत्रकै सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालले पुरै पश्चिम नेपालका विरामीलाई उपचार सेवा दिंदै आएपनि यहाँ एकपछि अर्को गरेर निजि अस्पताल खुल्ने क्रम पनि जारी नै रहेको छ ।
कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेशका समेत धेरै जिल्लाबाट रिफर गरेर विरामी यहाँ आउने भएकोले दिनदिनै सुविधा सम्पन्न अस्पतालहरु खुल्दै गएका छन् ।
पछिल्लो पटक नेपालगञ्ज उपमहानगरपालिका १८ बुद्धचोक भुजइगाँउमा डेढ करोडको लागतमा सुविधा सम्पन्न केयर सिटि अस्पताल सञ्चालनमा आएको छ ।
सुदुरपश्चिम तथा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर छिटो छरितो गुणस्तरीय सेवाको लागि नेपालगञ्जमा केयर सिटि अस्पताल ए...