नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ ।
देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ ।
संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको आइतवार विहान निधन भएको छ । नेपालगन्ज २२ पुरैनी निवासी ७६ वर्षिय राणाको निधन काठमाण्डौमा भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।
जिल्ला बिकास समिति बाकेका पुर्ब सभापति रहनु भएका काङ्ग्रेस नेता राणाले प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय सहभागिता देखाउनु भएको थियो ।
जिल्लाको भूगोल लगायत समग्र अवस्था बारे राम्रो दखल राख्ने राणा असल, बिकासप्रेमी नेताका रुपमा परिचित हुनु हुन्थ्यो ।
उहाँको निधनमा विभिन्न व्यक्ति र संघसंस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपालगञ्जपाटी परिवार पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
...
राजेन्द्र नाथ
टोली नेता दीपक थियो । अहिले उसलाई नेपाली समाजले पत्रकार दीपक खरेल भनेर चिन्छ । ‘अपराध बीट’ मा काम गर्ने पत्रकार भनेर अझ कतिपय ऊसँग थर्किन्छन होला । दीपकहरु अपराध बीट भन्दा नाक खुम्च्याउँछन, हामी बीट बिहीनहरुसँग । उनीहरुको सल्लाह हुन्छ, ‘सुरक्षा बीट’ भनौ न साथी । दीपकले धेरै ठाउँ चाहार्यो । जीवन संर्घषका लागि होइन्, इमानको पत्रकारिता गर्न । पछिल्लो पटक ‘नागरिक दैनिक’, ‘नेपाल खबर’ हुँदै ‘पर्दाफास’ मा पुगेको छ । पर्दाफास अनलाइन उसले आफै सुरु गर्यो । अरुमा ‘जागिर’ खान्थ्यो । ‘सत्यसँग साक्षात्कार’ उसको नारा छ ।
०००
म उसको ‘बायोग्राफी’ लेखिरहेको छैन । ऊ बिना यो स्मरण अधुरो हुने भएकाले थोरै प्रसंग उल्लेख मात्र गरेको हु । तिहारमा म उसलाई सम्झिन्छु , त्यो भन्दा बढी नेपालगन्जलाई । त्रिभुवन चोकबाट थोरै पूर्ब हिन्दा रानितलाव आउँछ । अहिले सफासुग्घर होला । त्यो बेला निकै गन्हाउथ्यो । ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । धार्मिक सदभावको नमुनाको रुपमा स्थापित भएको बाँके जिल्लामा हिन्दु मुस्लिम धर्मावलम्बीहरु विचको एकता र सदभाव फेरी एक पटक उजागर भएको छ ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ रमपुर्वामा आयोजित श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा आयोजकले पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए ।
श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पुर्वमन्त्री राईले हाम्रा चाडपर्वहरु एक आपसमा प्रेम, सदभाव र सौहर्द बढाउने माध्यम भएको बताउनुभयो ।
उहाँले बाँकेमा सबै धर्म समुदायले एक अर्काको चाडपर्वमा सहभागिता जनाउने तथा आपसमा शुभकामना र बधाई साटासाट गर्ने अतिनै उत्कृष्ट मान्यता स्थापित भएको बताउनुभयो ।
प्रवचन ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २० कात्तिक । तिहारको बेला नेपालगञ्ज र सो वरिपरि हुने गरेको लाखौं लाखको हारजितको जुवा नियन्त्रण अभियानमा लागेको बाँके प्रहरीले एकै रात ४८ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले शुक्रबार राती नेपालगञ्जको बाबु गाउँबाट ४८ जना जुवाडेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उनीहरुबाट ४ लाख ६६ हजार नगद बरामद गरेको पनि उहाँले बताउनुभयो ।
करोडौंको जुवा भइरहेपनि प्रहरी मुकदर्शक बनेको जनगुनासो बारम्बार आएपछि प्रहरीले शुक्रवार रातीदेखि जुवा अपरेशन शुरु गरेको छ ।
एक्रै रातमा ४८ जना जुवाडेलाई पक्राउ गरिएपनि नगरका नाम कहलिएका जुवाडेलाई भने प्रहरीले अझैपनि पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ । तर, बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने प्रहरीले साना ठुला नभनेर सबै जुवाडेलाई खोजी रहेको र पत्ता लाग्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । सयपत्री र मखमली फूलको अभाव भएपछि तिहारमा बाँकेको नेपालगञ्ज लगायतका शहरी क्षेत्रमा यतिबेला कृत्रिम फूलमालाको माग बढेको छ । प्राकेतिक फूल प्रयाप्त नपाईंदा कृतिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् ।
तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुनेगर्छ । फूलमालाको माग बढेसँगै बाँकेका शहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय रोशनी शर्माले बताउनुभयो ।
कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको नेपालगञज बागेश्वरी मन्दिर नज...
सिराज खान
नेपालगञ्ज, कात्तिक १९ गते । देशकै प्रमुख पर्यटकीय नगर पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ ।
यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको हो ।
भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्स नेपालगञ्ज शाखाका प्रमुख दीलिप कार्कीले बताउनुभयो ।
कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ । तारा एअरको जहाजबाट प्रादेशिक चार्टर उडान शुरु गरिएको जनाउँदै चाँडै नै अन्य गन्तब्यमा नियमित प्रादेशिक उडान गर्ने योजना र...
रासस
जाजरकोट, १९ कात्तिक । ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सात जना घाइते भएका छन् ।
दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ । रासस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । यस बर्षको भाइटीकाको उत्तम साइत कात्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनुपर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिको भनाई छ । शास्त्र अनुसार मनुष्यको पूजा मध्यान्हकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजेभित्रै भाइटीका लगाउनुपर्ने समितिको सुझाब छ ।
यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालीको तिहार कात्तिक १७ गतेदेखि सुरु भएको थियो । यसपाली तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको थियो ।
भाइटीकाका लागि टाढाका दिदी बहिनीहरु दाजु भाइको घरमा पुग्न थालेका छन् भने नजिककाहरु शनिवारनै पुग्ने छन् ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । कोहलपुर नगरपालिका वडा नम्बर १४ का युवाले देउसी र भैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेर देउसी भैलो खेलिरहेका छन् ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जगेर्ण गर्दै एम्बुलेन्सका लागि देउसी भैलो खेलेको जनाएको छ । पहिलो दिन लक्ष्मी पुजाको अवसर पारेर कोहलपुर नगरपालिका वडा नं १४ वडा कार्यालयबाट आफनो देउसी भैलो कार्यक्रम शुरु गरेका उनिहरुले यस पटक एम्बुलेन्सका लागि भैलो खेलिरहेको जनाएका छन् ।
सो देउसी भैलो कार्यक्रम वडा नं १४ का वडा अध्यक्ष टेक चन्द्र हरिजनले ब्यानर वाचन गरि उदघाटन गर्नु भएको थियो । उद्घाटन गर्नु हुदै हरिजनले सामाजिक कार्यमा सदैव लागि रहन शुभकामना ब्यक्त गर्नुभयो र एम्बुलेन्स खरिद गर्नको लागि भैली टिमलाई वडा कार्यालयबाट १ लाख रुपियाँ दिने घोषणा समेत गर्नुभएको छ । संस्थाका सल्लाहकार मन बहादुर गुरुङ्गले सा...