युवा समाजसेवी राजा खानद्धारा कारागारका कैदीबन्दीलाई रोजा इफ्तार सामाग्री सहयोग
समाचारदाता
नेपालगन्ज, फागुन २६ । नेपालगन्जका चर्चित युवा समाजसेवी राजा खानले बाँके कारागारमा कैदी बन्दी जीवन बिताइरहेका मुस्लिम कैदी बन्दीहरुका लागि रमजानको रोजा इफ्तारीका लागि विभिन्न खाद्य सामाग्रीसहित फलफूल सहयोग प्रदान गर्नु भएको छ ।
अहिले मुस्लिम समुदायको सबैभन्दा पवित्र महिना रमजान पर्व चलिरहेकोले कारागारमा रहेका कैदी बन्दीहरुलाई रोजा इफ्तार गर्न सहयोग पुगोस भनेर आफुले थोडै भएपनि इफ्तारका लागि खाद्यान्नसहित फलफूल सहयोग प्रदान गरेको समाजसेवी खानले बताउनुभयो ।
उहाँले रमजानको बेला धनि, गरिब र मध्यम सबै बर्गले राम्रोसंग रोजा खोल्न पाउन भन्ने उदेश्यका साथ आफुले सहयोग गर्दै आएको जनाउँदै कैदी बन्दीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
सोमवार दिउँसो समाजसेवी खानसहितको युवाहरुको एक टोलीले नेपालगन्ज कारागारमा पुगेर सो खाद्य सामाग्री कारागार प्रशासनमार्फत कैदीहरुलाई प्रदान गर...









