२१ जेष्ठ २०८३, बिहीबार

ताजा-अपडेट

बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो । सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय ...
राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, बैशाख १२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने उहाँहरुले बाल बेचबिखन विरुद्ध संघर्ष गर्नका लागि तयार पार्नु भएको आफ्नो कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो । युवा राजदूतहरुले प्रस्तुत गर्नु भएको योजनाहरु सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, बेचविखन विरुद्ध सचेतना फैलाउने भिडियो र वृत्तचित्र प्रदर्शन, साताको भेटमा बाल बेचबिखनका कुरा सम्बन्धि शीर्षकको छलफल, सडक नाटक र चेतनामूलक ¥यालीहरूमार्फत बेचविखनको मुद्दालाई सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेका थिए । सो बैठकमा ती योजनाहरुका बारेमा बिस्तृत र...
बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
परियोजनाको प्रभावकारिता, पारदर्शिता र दिगोपनमा ध्यान दिउँ–कोषाध्यक्ष फिर्दौस जहाँ समाचारदाता नेपालगन्ज, बैशाख १० । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित तीनवटा परियोजनाहरुको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा बैठक गुलरियामा सम्पन्न भएको छ । बर्दियामा सञ्चालित शसक्त बालिका परियोजना, ग्रिन इकोनोमि परियोजना र सुरक्षा परियोजनाको तीन महिने समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । सो बैठकको समापन गर्दै बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिर्दौस जहाँले परियोजनाको योजना तर्जुमा गर्दा त्यसको प्रभावकारिता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले परियोजनाको सफलताका लागि गरेको कामको समिक्षा सबैभन्दा अहम भएको जनाउँदै सही समिक्षा भएमा आगामी दिनमा सुधार गर्न र झन राम्...
बर्दिया बढैयातालका माछापालक कृषक र दाना उत्पादक कम्पनीवीच छलफल र अन्तरक्रिया

बर्दिया बढैयातालका माछापालक कृषक र दाना उत्पादक कम्पनीवीच छलफल र अन्तरक्रिया

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता बढैयाताल, (बर्दिया) ६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा माछा पालक कृषक र दाना उत्पादक भारतीय कम्पनीवीच अन्तरक्रिया सम्पन्न भएको छ । बाँकेको कोहलपुर ९ हवलदारपुरमा रहेको अर्श सप्लायर्सको आयोजनामा आईबी ग्रुप अन्तगर्त फिश फिड एबिस एक्सपोर्टस ईन्डिया प्राईभेट लिमिटेड र बढैयातालका माछापालक कृषकहरु विच माछापालनलाई कसरी राम्रो र उत्कृष्ट बनाउने भन्ने बिषयमा अन्तरक्रिया गरिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ । सो अन्तरक्रियामा भारतका वरिष्ठ मत्स्य विशेषज्ञ सन्जय कुमार श्रीवास्तवले माछाको सर्बोत्तम विकास र उच्चतम लाभका लागि उनिहरुलाई दिने भोजननै अहम हुने जनाउँदै त्यसका लागि एबिस फिश फिड अत्यधिक लाभदायक रहेको बताउनुभयो । उहाँले उक्त फिश फिड लगाएत कम्पनीले भारतमा माछापालनका क्षेत्रमा गरिएका सफल र उत्कृष्ट प्रयासका वारेमा प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थिय...
पूर्वमन्त्री राईलाई कुखुरा तस्करीसंग जोडिनु नियोजित षडयन्त्र भएको जनता समाजवादी पार्टीको ठहर

पूर्वमन्त्री राईलाई कुखुरा तस्करीसंग जोडिनु नियोजित षडयन्त्र भएको जनता समाजवादी पार्टीको ठहर

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, बैशाख ५ । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईलाई ‘कुखुरा तस्करी’ को आरोप लगाउँदै सामाजिक संजालमा ‘शेयर’ भएका समाचारप्रती जनता समाजवादी पार्टीले कडा शब्दमा खण्डन गरेको छ । राईको सचिवालयको तर्फबाट नेता राजेन्द्र बिश्वकर्माले सार्वजनिक गर्नुभएको बिज्ञप्तिमा राईको मान, प्रतिष्ठामाथि आँच पुर्याउने कुत्सित मनसायले कथित समाचारका नाममा डिजिटल प्लेटफर्महरू मार्फत भ्रम छर्ने गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘एक वर्षअघि एउटा अनलाइन मिडियाले आफै कपोलकल्पित ढंगले रचेर सम्प्रेषण गरेको मनगढन्ते सामग्रीलाई अहिले केही मिडियाले सनसनीपूर्ण रूपमा साभार गर्नु र विरोधि तत्वहरुले सामाजिक सञ्जाल मार्फत मनगढन्ते सामग्रीलाई व्यापक बनाउन उद्धत देखिनुलाई सामान्य ठहरÞ्याउन सकिदैन । यस्तो दुष्प्रचार हुनुमा नियोजित षडयन्त्र रहेको प्रष्ट बुझिन्छ ...
बालविवाह न्युनिकरणकालागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

बालविवाह न्युनिकरणकालागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
बरघरहरुलाई जिम्मेवार बनाउन बृहत्त अन्तरक्रिया कार्यक्रम गरियो सिराज खान नेपालगन्ज, चैत २३ । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गर्दै बृहत्त अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न गरेको छ । थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा आयोजना गरेको बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा ब्यापक छलफलपछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो । कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाह बिरुद्ध ब्यापक जनचेतना अभिबृद्धी गर्ने, बालबिवाह बिरुद्धका नीती, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको बिषय बरघर ऐनमा समाबेश गरी बरघरलाई अधिकार ...
नेपालगन्जको सरसफाइमा सुधार गर्न कडाई, जरिवानासंगै सेवासुविधा बन्द गर्नु पर्नेमा जोड

नेपालगन्जको सरसफाइमा सुधार गर्न कडाई, जरिवानासंगै सेवासुविधा बन्द गर्नु पर्नेमा जोड

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत १४ । नेपालगन्ज उपमहानगरको सरसफाई र स्वच्छतामा अझैपनि सुधार आउन नसकेकोले त्यसका लागि कडाई, जरिवाना र सेवा सुविधा बन्द गर्ने सम्मका कदमहरु चाल्नु पर्नेमा बिशेष जोड दिईएको छ । एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा आयोजना गरिएको उपमहानगरपालिकास्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा सहभागि जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् । उपमहानगरपालिकाको वातावरण तथा सरसफाई समितिका संयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रतापसिंहको अध्यक्षतामा सम्पन्न भएको खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा धारणा राख्ने अधिकांश जनप्रतिनिधिले सरसफाईमा कडाई नहुँदा स्थानीयले अटेरी गरेको र उपमहानगरभित्रै जनप्रतिनिधिमा समेत समन्वय नभएकोले समस्या भएको गुनासो गरेका थिए । खानेपानी तथा सरसफाई सम...
पूर्वमन्त्री नमुना केसीसहितको बाँके युनेस्कोको टोलीद्धारा बाँस हस्तकला तालिमको अनुगमन

पूर्वमन्त्री नमुना केसीसहितको बाँके युनेस्कोको टोलीद्धारा बाँस हस्तकला तालिमको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत १३ । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बताउनुभयो । अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको...
मधुवनमा बिद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन कार्य शुरु गरिंदै

मधुवनमा बिद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन कार्य शुरु गरिंदै

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत १२ । बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरु शिक्षाको अवसरबाट वन्चित हुन नपरोस भनि १६ वर्ष भित्रका बिद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन शुरु गर्न थालेको छ । मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपाङ्घता भएका बालबालिका र १५ वर्ष देखि ४५ वर्ष भित्रका मानिसहरुको तथ्यांक संकलन गर्नका लागि बाल विकासका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । सो अभिमुखिकरण कार्यक्रममा सहभागि हुनु भएका नगरपालिका भित्रका ६४ जना बाल विकासका शिक्षकहरुले तथ्यांक संकलन कार्य शुरु गर्ने जनाईएको छ । बिद्यालय वाहिर रहेका बालवालिकाको सर्वेक्षण गर्ने उदेश्यले सञ्चालन गरिएको सो अभिमुखिकरण कार्यक्रमको अध्यक्षता गर्दै मधुवन नगरपालिका उपमेयर ...
लुम्बिनी प्रदेशकी पूर्वमन्त्री नमुना केसीद्धारा राजापुरमा तालिमको समापन

लुम्बिनी प्रदेशकी पूर्वमन्त्री नमुना केसीद्धारा राजापुरमा तालिमको समापन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत ११ । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि सञ्चालन गरेको लैंगिक रुपान्तरित समावेशी शिक्षण विधि र कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न भएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको हो । तीन दिनसम्म सञ्चालन भएको सो तालिमको समापन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बिद्यालयलाई लैंगिकमैत्री र अपांगतामैत्री बनाउन तथा मानव बेचबिखन विरुद्ध सचेतना बढाउन यस्ता तालिमले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले बाँके युनेस्को क्लब र प्लान नेपालले स्थानीय सरकारहरूलाई यस्ता विषयमा जागरूक बनाउने र सहयोग गर्ने कार्य गर्दै आएकोमा सराहना गर्नुभयो । प्रादेशिक स्तरमा नीति निर्माण र बजेट विनियोजनको लागि आफुले निरन्तर ...