२० जेष्ठ २०८३, बुधबार

ताजा-अपडेट

डा धितालको अध्यक्षतामा ज्ञान–नेपालको सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

डा धितालको अध्यक्षतामा ज्ञान–नेपालको सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
गोस्पल एसेम्बली नेटवर्क नेपालको ६औँ अधिवेशन सम्पन्न समाचारदाता नेपालगन्ज, २५ चैत। सामाजिक सेवा, समुदाय सशक्तीकरण तथा मानवीय उत्तरदायित्वका क्षेत्रमा सक्रिय गोस्पल एसेम्बली नेटवर्क नेपाल ज्ञान–नेपालको ६औँ अधिवेशन सम्पन्न भएको छ। मंगलबार अधिवेशनले संस्थाका प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्दै डा डक्ट प्रसाद धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनको उद्घाटन सत्र गैरसरकारी महासंघका केन्द्रीय सचिव नमस्कार शाहको प्रमुख आतिथ्यतामा नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा सम्पन्न भएको थियो। त्यसपछिको बन्द सत्र संस्थाको आफ्नै कार्यालयमा बसेको थियो। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नमस्कार शाहले सामाजिक संस्थाहरुले समाजमा आशा, सहारा र चेतनाको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाले भन्नू भयो,झज्ञान नेपाल नेपालगन्जमा स्थापना भएपनि हिमाली पहाडी जिल...
युवा उद्यम विकास तालिम, सपनाबाट योजना हुँदै आम्दानीसम्मको यात्रा

युवा उद्यम विकास तालिम, सपनाबाट योजना हुँदै आम्दानीसम्मको यात्रा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत २५ । “सपना सजाइली, योजना बनाइली, पैसा कमाइली” भन्ने उद्यमशीलताको एक शक्तिशाली स्थानीय अभिव्यक्ति हालै बर्दियामा उदाएको छ, जसले सरल तर प्रेरणादायी यात्रा प्रस्तुत गर्दछ ः सपना देखिन्छन्, योजना बनाइन्छ, र ती आकांक्षाहरू पूरा गर्न कार्य गरिन्छ । यस सन्देशले युवाहरूमा कल्पनाबाट कार्यान्वयनतर्फ अघि बढ्ने बढ्दो सोचलाई प्रतिबिम्बित गर्दछ । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्वारामा पाँचदिने “युवा उद्यम विकास तालिम” सफलतापूर्वक सञ्चालन गरिएको थियो । यो कार्यक्रम बाँके यूनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा कार्यान्वयन गरिएको थियो । कार्यक्रममा मधुवन र ठाकुरबाबा नगरपालिकाका प्रेरित युवाहरू सहभागी भएका थिए, जसको साझा लक्ष्य आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्नु थियो । तालिमलाई सहभागीहरूलाई आफ...
बर्दियामा प्लान नेपालद्वारा सहयोग प्राप्त संस्थाहरूबीच जिल्ला स्तरीय समन्वय बैठक

बर्दियामा प्लान नेपालद्वारा सहयोग प्राप्त संस्थाहरूबीच जिल्ला स्तरीय समन्वय बैठक

ताजा-अपडेट, मुख्य समाचार, समाज
समाचारदाता बर्दिया, चैत १५ । प्लान इन्टरनेशनल नेपालद्वारा सहयोग प्राप्त साझेदार संस्थाहरूबीच जिल्ला स्तरीय अन्तर–संस्था समन्वय बैठक बर्दिया जिल्लामा सम्पन्न भएको छ । बैठकको उद्देश्य साझेदार संस्थाहरूबीच सहकार्य सुदृढ बनाउने, समन्वय प्रभावकारी बनाउने तथा समुदाय स्तरमा सञ्चालन भइरहेका परियोजनाहरूको समग्र प्रभाव बढाउने रहेको जनाईएको छ । प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा उहाँले साझेदार संस्थाहरूबीच नियमित संवाद र प्रभावकारी सहकार्यको आवश्यकता औंल्याउँदै कार्यक्रमको प्रभावकारिता बढाउन समन्वय महत्वपूर्ण रहेको बताउनुभयो । यसैगरि बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकी, राधा कृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोखरेल, प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ झलकमान बी.के., फाइनान्स म्यानेजर रमेश खत्री, शिक्...
बाँके युनेस्कोद्धारा संचालित परियोजनाको प्लानको उच्चस्तरीय टोलीद्धारा अनुगमन

बाँके युनेस्कोद्धारा संचालित परियोजनाको प्लानको उच्चस्तरीय टोलीद्धारा अनुगमन

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता बर्दिया, चैत १३ । बाँके यूनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्ंचालन गरिएको ग्रिन इकोनोमी, यति र सुरक्षा परियोजना अन्तर्गतका विभिन्न कार्यक्रमहरुको संयुक्त फिल्ड अनुगमन तथा अवलोकन कार्य सम्पन्न भएको छ । फिल्ड अनुगमन कार्यक्रमको उद्देश्य परियोजनाको प्रगति अवलोकन गर्नु, परियोजना लाभग्राहीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नु तथा समुदायस्तरमा परियोजनाबाट देखिएका सकारात्मक परिवर्तनको मूल्याङ्कन गर्नु रहेको थियो । विशेषगरी परियोजनामार्फत प्रदान गरिएका सामग्रीहरूको प्रयोग अवस्था, हरित व्यवसाय सुरु गरेका युवती उद्यमीहरूको प्रगति तथा परियोजनाको प्रभाव र उपलब्धिहरूको प्रत्यक्ष अवलोकन गरिएको क्लबले जनाएको छ । ग्रिन इकोनोमी परियोजना अन्तर्गत टोलीले ठाकुरबाबा नगरपालिका–३ मा सविता थारुद्वारा सञ्चालन गरिएको कुखुरा पालन व्यवसायको अवलोकन गरेको थियो । परियोजनाबाट प्राप...
युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी क्षेत्र साझेदारी कार्यशाला सम्पन्न

युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी क्षेत्र साझेदारी कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता मधुवन (बर्दिया), चैत १३ । बाँके यूनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–१ र २ मा सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत “युवा उद्यमशीलताकालागि सार्वजनिक तथा निजी क्षेत्रको साझेदारी” विषयमा एकदिने कार्यशाला सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको ठाकुरबाबा र मधुवन नगरपालिकामा संचालन गरिएको रूपान्तरण र नवप्रवर्तनकालागि युवा सशक्तिकरण परियोजना अन्र्तगत सो कार्यशाला आयोजना गरिएको हो । सो परियोजनाको मुख्य उद्देश्य युवाहरू, विशेषगरी युवतीहरूको सशक्तीकरण गर्दै युवामुखी आर्थिक गतिविधिमार्फत आम्दानी वृद्धि गर्नु रहेको क्लबले जनाएको छ । उक्त कार्यशाला मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर उपप्रमुख अनीता चौधरी, वरिष्ठ प्रशासकीय अधिकृत पार्वती पण्डित, वडा नं. १ का वडा अध्यक्ष आशाराम चौधरी, पशु सेवा शाखा प्रमुख गणे...
बालिका शसक्त परियोजनाको त्रैमासिक कर्मचारी बैठक गुलरियामा सम्पन्न

बालिका शसक्त परियोजनाको त्रैमासिक कर्मचारी बैठक गुलरियामा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, चैत १३ । बाँके यूनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्रले बर्दियाको गुलरियामो सबै कर्मचारीको सहभागिता रहेको एकदिन त्रैमासिक बैठक सम्पन्न गरेका छन् । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो बैठकमा २३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो । बैठकको मुख्य उद्देश्य परियोजनाको प्रगति समीक्षा गर्नु, फिल्ड स्तरमा देखिएका चुनौतीहरूबारे छलफल गर्नु तथा समग्र परियोजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु रहेको जनाईएको छ । बैठकमा फिल्ड कर्मचारीहरूलाई परियोजना कार्यान्वयनका क्रममा प्राप्त अनुभव, चुनौती तथा सिकाइहरू साझा गर्ने अवसर प्रदान गरिएको थियो । छलफलका मुख्य बुँदाहरू एम एन्ड इ अफिसर धिरज चौधरी र प्रोग्राम अफिसर बिजय शर्माले दस्तावेजीकरण गरेका थिए, जसले भविष्यका लागि सन्दर्भ सामग्रीका रूपमा काम...
लुम्बिनीमा बाल अधिकारकालागि प्रदेशस्तरीय नागरिक सञ्जाल गठन

लुम्बिनीमा बाल अधिकारकालागि प्रदेशस्तरीय नागरिक सञ्जाल गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत १० । लुम्बिनी प्रदेशमा बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धनलाई थप सुदृढ बनाउने उद्देश्यले प्रदेशस्तरीय संघसंस्थाहरूको नागरिक सञ्जाल गठन गरिएको छ । पिस नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा भालुवाङमा सम्पन्न २ दिने बाल अधिकारका लागि नागरिक संस्थाहरूको भूमिका सम्बन्धी कार्यशालाबाट उक्त सञ्जाल गठन गरिएको हो । शालिकराम पाण्डेको संयोजकत्वमा गठन गरिएको १५ सदस्यीय कार्यसमितिको सदस्य सचिवमा मणि प्रसाद गैरे चयन भएका छन् भने सदस्यहरूमा दामोदर गौतम, गीता अर्याल, देवका खनाल, इन्द्रमणि पौडेल, जगत राना, रमेश सिटौला, चिरञ्जीवी ज्ञवाली, गोविन्द प्रसाद लामिछाने, राजेन्द्र प्रसाद राज भण्डारी, राजु आचार्य, विश्वप्रकाश भट्टराई, तुल्सी चौधरी र बालक्लवका प्रतिनिधी समेत रहेका छन् । संजालका संयोजक पाण्डेले नीति तथा कानुन निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी का...
‘जीवनका लागि पोषण’ परियोजनाको जिल्ला स्तरीय परियोजना प्रारम्भ कार्यशाला सम्पन्न

‘जीवनका लागि पोषण’ परियोजनाको जिल्ला स्तरीय परियोजना प्रारम्भ कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत ९ । बाँके यूनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरपालिकामा ‘जीवनका लागि पोषण परियोजना’ अन्तर्गत जिल्ला स्तरीय परियोजना प्रारम्भ (क्तबचत–ग्उ) कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यशालाको उद्देश्य जिल्लास्तरका सरोकारवालाहरूलाई परियोजनाको उद्देश्य, रणनीति तथा कार्यान्वयन प्रक्रियाबारे अभिमुखीकरण गराउनु रहेको थियो । कार्यक्रमको औपचारिक उदघाटन स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले गर्नुभएको थियो । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सुरुवातमा हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लिल बहादुर नेपाल...
बर्दियाका शिक्षकलाई विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान

बर्दियाका शिक्षकलाई विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत ८ । बाँके यूनेस्को क्लबले राधाकृष्ण जनसेवा केन्द्रसँगको सहकार्य तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत मधुवन नगरपालिका–१, पत्थरभोजीमा स्टीम शिक्षासम्बन्धी तीन दिने प्रशिक्षक तालिम सम्पन्न गरेको छ । क्लबका अनुसार सो तालिमको उद्देश्य शिक्षकहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत रूपमा प्रयोग गर्ने विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्नु रहेको थियो । तालिममा सिर्जनात्मकता, समालोचनात्मक सोच तथा समस्या समाधान क्षमताको विकासमा जोड दिँदै परियोजनामा आधारित सिकाइ विधिलाई प्राथमिकता दिइएको थियो । उक्त तालिममा गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका साथै बढैयाताल र गेरुवा गाउँपालिकाका ३७ जना प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । पूर्वनिर्धारित मापदण्...
बर्दिया ठाकुरद्वारामा युवामा सकारात्मक परिवर्तनकालागि युवा एम्बेसडर तालिम

बर्दिया ठाकुरद्वारामा युवामा सकारात्मक परिवर्तनकालागि युवा एम्बेसडर तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत ८ । बर्दियाको ठाकुरद्वारामा युवा एम्बेसडर तालिम सफलतापूर्वक सम्पन्न भएको छ । बाँके यूनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिममा समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता बोकेका ३३ जना उत्साही युवायुवतीहरूको सहभागिता रहेको बाके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार तालिमको उद्देश्य मानव बेचबिखन, बालअधिकार, बालसुरक्षा तथा केस व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरूमा ज्ञान अभिवृद्धि गर्नुका साथै व्यवहारिक सीप विकास गर्नु रहेको थियो । तालिममा अन्तरक्रियात्मक तथा सहभागितामूलक सत्रहरू मार्फत सहभागीहरूले मानव बेचबिखनका चुनौतीहरू, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारीसँग सम्बन्धित जोखिम तथा समुदायस्तरमा समन्वयात्मक प्रयासको महत्वबारे छलफल गरे...