२२ मंसिर २०८२, आईतवार

ताजा-अपडेट

बी ग्रुपद्वारा मनिकापुर स्वास्थ्यचौकीलाई करिब आठ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

बी ग्रुपद्वारा मनिकापुर स्वास्थ्यचौकीलाई करिब आठ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सरसफाईकर्मी र किसानलाई गाउँघरमै स्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन नेपालगन्ज २० मनिकापुर स्वास्थ्य चौकीलाई करिब आठ लाख रुपियाँको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो स्वास्थ्य चौकीलाई विभिन्न मेडिकल उपकरणसंगै स्वास्थ्य प्रयोगशालाका लागि आवश्यक पर्ने केमिकलसहित उपकरण हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई र प्रमुख प्रशासकीय अधिकृत राम हरि शर्माले एक कार्यक्रमका बिच वडा अध्यक्षमार्फत मनिकापुर स्वास्थ्य चौकीलाई दुई लाख ३७ हजार ३२४ रुपियाँ बराबरको मेडिकल उपकरण र पाँच लाख ४४ हजार ९६० बराबरको प्रयोगशाला केमिकल, रि एजेन्ट तथा अन्य मेसिन उपकरणहरु हस्तान्त...
बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्वारा समुदायमा सरसफाई सम्बन्धि चेतना फैलाउने उदेश्यले नेपालगन्ज उपमहानगरपालिका २ बाल्मिकि टोलमा प्रवद्र्धनकालागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेले क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज तथा बाल्मिकी समाजको सहकार्यमा ३ आर (कम उत्पादन, पुनः प्रयोग र पुनः चक्रण) प्रवद्र्धनका लागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम आयोजना गरेको हो । बी ग्रुपका उपाध्यक्ष मीरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बाल्मिकी समाजले नेपालगन्जको सरसफाईमा आफ्नो स्वास्थ्यलाइ पनि जोखिममा राखी निरन्तर योगदान पुरयाई रहेको जनाउँदै यस परियोजनाले सरसफाईकर्...
भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ८ । २०८० सालमा आएको भुकम्पमा परेर अभिभावक गुमाएकी एक बालिकालाई बर्दिया बढैयाताल ३ पुष्पनगरका वरिष्ठ समाजसेवी एवं नेपाल प्रहरीका असई कुल बहादुर विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । केही महिना पहिले मात्र असई बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पनि पुरस्कृत गरेको थियो । उहाँलाई दिईएको जिम्मेवारी कर्तव्यनिष्ट भइ संगठनको निति निर्देशन अनुसार कुशलताका साथ कार्य सम्पादन गरेकोमा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । २०८० साल कात्तिक १७ गते आएको भुकम्पमा परेर रुकुमको छेपारे रिम्नामा निधन भएको खडक बहादुर विकको छोरी भगवति सस्कृति सेकेन्डरी स्कुल तिलकाना बर्दियामा कक्षा २ अध्ययनरत बिद्यार्थी श्रीष्टि बिकलाई सहयोग स्वरुप समाजसेवी तथा असई विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । हाल बढैयाताल गाउँपालिका ३ पुष्पनगरमा आफ्नो आमाका साथ बस्दै आएकी बिद्यार्थी...
बाँकेमा आज धुमधामका साथ अटवारी पर्व मनाईंदैछ

बाँकेमा आज धुमधामका साथ अटवारी पर्व मनाईंदैछ

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ गते । बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतवार अट्वारी पर्व धुमधामका साथ मनाईंदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तिव्र पारिएको थियो । महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने सबै तयारी पुरा गरिएको र आइतवार आफन्तजनसंग मिलेर पूजा गर्ने राप्ती सोनारीका हेमन्त चौधरीले बताउनुभयो । उहाँले आइतवार अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि ब्रत बसेको पनि बताउनुभयो । यस्तै नेपालगन्जका अर्का थारु अगुवा भगतराम थारुले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै आइतवार दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा सोमवार बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो । सोही प्रकारले बाँके बिनौनाका थारु अगुवा बिमला चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटव...
राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ । बालबेचविखन नियन्त्रणको सवालमा सो अन्तरपुस्ता संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा नं. ६ मा सम्पन्न गरिएको क्लबले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले यस्ता संवाद र चेतनामूलक कार्यक्रमले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यकालागि मार्गचित्र कोर्ने बताउनुभयो । उहाँले यो कार्यक्रमले सहभागि सबै सरोकारवालाबिच सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको जनाउँदै एकता र दृढ संकल्पकासाथ सबैले मिलेर बाल बेचबिखन जस्तो गम्भीर समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ...
बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र

बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र

ताजा-अपडेट, मनोरञ्जन, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ । चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ । उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ । अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प...
बिरयानीमा अखाद्य रंग मिसाउने साइलाई अदालतद्धारा एक लाख जरिवाना र ६ महिना कैद

बिरयानीमा अखाद्य रंग मिसाउने साइलाई अदालतद्धारा एक लाख जरिवाना र ६ महिना कैद

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, समाज, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ७ । बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रंग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेले नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइ विरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपिया जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेका खाद्य निरिक्षक रामहरी लामिछानेले दायर गर्नु भएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद ...
डेन्टल चियर साइड सहायक तालिम लिएर क्लिनिकमा व्यस्त राजापुरकी आकृति चौधरी

डेन्टल चियर साइड सहायक तालिम लिएर क्लिनिकमा व्यस्त राजापुरकी आकृति चौधरी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, भदौ ७ । बर्दियाको राजापुर टपरा निवासी आकृति चौधरीको दिनचर्या अहिले पुरै फेरिएको छ ।  दिनभरी घर र खेतबारीको काम गरेर समय बिताउने चौधरी अहिले बिहानदेखि बेलुकासम्म सर्वसाधारणको दाँत उपचारका व्यस्त हुनुहुन्छ । विहान १० बजेदेखि बेलुका ६ बजेसम्म राजापुर–टपरामा रहेको टपरा डेन्टल क्लिनिकमा डा. दिपेश धमलासंगै दाँतका बिरामीको उपचार सहयोगमा अहिले चौधरीको समय बित्ने गरेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत आकृतिले तीन महिनाको डेन्टल चियर साइड सहायक तालिम लिएपछि उहाँको पेशागत जीवनको नयाँ अध्याय सुरु भएको हो । टपरा डेन्टल क्लिनिकमा सहायकका रूपमा ६ महिनाअघि मात्र काम सुरु गर्नु भएकी चौधरीले छोटो समयमै आफ्नो समर्पण, अनुशासन र आत्मविश्वासका कारण पेशागत दक्षता प्रदर्शन गर्न सक्षम भएको डा.धमलाले बताउनुभयो । आकृ...
मानव बेचबिखनका जोखिम र रोकथामबारे शिक्षक अभिभावकलाई जानकारी प्रदान

मानव बेचबिखनका जोखिम र रोकथामबारे शिक्षक अभिभावकलाई जानकारी प्रदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ६ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र बालक्लबका बालबालिकालाई मानवबेचविखन बिरुद्ध अभिमुखिकरण सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखिकरण गरिएको हो । राजापुरको जनचेतना माध्यमिक विद्यालय मंगलपुरमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरुलाई बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण गरिएको सुरक्षा परियोजनाले जनाएको छ । विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुका साथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद...
गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्धहरुलाई दुईदिने प्रेरणात्मक अभिमुखिकरण

गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्धहरुलाई दुईदिने प्रेरणात्मक अभिमुखिकरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ५ । “बालबालिकाको सफलताका लागि अभिभावकको संलग्नता नै आधार हो” भन्ने नाराका साथ बर्दियाको गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्ध सरोकारवालाहरुको सहभागितामा दुई दिने अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । सो अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रममा बर्दियाको गुलरिया र मधुवन नगरपािलका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालय तथा शिक्षा इकाईका प्रतिनिधिहरु गरेर २१ जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमको उदेश्य सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, “एक घर एक अध्ययन कुनाको” अभियानलाई प्रवद्र्धन गर्ने तथा अभिभावक–शिक्षक–विद्यार्थीब...